Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

२६ वैशाख, धनगढी । कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपुरको […]

विद्युत् अनियमित हुँदा सर्लाहीमा दुई दिनदेखि पीसीआर मेसिन बन्द

सर्लाही– सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पीसीआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा पीसीआर मेसिन बन्द भएको हो । ल्याबमा बुधबार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि बिहीबार, शुुक्रबार र शनिबार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै […]

प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो

२६ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार छ महिनाका लागि जनशक्ति नियुक्त […]

बाजुरामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

२६ वैशाख, धनगढी । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो । बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए । उनको […]

कोरोना अस्पतालमा थप एकजनाको मृत्यु

२६ वैशाख, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–५ का ४८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । वैशाख ११ गते संक्रमण पुष्टि भएका उनी १२ गते अस्पताल भर्ना भएका थिए । दुई हप्ता उपचारमा रहेका उनको दोस्रोपटक १८ गते […]

बाँकेमा थप ५ जना संक्रमितको मृत्यु

२६ वैशाख, काठमाडौं । बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति र आइतबार बिहान गरी ४ जना पुरुष र एक जना महिलाको ज्यान गएको बाँकेका कोभिड सम्पर्क व्यक्ति तेज वलीले जानकारी दिए । मृत्यु हुनेहरूमध्ये बाँकेका ३ जना, कैलालीका एक जना र दाङका एक जना छन् । मृतकहरू मध्ये नेपालगन्ज […]

संवैधानिक परिषदको बैठक बस्दै

२६ वैशाख, काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ । बिहान नौ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने छ । हाल लोकसेवामा सबै पदाधिकारी रिक्त छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खालि छन् । […]

गणेशमान अस्पतालले पनि भन्यो– नयाँ बिरामी भर्ना लिन सकिँदैन

२६ वैशाख, काठमाडौं । काठमाडौंका अस्पतालहरुले अक्सिजन अभावलाई कारण देखाउँदै नयाँ बिरामी भर्ना गर्न नसकिने सूचना धमाधम जारी गर्न थालेका छन् । यसरी सूचना जारी गर्नेमा ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह मेमोरियल अस्पताल पनि थपिएको छ । गणेशमान सिंह मेमोरियल अस्पतालले अक्सिजन आपूर्तिमा आएको असामान्य परिस्थितिले गर्दा मौजदात केही समयभन्दा बढी नरहेकाले कुनै पनि ठूलो […]

राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो । तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, […]

काबुलको स्कुल बाहिर विष्फोट, ३० जनाको मृत्यु

२६ वैशाख, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ । अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखुलेको बताएका छन् । […]

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

२६ वैशाख, काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको […]

आज कानून दिवस, स्वतन्त्र र निष्पक्ष न्यायपालिकामा प्रधानन्यायाधीशले जनाए प्रतिबद्धता

२६ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रतिबद्धता जनाएका छन् । कानून दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सो प्रतिबद्धता जनाएका हुन् । आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिबद्धता व्यक्त गर्ने विशेष दिन पनि हो भन्दै प्रधानन्यायाधीश राणाले […]

अक्सिजनका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य

२५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई परिपत्र गरेको छ । निजी अस्पतालहरुले भने अक्सिजनको सपोर्टमा उपचाररत कोरोना संक्रमित विरामीहरु जोखिममा पर्ने बताएका छन् । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले शनिबार मात्र १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै […]

‘कलम’ले बालुवाटारमा ल्याएको कम्पन

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपा एमाले नेताहरूको दौडधुप चार दिनयता तीव्र छ । विशेषगरी एमालेकै अर्को पक्ष माधवकुमार नेपाल समूहसँग सहमति जुटाउन विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाललगायत सक्रिय छन् । एमाले पुनर्मिलनको अवसर बन्ने आशमा नेपाल समूहबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे ओलीतर्फका नेताहरूसँग वार्तामा […]

ओलीलाई माधव समूहको २४ घण्टे डेडलाइन, नभए सांसदहरुको राजीनामा

२५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् । शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार […]

‘कोरोना महामारीको भविष्यवाणी गर्न सकिन्न’

न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत छन् । इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध क्षमता र औषधिबारे महत्वपूर्ण अनुसन्धान गरेका उनी अहिले फैलिरहेको कोरोनाभाइरसको नयाँ भेरियन्टहरूले बनाउने संक्रमणको चक्र भने अझै रहस्यमै रहेको बताउँछन् । नेपालमा कोरोना महामारीको वास्तविक […]

सत्य लुकाउन खोज्दा प्रधानमन्त्रीले गुमाए सहयोग जुटाउने अवसर

२५ वैशाख, काठमाडौं । परीक्षण गरेकामध्ये झण्डै ५० प्रतिशतको संक्रमण, हरेक दिन ९ हजार हाराहारी नयाँ संक्रमित थप र ५० भन्दा बढिको मृत्यु । ससर्ती तथ्याङ्क हेर्दा देखिने नेपालको कोरोना तस्वीर यही हो । जनसंख्याको तुलना गर्ने हो भने यो दर भारतकोभन्दा पनि ज्यादा हो । त्यही कारण अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले नेपालका अस्पतालहरुमा कोरोना बिरामीको कस्तो […]

अस्पतालहरूलाई संक्रमितको चाप थेग्न हम्मेहम्मे

२५ वैशाख, काठमाडौं । दिनदिनै कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ त्यसको चाप अस्पतालले थेग्नुपरेको छ । बिरामीको चाप बढेपछि कतिपय अस्पतालले भर्ना लिन नसक्ने घोषणा गर्न थालेका छन् । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास पनि अस्पतालले थेग्न नसक्ने गरी चाप बढिसकेको बताउँछन् । अस्पतालमा २३० जना संक्रमित उपचाररत […]

मेयरको दुःखेसो- ‘रातभर एकपछि अर्को अस्पतालमा फोन गरें, आईसीयूमा बेड पाइनँ’

२५ वैशाख, काठमाडौं । आईसीयूमा बेड नपाउँदा बचाउन सकिने अवस्थाका एक कोरोना संक्रमितको मृत्यु भएको चाँगुनारायण नगरपालिकाका मेयरले बताएका छन् । मेयर सोमप्रसाद मिश्रका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का ४३ वर्षका पुरुषका लागि उनले शुक्रबार मध्यरातमा आईसीयूमा बेड खोजेका थिए । तर बेड पाउन सकेनन् र संक्रमितको मृत्यु भएको छ । मेयर मिश्रका अनुसार कोरोना […]

अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

२५ वैशाख, काठमाडौं । चाबहिलका चार अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै अक्सिजन आपूर्ति सहज नभएकाले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने बताएका हुन् । उनीहरुले अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म शनिबारदेखि सीमित […]

ओली सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्छ : देउवा

२५ वैशाख, काठमाडौं । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेका सभापति शेरबहादुर देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको सांसदहरुले बताएका छन् । उनीहरुका अनुसार देउवाले प्रष्ट भनेका छन्, ‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष […]



from समाचार – Online Khabar https://ift.tt/3txtpTO
via IFTTT
Powered by Blogger.