Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दृढ अठोटले बनेका स्टार

१६ वैशाख काठमाडौं । सन् २०१९ मा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा नेपाली टोली तीन चरणमा ढाका पुग्यो । नोभेम्बर १४ मा नेपालको पहिलो खेल भारत इमर्जिङ टिमसँग थियो । कुशल भुर्तेल लगायत सात जनाको टोली त्यसको अघिल्लो दिन मात्र बंगलादेश पुग्यो । पहिलो पटक भुर्तेल सिनियर टिममा परेका थिए । उनी खेल्ने कि नखेल्ने […]

३ थान भरुवा बन्दुकसहित एकजना पक्राउ

१९ वैशाख, सोलुखुम्बु । प्रहरीले ३ थान भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोताङ गाउँपालिका-१ का दिल बहादुर भन्ने ३४ वर्षीय गंगा बहादुर गिरी रहेका छन् । उनको साथबाट प्रहरीले ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग […]

कोरोना संक्रमणबाट भारतीय नागरिकसहित चारजनाको मृत्यु

१९ वैशाख, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण थप चारजनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराट मेडिकल कलेजमा संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये एकजना भारतीय नागरिक हुन् । मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आइतबार बिहान ७ः१० बजेतिर ३० वर्षीय भारतीय […]

निषेधाज्ञाको मौकामा रोड मार्किङ

१९ वैशाख, काठमाडौं । सडक विभागले निषेधाज्ञाको मौका पारेर सडक संकेच चिन्ह कोर्ने काम (रोड मार्किङ) गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले मार्किङ थालेको हो । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको […]

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् । मन्त्रिपरिषदको बैठक बसेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । ‘प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको छ’, एक मन्त्रीले भने । मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले अधिवेशन अन्त्य गर्न […]

हङकङले रोक्यो नेपालबाट हुने हवाई उडान

१९ वैशाख, काठमाडौं । हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ । १ मे (शनिबार)बाट लागु हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको सिन्ह्वा नेट डटकमले लेखेको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार हङकङको तर्फबाट रोक लगाएको खबर आएसँगै सो गन्तब्यमा निर्धारित भएका उडानसमेत रद्द हुनेछन् । औपचारिक चिठीपत्र त […]

मन्त्रिपरिषद्‌को बैठक दिउँसो ४ बजे बस्‍दै

१९ वैशाख, काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्‍दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ । बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

दाङमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

१९ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ वर्षीय छोरा […]

‘लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्रीको सपथ खुवाउने तयारी’

१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आजै सपथ ग्रहण गराउने तयारी भएको एमालेका एक नेताले बताएका छन् । प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको ती नेताको भनाइ छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका एमाले […]

गोरखाका कोरोना संक्रमितको चितवनमा मृत्यु

१९ वैशाख, चितवन । गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ ।  मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् । उनीको शनिबार राति १२:४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भइ यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो […]

कोरोना संक्रमणबाट भारतीय नागरिकको वीरगञ्जमा मृत्यु

१९ वैशाख, वीरगञ्‍ज । कोरोना संक्रमणबाट वीरगञ्जमा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारतको बिहार मधुवनी घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुष बाराको जितपुरसिमरा-२३ स्थित डाबर नेपालको लेखापालका रुपमा कार्यरत थिए । श्‍वास–प्रश्वासमा समस्या देखिएपछि वैशाख ५ गते नारायणी अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो । भोलिपल्ट रिपोर्ट आउँदा पोजेटिभ […]

वीरगञ्जमा गरिएको परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा १ सय ९२ स्वाब नमुना परीक्षणका क्रममा १ सय ४५ जनामा संक्रमण देखिएको हो । पुष्टि भएका संक्रमितमध्ये ३० जना महिला छन् । पर्साका १ सय ९, बाराका २६, रौतहटका ६, सर्लाहीका ३, महोत्तरीका १ […]

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । पोखरेलको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जानकारी दिए । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको […]

कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, धनगढी । कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालममा उपचाररत तीन जना संक्रमितको गएराति मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया […]

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

१९ वैशाख, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको र अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सञ्चालन गर्न तोकिएको उल्लेख गरेका […]

लुम्बिनीमा एकल बहुमतको सरकारमा एमालेको दाबी

१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकार गठनमा दाबी गरेका छन् । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने उनको दाबी छ । पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले भने, ‘एमालेको एकल सरकार बनाउने गृहकार्यअनुसार […]

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, काठमाडौं । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए । मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । […]

झलनाथ खनालको उपचारमा यथेष्ट ध्यान दिन माधव नेपालको आग्रह

१९ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ट ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । खनालको स्वास्थ्य लाभको कामना गर्दै नेता नेपालले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् । ‘उहाँको उपचारमा यथेष्ट ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु’, नेता नेपालले सामाजिक सञ्जालमा […]

कोरोना केन्द्रित बजेट ल्याउनुपर्छ : सुरेन्द्र पाण्डे

१९ वैशाख, काठमाडौं । पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निषेधाज्ञामा कडाइ गर्ने मात्रै नभएर कोरोना परीक्षण र उपचारमा जोड दिन सरकारसँग माग गरेका छन् । संक्रमणको अवस्था गम्भीर बन्दै गएकाले उपचारका लागि बजेट निकासा गर्न पनि पाण्डेले आग्रह गरेका छन् । ‘सरकारले निषेधाज्ञालाई कसिलो बनाउने मात्र होइन । तत्काल अस्पताल र बेड […]

लुम्बिनीको विशेष अधिवेशन आजदेखि

१९ वैशाख, बुटवल । विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार (आज) देखि सुरु हुँदैछ । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव टुंगो लगाउने छ । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सत्ता पक्ष र विपक्षी दलका […]

भारतमा अक्सिजन बाँड्ने युवक पक्राउ

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमित बिरामीलाई अहिले अक्सिजन अत्यावश्यक भएको छ । अक्सिजन अभावमा कतिपयले अस्पतालमै ज्यान गुमाइरहेका छन् । यो संकटको घडीमा कसैले निःशुल्क अक्सिजन उपलब्ध गराइदिन्छ भने त्यो जत्तिको ठूलो राहत सायदै अरू हुँदैन । तर तिनै अक्सिजनदातालाई प्रहरीले पक्रेर मुद्दा चलाएको समाचार सार्वजनिक भएको छ । यो समाचार हो कोरोना संक्रमणबाट […]



from समाचार – Online Khabar https://ift.tt/3gWCzqu
via IFTTT
Powered by Blogger.