Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संवैधानिक परिषदको बैठक बस्दै

२६ वैशाख, काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ । बिहान नौ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने छ । हाल लोकसेवामा सबै पदाधिकारी रिक्त छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खालि छन् । […]

गणेशमान अस्पतालले पनि भन्यो– नयाँ बिरामी भर्ना लिन सकिँदैन

२६ वैशाख, काठमाडौं । काठमाडौंका अस्पतालहरुले अक्सिजन अभावलाई कारण देखाउँदै नयाँ बिरामी भर्ना गर्न नसकिने सूचना धमाधम जारी गर्न थालेका छन् । यसरी सूचना जारी गर्नेमा ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह मेमोरियल अस्पताल पनि थपिएको छ । गणेशमान सिंह मेमोरियल अस्पतालले अक्सिजन आपूर्तिमा आएको असामान्य परिस्थितिले गर्दा मौजदात केही समयभन्दा बढी नरहेकाले कुनै पनि ठूलो […]

काबुलको स्कुल बाहिर विष्फोट, ३० जनाको मृत्यु

२६ वैशाख, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ । अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखुलेको बताएका छन् । […]

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

२६ वैशाख, काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको […]

आज कानून दिवस, स्वतन्त्र र निष्पक्ष न्यायपालिकामा प्रधानन्यायाधीशले जनाए प्रतिबद्धता

२६ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रतिबद्धता जनाएका छन् । कानून दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सो प्रतिबद्धता जनाएका हुन् । आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिबद्धता व्यक्त गर्ने विशेष दिन पनि हो भन्दै प्रधानन्यायाधीश राणाले […]

अक्सिजनका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य

२५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई परिपत्र गरेको छ । निजी अस्पतालहरुले भने अक्सिजनको सपोर्टमा उपचाररत कोरोना संक्रमित विरामीहरु जोखिममा पर्ने बताएका छन् । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले शनिबार मात्र १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै […]

‘कलम’ले बालुवाटारमा ल्याएको कम्पन

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपा एमाले नेताहरूको दौडधुप चार दिनयता तीव्र छ । विशेषगरी एमालेकै अर्को पक्ष माधवकुमार नेपाल समूहसँग सहमति जुटाउन विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाललगायत सक्रिय छन् । एमाले पुनर्मिलनको अवसर बन्ने आशमा नेपाल समूहबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे ओलीतर्फका नेताहरूसँग वार्तामा […]

ओलीलाई माधव समूहको २४ घण्टे डेडलाइन, नभए सांसदहरुको राजीनामा

२५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् । शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार […]

‘कोरोना महामारीको भविष्यवाणी गर्न सकिन्न’

न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत छन् । इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध क्षमता र औषधिबारे महत्वपूर्ण अनुसन्धान गरेका उनी अहिले फैलिरहेको कोरोनाभाइरसको नयाँ भेरियन्टहरूले बनाउने संक्रमणको चक्र भने अझै रहस्यमै रहेको बताउँछन् । नेपालमा कोरोना महामारीको वास्तविक […]

सत्य लुकाउन खोज्दा प्रधानमन्त्रीले गुमाए सहयोग जुटाउने अवसर

२५ वैशाख, काठमाडौं । परीक्षण गरेकामध्ये झण्डै ५० प्रतिशतको संक्रमण, हरेक दिन ९ हजार हाराहारी नयाँ संक्रमित थप र ५० भन्दा बढिको मृत्यु । ससर्ती तथ्याङ्क हेर्दा देखिने नेपालको कोरोना तस्वीर यही हो । जनसंख्याको तुलना गर्ने हो भने यो दर भारतकोभन्दा पनि ज्यादा हो । त्यही कारण अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले नेपालका अस्पतालहरुमा कोरोना बिरामीको कस्तो […]

अस्पतालहरूलाई संक्रमितको चाप थेग्न हम्मेहम्मे

२५ वैशाख, काठमाडौं । दिनदिनै कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ त्यसको चाप अस्पतालले थेग्नुपरेको छ । बिरामीको चाप बढेपछि कतिपय अस्पतालले भर्ना लिन नसक्ने घोषणा गर्न थालेका छन् । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास पनि अस्पतालले थेग्न नसक्ने गरी चाप बढिसकेको बताउँछन् । अस्पतालमा २३० जना संक्रमित उपचाररत […]

मेयरको दुःखेसो- ‘रातभर एकपछि अर्को अस्पतालमा फोन गरें, आईसीयूमा बेड पाइनँ’

२५ वैशाख, काठमाडौं । आईसीयूमा बेड नपाउँदा बचाउन सकिने अवस्थाका एक कोरोना संक्रमितको मृत्यु भएको चाँगुनारायण नगरपालिकाका मेयरले बताएका छन् । मेयर सोमप्रसाद मिश्रका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का ४३ वर्षका पुरुषका लागि उनले शुक्रबार मध्यरातमा आईसीयूमा बेड खोजेका थिए । तर बेड पाउन सकेनन् र संक्रमितको मृत्यु भएको छ । मेयर मिश्रका अनुसार कोरोना […]

अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

२५ वैशाख, काठमाडौं । चाबहिलका चार अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै अक्सिजन आपूर्ति सहज नभएकाले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने बताएका हुन् । उनीहरुले अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म शनिबारदेखि सीमित […]

ओली सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्छ : देउवा

२५ वैशाख, काठमाडौं । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेका सभापति शेरबहादुर देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको सांसदहरुले बताएका छन् । उनीहरुका अनुसार देउवाले प्रष्ट भनेका छन्, ‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष […]

कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन

२५ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट पत्रकार दिनेश दाहालको निधन भएको छ । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएका दाहालको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा रहेका पत्रकार दाहाललाई सास फेर्न समस्या भएपछि वैशाख १० गते सुमेरु […]

शहीदनगरका प्रमुखले आफ्नो गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने

२५ वैशाख, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादवले आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् । प्रमुख यादवले प्रयोग गर्दै आएको प्रदेश २–०२–००१ झ–०००१ नम्बरको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने बताएका हुन् । यादवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नगरभित्रका कोरोना संक्रमितलाई अस्पतालसम्म र अस्पतालबाट घरसम्म […]

त्रिवि शिक्षण अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको बेला महानगरले सहयोग गरेको हो । भेन्टिलेटर हस्तान्तरण गर्न मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायतका जनप्रतिनिधि अस्पताल पुगेका थिए । कार्यक्रममा मेयर शाक्यले कोभिड १९ विरुद्ध लडाइँमा सबै नेपाली एकजुट भएर […]

थप ५३ जनाको मृत्यु, ८ हजार ४१८ जनामा संक्रमण पुष्टि

२५ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण […]

सुदूरपश्चिममा कोरोना परीक्षणको रिपोर्ट पाउनै सकस

२४ वैशाख, टीकापुर । स्वास्थ्यमा समस्या देखिएपछि कैलालीको टीकापुर नगरपालिका–१ की ५१ वर्षीया दुर्गा रावल वैशाख १४ गते टीकापुर अस्पताल भर्ना भइन् । ज्वरो आएका कारण डाक्टरले कोरोना परीक्षण गराउन सल्लाह दिए । अस्पतालमै उनको नमुना संकलन भयो । रिपोर्ट नआउँदै रावलको स्वास्थ्य अवस्था जटिल बन्दै गयो । अस्पतालले उनलाई आईसीयूमा राख्नुपर्ने तर टीकापुरमा सेवा […]

रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो  

२५ वैशाख, रौतहट । रौतहटमा कोरोना भाइरसको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपचारको क्रममा रहेका थप दुई जनाको शनिबार मृत्यु भएसँगै मृत्यु हुने संक्रमितको संख्या १४ पुगेको हो । नारायणी अस्पताल वीरगञ्जमा गौर नगरपालिका–९ का ५५ वर्षीय पुरुष र गौर अस्पतालमा राजपुर नगरपालिका– का ६० वर्षिय पुरुषको उपचारको क्रममा शनिबार मृत्यु […]

संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादी केन्द्रको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताएका छन् भने प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार वक्तव्य […]



from समाचार – Online Khabar https://ift.tt/3nZQhdC
via IFTTT
Powered by Blogger.