Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकारी सेवालाई ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउने अवसर छ : प्रधानमन्त्री

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको सदुपयोग गर्दै सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने अवसर आएको बताएका छन् । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘सूचना प्रविधिको उच्चतम उपयोग र सदुपयोग गरी […]

बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक

१९ वैशाख, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ  । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछिको अवस्था, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । नेकपा एमालेले हाल १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । जसमा माधवकुमार नेपाल समूह छैन भने माओवादी […]

कोरोना महामारीबीच यार्सा संकलन सुरू

१९ वैशाख, बझाङ। कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुटी नै रहेको छ । यार्सा सङ्कलनको याम शुरु भएसँगै अधिकांश स्थानीयवासी लेकतिर जान थालेका हुन् । उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र […]

सीसीएमसी संयोजकलाई बाँकेका सीडीओको आग्रह : मेडिकल डाक्टर पठाइदिनुपर्‍यो

१९ वैशाख, काठमाडौं । बाँकेका प्रमुख जिल्ला अधिकारीले कोरोना महामारीको उपचारका लागि थप स्वास्थ्यकर्मी पठाइदिन उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग माग गरेका छन् । पोखरेलले बाँके जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी लिन आइतबार टेलिफोन गरेका बेला प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वास्थ्यकर्मी अपुग रहेको भन्दै पठाइदिन आग्रह गरेका हुन् । ‘अहिले हामीलाई मुख्य समस्या जनशक्तिकै हो, हामीले त्यस […]

महामारीमा अखाद्य वस्तु बिक्री भएको पाइए उजुरी गर्न विभागको आग्रह

१९ वैशाख, काठमाडौं । कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको छ । विषम परिस्थितिको फाइदा उठाउँदै अखाद्य वस्तुको बिक्री तथा राहत वितरण हुन सक्ने भन्दै सचेत रहन विभागले एक सूचना जारी गर्दै उपभोक्तालाई आग्रह गरेको हो । ‘विषम परिस्थितिमा अखाद्य […]

विराटनगरमा निषेधाज्ञा पालना गराउन ठाउँठाउँमा चेकिङ

१९ वैशाख, विराटनगर । विराटनगरमा जारी गरिएको निषेधाज्ञा पालना गराउन प्रहरीले आइतबार बिहानैबाट कडाइ गरेको छ । कोरोना संक्रमणदर उच्च रहेको विराटनगर महानगरपालिकालगायत आसपासका गाउँपालिकामा शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शुक्रबार निषेधाज्ञा जारी गरेका थिए । निषेधाज्ञामा कडाइ गर्न विराटनगरमा बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित […]

नागरिक एपको ‘फुल भर्सन’ सार्वजनिक, अनेकौं सरकारी सेवा अब मोबाइलबाटै

१९ वैशाख, काठमाडौं । सरकारले नागरिक एपको ‘फुल भर्सन’ सार्वजनिक गरेको छ । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट दिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार नागरिक एप सार्वजनिक गरेका हुन् । गत माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यसको बेटा भर्सन सार्वजनिक गरेका […]

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार होमआइसोलेसनमा बसेकी एक महिलासहित दुई जना संक्रमितको मृत्यु भएको हो । होम आइसोलेसनमा बसेकी कोहलपुर नगरपालिका–२ की ६९ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते संक्रमण […]

शय्या छैन भनेर सरकार जिम्मेवारीबाट भाग्न पाउँछ ?

कोरोना महामारीमा विश्वभरिका देशहरूको सरकार प्रमुखको प्रवृत्तिका हिसाबले मूलत: दुईवटा प्रवृत्तिमा राखेर हेर्न सकिने मैले पाएँ । एउटा विज्ञानमा विश्वास गर्ने र तथ्य प्रमाणहरुको आधारमा आफ्ना नीतिहरु निर्माण गर्ने । यो महाब्याधिको विषयप्रति अत्यन्तै गम्भीर, अत्यन्त संवेदनशील । जो भाइरसभन्दा अगाडि दौडन सके सीमित स्रोत साधनका बाबजुद उनीहरूले पूर्वतयारी गर्न सके। रणनीतिहरू फरकफरक भएपनि यस्तो राजनीतिक […]

क्युआर कोडमार्फत् प्रधानमन्त्रीले खोले बैंक खाता

१९ वैशाख, काठमाडौं । थप सरकारी सेवा सुविधासहित नागरिक एप आजबाट औपचारिक शुभारम्भ गरिएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोड मार्फत् बैंक खाता खोल्दै नागरिक एपको उदघाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोलेको जानकारी दिए । उनले भने, ‘अहिले भर्खरै खाता […]

धनुषामा २१ गतेदेखि निषेधाज्ञा

१९ वैशाख, धनुषा। जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने भएको छ । जिल्लामा कोभिड १९को नयाँ भेरियन्टको संक्रमण बढ्‍दै भएको तर बजार र बस्तीहरुमा मानवीय चहलपहल र भिडभाड नियन्त्रण हुन नसकेको भन्‍दै प्रशासनले  वैशाख २१ गते विहान ६: ००बजेदेखि वैशाख ३१ गते राति १२: बजेसम्‍म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो […]

दृढ अठोटले बनेका स्टार

१६ वैशाख काठमाडौं । सन् २०१९ मा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा नेपाली टोली तीन चरणमा ढाका पुग्यो । नोभेम्बर १४ मा नेपालको पहिलो खेल भारत इमर्जिङ टिमसँग थियो । कुशल भुर्तेल लगायत सात जनाको टोली त्यसको अघिल्लो दिन मात्र बंगलादेश पुग्यो । पहिलो पटक भुर्तेल सिनियर टिममा परेका थिए । उनी खेल्ने कि नखेल्ने […]

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । पोखरेलको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जानकारी दिए । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको […]

पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

१९ वैशाख, काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य विष्णु पन्थीले बताए । ‘दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको छ’, उनले भने […]

पोखरामा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एक/एक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो । डा. […]

३ थान भरुवा बन्दुकसहित एकजना पक्राउ

१९ वैशाख, सोलुखुम्बु । प्रहरीले ३ थान भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोताङ गाउँपालिका-१ का दिल बहादुर भन्ने ३४ वर्षीय गंगा बहादुर गिरी रहेका छन् । उनको साथबाट प्रहरीले ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग […]

कोरोना संक्रमणबाट भारतीय नागरिकसहित चारजनाको मृत्यु

१९ वैशाख, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण थप चारजनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराट मेडिकल कलेजमा संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये एकजना भारतीय नागरिक हुन् । मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आइतबार बिहान ७ः१० बजेतिर ३० वर्षीय भारतीय […]

निषेधाज्ञाको मौकामा रोड मार्किङ

१९ वैशाख, काठमाडौं । सडक विभागले निषेधाज्ञाको मौका पारेर सडक संकेच चिन्ह कोर्ने काम (रोड मार्किङ) गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले मार्किङ थालेको हो । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको […]

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् । मन्त्रिपरिषदको बैठक बसेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । ‘प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको छ’, एक मन्त्रीले भने । मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले अधिवेशन अन्त्य गर्न […]

हङकङले रोक्यो नेपालबाट हुने हवाई उडान

१९ वैशाख, काठमाडौं । हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ । १ मे (शनिबार)बाट लागु हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको सिन्ह्वा नेट डटकमले लेखेको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार हङकङको तर्फबाट रोक लगाएको खबर आएसँगै सो गन्तब्यमा निर्धारित भएका उडानसमेत रद्द हुनेछन् । औपचारिक चिठीपत्र त […]

मन्त्रिपरिषद्‌को बैठक दिउँसो ४ बजे बस्‍दै

१९ वैशाख, काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्‍दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ । बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।



from समाचार – Online Khabar https://ift.tt/3nGRO88
via IFTTT
Powered by Blogger.