समाचार
२२ वैशाख, वीरगञ्ज । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु भएको छ । वीरगञ्जमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएपछि चैत ३१ देखि वैशाख २२ गते बुधबार बिहानसम्म ४३ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा ३२, नारायणी बयोधा अस्पतालमा ५, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा […]
२२ वैशाख, काठमाडौँ । सिन्धुपाल्चोकमा २३ गते बिहीबार बिहानबाट जिल्लाभर निषेधाज्ञा लागू भएको छ । वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राती १२ बजसेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बुधबारबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी […]
२२ वैशाख, काठमाडौं । कञ्चनपुरमा खाद्यान्न तथा तरकारी किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार सूचना जारी गर्दै हाल लागू भएको निषेधाज्ञाको समयमा तरकारी, फलफूल र खाद्यान्न खरिद बिक्री गर्न छुट्टाइएको समयमा ग्राहकहरुको भिडभाड भएकाले अबदेखि अनिवार्य रुपमा मास्क, फेसशिल्ड र पञ्जा लगाएर मात्रै दैनिक उपभोग्य सामग्री खरिद बिक्री […]
२२ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई वार्डमा सारिएको अस्पतालको कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमललाई […]
२२ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ती अस्पतालको शुल्क विवरण सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सार्वजनिक भएपछि प्रमुख जिल्ला […]
२२ वैशाख, काठमाडौं । कोभिड-१९ को बढ्दो संक्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार निर्माण सामग्री ढुवानी लगायतका कार्यका लागि प्रयोग भएका गाडीहरूलाई ठाउँ-ठाउँमा रोक्न लगाइएको छ भने सहज रुपमा पास समेत उपलब्ध गराइएको छैन । […]
२२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त स्थानमा परीक्षण बढाउन स्थानीय तहहरुलाई अनुरोध गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार घरमै गएर नमुना संकलनका लागि अनुमति समेत दिइएको छ । यसरी घरमै […]
२२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं आउन सक्ने भएका छन् । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पर्यटकलाई काठमाडौं आउन सहजीकरण गर्न निर्देशन दिएको छ । कोरोना महामारी नियन्त्रण गर्न कतिपय जिल्लामा निषेधाज्ञा जारी गर्दा आवागमन प्रभावित भएका छन् । यसबाट नेपालको भ्रमणमा रहेका पर्यटक समेत […]
२२ वैशाख, धनगढी । अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले धनगढीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का छन् । धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै गरेको भन्दै झूठो हल्ला फैलाएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए । […]
२२ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले चर्को ब्याज लिएकाे विषयमा नेपाल राष्ट्र बैंकले स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ले बैंकलाई पत्र काटिएको पुष्टि […]
२२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै एकै दिन काठमाडौँ उपत्यकामा १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार देशभर ५८ जनाको मृत्यु भएको छ […]
२२ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले कुल गार्हस्थ उत्पादनको ५.५ प्रतिशतसम्म मात्र आन्तरिक ऋणको लक्ष्य राख्न सक्ने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरी नेपाल सरकारलाई सिफारिस गरेको छ । यसरी भएको सिफारिस अनुसार आगामी आवमा सरकारले […]
२२ वैशाख, काठमाडौँ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको आदेश जारी गरिएको जिल्लाको संख्या ५२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि ४० जिल्लाका जिल्ला प्रशासन कार्यालयले पूर्ण र १२ जिल्लाकाले निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञाको आदेश जारी गरेका हुन् । बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, […]
२२ वैशाख, काठमाडौं । कोरोना संक्रमणका कारण हुने मृत्यु संख्या बढ्दै गएपछि पशुपति क्षेत्रमा अस्थायी शवदाह स्थल निर्माण थालिएको छ । वाग्मती किनारमा व्यवस्थित चिता नहुँदा शव व्यवस्थापनमा कठिनाइ भएपछि १० वटा चिता बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । कोरोना संक्रमणबाट मृत्यु हुनेको शव विगतमा विद्युतीय शवदाह गृहमा […]
२२ वैशाख, काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोना संक्रमण भएका थप बिरामी भर्ना नलिने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ । नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी […]
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरे ।
२२ वैशाख, काठमाडौं । २०७७ सालको साउन तेस्रो सातातिर काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार भयो । उनी संक्रमणमुक्त भएपछि प्लाज्माको प्रभावकारिता बारे नेपालमा पनि चासो बढ्न थाल्यो । साउनमा पहिलो उपचार भएपछि प्लाज्मा लिने र दिने क्रम बाक्लिन थाल्यो । त्योसँगै नेपालमा पनि विभिन्न अस्पतालमा प्लाज्मा थेरापीबाट […]
२२ वैशाख, बुटवल । बुटवलमा उपचार गराइरहेका थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना रुपन्देहीका र दुईजना गुल्मीका हुन् । वैशाख २० गते कोरोना संक्रमण पुष्टि भइ २१ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी सैनामैना नगरपालिका-३ की ६९ वर्षीया महिलाको सोही दिन दिउसो ४ बजे मृत्यु भएको अस्पतालले बुधबार प्रेस विज्ञप्तिमार्फत […]
२२ वैशाख, चितवन। देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्याउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार दैनिक सात-आठवटा शव दाहसंस्कारका लागि आउने गरेकामा अहिले यो सङ्ख्या बढेर एकै […]
२२ वैशाख, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहको सवइन्डेक्स ओरालो लाग्यो । जसको असर नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । समग्रमा सेयर बजार घटे पनि केहि कम्पनीहरुले भने निकै राम्रो कमाएका छन् । बुधबार २ वटा कम्पनीको त १० […]
२२ वैशाख, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले घटेको छ । कारोबार रकम ६ अर्ब नाघेको छ । दिनभर भएका ७८ हजार ७ सय ७१ […]
from समाचार – Online Khabar https://ift.tt/3xKujQm
via IFTTT






















