समाचार
२० वैशाख, काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ । सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्यान्डफिल साइटमा पुर्याउने गरेको थियो । सोमबार १३ वटा गाडी ल्यान्डफिल साइटमा पठाउने तयारी छ । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार व्यवसायिक क्षेत्रमा धेरै […]
२० वैशाख, काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन […]
२०, वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नारायणकली नामको हात्तीले छावा जन्माएकी छिन् । गएराति नारायणकलीले छावाको जन्माएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । सुत्केरी हात्ती र भाले बच्चा स्वस्थ स्फूर्त रहेको अधिकारीले बताए । प्रजनन् केन्द्रमा चालू आर्थिक वर्षमा जन्मिएको हात्तीको यो दोस्रो छावा हो […]
२० वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । […]
२० वैशाख, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको इमरजेन्सी वार्ड र कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका दुई, कञ्चनपुरका एक र ठेगाना नखुलेका एक जनाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । बैशाख १९ गते अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएकी कैलालीको लम्कीचुहा […]
२० वैशाख, काठमाडौं । झापाको एक बायोग्यास कारखानामा आगलागी भएको छ । मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अहिले आगो नियन्त्रणमा लिनको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेको भएपनि नियन्त्रणमा आउन […]
२० वैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको २४ घण्टा नबित्दै मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा-१ का ५५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको थियो भने सोमबार थप एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा जिल्लाको अम्लेखगञ्ज निवासी ४६ वर्षीय पुरुष रहेको हेटौंडा अस्पतालका मेडिकल […]
२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको बताएका छन् । विपक्षी […]
२० वैशाख, पोखरा । गण्डकी प्रदेशमा आइतबार एकै दिन ५७६ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबारभन्दा संक्रमित संख्या २७४ ले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा संक्रमित संख्या पुगेको हो । पहिलो लहरमा एकदिनमा सबैभन्दा धेरै ३४२ जनामा संक्रमण देखिएको थियो । आइतबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । चिकित्सकहरूले कोरोनाको संक्रमण समुदायमा […]
अघिल्लो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या आकासिएको भन्दै अहिलेको संयन्त्रले थप बिरामीलाई अस्पतालमा उपचार गराउन नसक्ने भनी सूचना जारी गर्यो । दोस्रो लहरको महामारी सुरु भएपछि हरेक निर्णयमा चुक्दै आएको स्वास्थ्य मन्त्रालयले यो लज्जास्पद विज्ञप्ति निकाल्दासम्म मुलुक संकटग्रस्त अवस्थामा पुगिसकेको छ । हामीले पहिलो लहरको महामारीबाट सिक्नुपर्ने धेरै कुराहरु थिए । तर […]
२० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो । आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका छन् । मनोबल उच्च […]
२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पुनर्नियुक्ति विधानसम्मत रहेको दाबी गरेका छन् । प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रममा प्रदेश सभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिएको आरोपसमेत उनले लगाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत् मुख्यमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन् । विमला कुमारी खत्री फाल्गुन २३ को फैसलापछि एमालेको प्रदेशसभा […]
२० वैशाख, काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका हुन् । आज बिहानदेखि बर्दियामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । यसअघि ठाउँ विशेषमा […]
धनगढी । कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १३ र १९ का दुई जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाका अनुसार वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमै बसेकी एक महिलाको आइतबार राति मृत्यु भएको हो […]
२० वैशाख, काठमाडौं । सोमबार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । सन् १९९३ मा युनेस्कोको […]
२० वैशाख, काठमाडौं । उत्तर प्रदेशको जौनपुर जिल्लाको मडियाहूं थाना क्षेत्रको अम्बरपुर गाउँको एक तस्वीर इन्टरनेटमा दुःखद् कमेन्टसहित भाइरल भयो । यस तस्वीरमा एक व्यक्तिले आफ्नी पन्तीको शवलाई साइकलमा राखेर उभिएको दुःखद् तस्वीर देखाइएको छ । केही तस्वीरमा उनले आफ्नी मृत श्रीमतीको शवलाई समाएर बसेको तस्वीर भाइरल भएको हो । उनी ५५ वर्षीय तिलकधारी सिंह […]
२० वैशाख, भक्तपुर । नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रामेछापको बेथानमा जन्मिएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य थिए । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको […]
२० वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ । यो अवस्थालाई दृष्टिगत गर्दै महासङ्घले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा […]
१९ वैशाख, काठमाडौं । प्रदेशसभामा कायम सदस्यहरुको बहुमत सांसदहरुको धर्ना छल्दै प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर नेकपा एमालेका नेता शंकर पोखरेलले राति आठ बजे मुख्यमन्त्रीको शपथ लिएका छन् । आइतबार बिहान ८ बजे पदबाट राजीनामा दिएका पोखरेलले ठीक १२ घण्टापछि सुरक्षाकर्मीहरूको कडा घेराबीच पुनः मुख्यमन्त्रीको शपथ लिए । उनलाई प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले संविधानको धारा […]
१९ वैशाख, पोखरा । कोरोनाको संक्रमण ह्वात्तै बढेपछि कास्कीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइने भएको छ । जोरबिजोरका आधारमा सवारी साधन चल्ने दिने गरी वैशाख १५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई कडाइ पार्दै महिनाभरिका लागि लम्ब्याइएको छ ।कोभिड–१९ संकट व्यवस्थापन समिति कास्कीको आइतबार साँझ बसेको बैठकले २१ गतेदेखि सवारी साधन सञ्चालनमा समेत […]
१९ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको आईसीयू वार्डमा संक्रमितलाई हाईफ्लो अक्सिजन चल्छ । एक जना कोरोनाका बिरामी छटपटाइरहेका थिए । किनकि त्यतिखेर उनको अक्सिजन सिलिण्डर खाली भइसकेको रहेछ । खटिएका स्वास्थ्यकर्मीले हतार–हतार गरेर अर्को सिलिण्डर जोडे । बिरामीलाई राहत भयो । ‘समयमै देख्यौं, त्यतिखेर बिरामीलाई बचाउन सफल भयौं,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तर भोलिपल्ट त […]
from समाचार – Online Khabar https://ift.tt/3nFG5H4
via IFTTT






















