समाचार
२१ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनी उपचाररत नर्भिक अस्पतालले बताएको छ । अस्पतालले मंगलबार विज्ञप्ति निकालेर खनालको अक्सिजनको सहायतामा उपचार जारी राखेको जनाएको छ । कोरोना संक्रमण भएपछि खनाल गत शनिबार अस्पताल भर्ना भएका थिए ।
२१ वैशाख, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले ५०० शय्याको कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र अस्पतालबीच कोभिड केयर युनिट सञ्चालनसम्बन्धी सहमति भएको छ । सहमतिअनुसार सिनामंगलमा १५५ बेड तयार भएको छ । दुवाकोटमा ३०० बेड र बाँकी पिपुल्समा सञ्चालनन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले […]
२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाबाट गाउँ फर्किन अब सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस माग गर्ने निर्णय गरेको हो । सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाएमात्र उपत्यका बाहिर जान सहजीकरण गर्ने निर्णय […]
२१ वैशाख, बुटवल । लुम्बीनी प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा-२ रुपन्देहीका ५१ वर्षीय पुरूष रहेका छन् । उनको २० गते साँझ ९ बजे उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताएका छन् ।
२१ वैशाख, काठमाडौं । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपील गरेका छन् । अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न उनीहरुले आग्रह गरेका हुन् । संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्नेतर्फ सचेत रहन उनीहरुले […]
२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाले घरबाहिर निस्कन थप कडाइ गर्दै वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरेका छन् । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल सञ्चालन, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालनमा थप कडाइ गरेको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर […]
२१ वैशाख, काठमाडौं । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानेहरुको भिड बढेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाई उडान सुचारु थियो । आन्तरिकतर्फको सम्पूर्ण उडान मंगलबारबाट […]
२१ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंक स्थापना गरेको छ । उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरेर अक्सिजन बैंक स्थापना गरिएको हो । बैंकबाट उपमहानगरले बनाएको आइसोलेसन सेन्टर, होटल आइसोलेसन तथा होम आइसोलेसनमा बसेका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा अक्सिजन लगेर दिइने छ । उपमहानगर कार्यालय परिसरमा स्थापना भएको अक्सिजन बैंकमा अक्सिजन सिलिण्डर, सिलिण्डर […]
२१ वैशाख, बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष तीन दिनपछि १९ गते अस्पताल भर्ना भएकोमा मंगलबार बिहान सवा ११ बजेतिर मृत्यु भएको अस्पतलका […]
२१ वैशाख, काठमाडौं । देशभरका अक्सिजन उद्योगको सुरक्षामा नेपाल प्रहरीले खटिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन उद्योगको सुरक्षाका लागि आग्रह गरेपछि गृह मन्त्रालयले प्रहरी खटाउने निर्णय गरेको हो । अक्सिजन उद्योग भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उद्योगले मागे बमोजिमको सुरक्षाकर्मी उपलब्ध गराउन परिपत्र गरिएको गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले अनलाइनखबरलाई […]
२१ वैशाख, पर्सा । पर्सामा वैशाख ३० गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवसथापन केन्द्रको मंगलबार बसेको बैठकले वैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । यसअघि वैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । प्रमुख […]
२१ वैशाख, सुर्खेत । नेकपा एमालेका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेशको फ्लोर क्रस सत्य र निष्ठाका लागि गरिएको विद्रोह भएको दाबी गरेका छन् । वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका ज्वालाले १७ दिनपछि एक अपील जारी गर्दै केपी शर्मा ओली समूहको गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति चिर्न फ्लोर क्रस गरिएको […]
२१ वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए […]
२१ वैशाख, काठमाडौं । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित भएको छ । सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर […]
२१ वैशाख, काठमाडौं । काठमाडौं महानगरका प्रहरीले सडक तथा सडकपेटीमा थुपारिएका अनधिकृत निर्माण सामग्री तथा प्रचार सामग्री हटाउन थालेको छ । सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम गरिरहेको छ । ‘व्यस्त समयमा सवारी आवागमनले असजिलो भएका काम अहिले बन्दाबन्दीका समयमा गरिरहेका […]
२१ वैशाख, काठमाडौं । कास्की र पर्वतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४५ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा मंगलबार मृत्यु भएको हो । […]
२१ वैशाख, ताप्लेजुङ। ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो । फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ को लिङ्खिम बारी फुरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक […]
२१ वैशाख, जनकपुरधाम । नेकपा माओवादी केन्द्र धनुषाले जिल्लाका चारजना जनप्रतिनिधिसँग स्पष्टीकरण मागेको छ । पार्टीले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाका उप प्रमुख शिलादेवी कापर र सबैलाई नगरपालिकाका उप-प्रमुख निलुदेवी कापरसँग स्पष्टीकरण सोधेको हो । सोमबार माओवादी केन्द्रले जारी गरेको पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी […]
२१ वैशाख, काठमाडौं । भारतको बिहार राज्यमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउन घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नितिश कुमारले सोमबार मन्त्रीहरु र सरकारी अधिकारीसँगको छलफलपछि यो निर्णय लिइएको जानकारी दिएका छन् । बिहारमा सोमबार कोरोनाका ११ हजार ४०७ […]
२१ वैशाख, काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि उनले जानकारी दिए । मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको […]
२१ वैशाख, सल्यान । सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना सङ्क्रमितहरु प्रभावित हुन थालेका छन् । अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ । अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको […]
from समाचार – Online Khabar https://ift.tt/3nIoEWs
via IFTTT






















