समाचार
२३ वैशाख, बाँके । कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा बिहीबार बिहान १:४० बजे मृत्यु भएको हो । उच्च रक्तचाप र मधुमेहबाट पीडित पहाडी कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा रहेका बेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी […]
२३ वैशाख, काठमाडौँ । कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र महामारीकै […]
२३ वैशाख, काठमाडौं । सरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेको छ । अनुगमनका क्रममा धेरै मात्रामा अक्सिजन सिलिन्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएको भन्दै सबै उद्योगी, व्यवसायी र सरोकारवालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डर अस्पतालमा फिर्ता गरिदिन आगह गरेको हो । ‘…धेरै भन्दा धेरै सिलिन्डरहरु भरी […]
२३ वैशाख, सिरहा । कोभिड १९ सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ । कारागार बाहिरबाट आएका व्यक्तिहरुसँगको भेटघाट र दिने सामाग्रीहरुबाट सङ्क्रमण फैलिन सक्ने भन्दै तत्कालका लागि भेटघाटमा रोक लगाएको कारागार प्रशासनले जनाएको छ । जिल्लामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएकाले भेट्न आउने कैदीबन्दीको आफ्न्तको माध्यमबाट […]
२३ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये मध्ये दुई जना रौतहटका एक जना पर्साका हुन् । रौतहटको विजयपुरका ४५ वर्षीय पुरुष, फत्तेपुरकी ६० वर्षीया महिला र पर्साको जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३७ पुगेको छ […]
२३ वैशाख, नवलपुर । गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० शय्याको आइसोलेशन तयार पारेको छ । वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेशनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । आइसोलेशनका लागि तीन कोठा निर्माण गरिएको जनाउँदै पौडेलले एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई-दुई बिरामी […]
२३ वैशाख, हुम्ला । हुम्लामा रहेको स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालमा आकास्मिकबाहेक अन्य बहिरङ्गसहितका सम्पूर्ण सेवा बन्द गरिएका छन् । नेपालगञ्जबाट हवाईमार्ग हुँदै सिमकोट विमानस्थलमा ओर्लिएका ४० मध्येका आठ जनामा कोरोना पोजेटिभ देखिएसँगै हुम्लामा निषेधाज्ञा गरिएको र जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय एक हप्ताका लागि बन्द गरिएपछि जिल्ला अस्पतालले आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवा […]
२३ वैशाख, काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा बिहीबारदेखि निषेधाज्ञा गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले […]
२३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको हो । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका […]
२३ वैशाख, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरिको नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्रको बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख […]
२३ वैशाख, उदयपुर । ६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-३ विराज टोल बस्ने १८ वर्षीय किशोर रहेका छन् । किशोरले ती बालिकालाई वैशाख १६ गते ललाइ फकाइ करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बारेमा थप […]
२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् । एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका हुन् । स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने गरी र वागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने गरी अघि बढ्ने निर्णय गरेको छ । […]
२३ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर चढ्दै आएको गाडीलाई कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ । नगरभित्र कोरोना संक्रमितको संख्या बढदै जांदा संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकाले नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरीदेवी चौधरी चढ्दै आएको क्रमशः लु १ झ ३६० र लु १ झ ३२६ […]
२३ वैशाख, काठमाडौं । निषेधाज्ञापछि मुलुकका विभिन्न भेगमा फसेका पर्यटकको उद्धार र समन्वय गर्न विपद व्यवस्थापन तथा सञ्चार सेल गठन भएको छ । नेपाल पर्यटन बोर्डले यस्तो संयन्त्र सक्रिय बनाएको हो । यसअघि लकडाउनको समयमा समेत बोर्डले नेपालमा फसेका पर्यटकको उद्धार सोही संयन्त्रमार्फत गरेको थियो । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो चरणको संक्रमण बढ्दै जाँदा […]
२३ वैशाख, विराटनगर । माछा मार्न गएका एक युवकको शव जंगलमा फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-५ का २७ वर्षीय उगेन मगरको शव बिहीबार बिहान जंगलमा फेला परेको हो । उनी बुधबार बिहान १० बजेतिर घरबाट माछा मार्न जाने भन्दै हिडेका थिए । तर राति अबेरसम्म घर नफर्किएपछि स्थानीयले खाजी गरेका थिए । मगरको […]
२३ वैशाख, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । बालुवाटारमा विहीबार विहान बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत […]
२३ वैशाख, सप्तरी । प्रदेश-२ को पूर्वी जिल्ला सप्तरीमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ । वैशाख २५ गते राति शनिबार १२ बजेदेखि लागू हुने गरी जिल्लाको शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाका सम्पूर्ण शहरी क्षेत्रमा बैशाख २५ गतेदखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा […]
२२ वैशाख, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा ७ लाख जनालाई देशभित्रै नयाँ रोजगारी दिने गरी बजेट ल्याएको थियो । तर, अहिलेसम्म कुल ८४ हजारले रोजगारी पाएका छन्, त्यो पनि १२ दिनको मात्र । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन अन्तिम गृहकार्य भइरहँदा सरकारले गत वर्षका रोजगारीका कार्यक्रमको समीक्षा पनि गरेको छ […]
२३ वैशाख, डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको बेलामा बिरामीहरुलाई ओसार पसार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साँउदले बताए । नगरपालिकाको टिप्परलाई शव वाहन बनाउने निर्णय समेत भएको सूचना अधिकारी साँउदले बताए । जनप्रतिनिधि […]
२३ वैशाख, बुटवल । कोरोना संक्रमितको उपचार गराइरहेका रुपन्देहीका सरकारी र निजी अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । संक्रमितको संख्या बढेसँगै अक्सिजनको खपत ह्वात्तै बढेपनि आपूर्ति कम हुँदा अभाव खड्केको हो । लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा दैनिक २ सय बढी सिलिण्डिर अक्सिजन आवश्यक हुन थालेकोमा जम्मा ६५ सिलिण्डर […]
२३ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै देशभरका शिक्षण संस्था बन्द छन् । सञ्चालन भइरहेका परीक्षा पनि बीचैमा स्थगित भएका छन् । देशका ५२ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । अधिकांश जिल्लामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । संक्रमण बढिरहेकाले थपिने सम्भावना उत्तिकै छ । यसले गर्दा कक्षा १० र १२ का विद्यार्थीलाई […]
from समाचार – Online Khabar https://ift.tt/3unX8A9
via IFTTT






















