समाचार
१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित मिर्गौलाका बिरामीको डायलाइसिस गरिएको छ । पर्साको तिलझप्टीका ५५ वर्षीय पुरुषको डायलाइसिस गरिएको हो । दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि संक्रमितको पहिलोपटक डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालका डा. निरज सिंह (जुनियर) र नर्स मधु चौरसियाले दिउँसो ३ बजेतिर संक्रमितको डायलाइसिस गरेका थिए । सोमबार […]
१९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई काम फर्किन निर्देशन दिएको छ । अध्ययन विदामा रहेका हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेको ठाउँमा उपस्थित भएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयको आइतबार बसेको बैठकले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित […]
१९ वैशाख, काठमाडौं । दाङको तुल्सीपुर उपमहानगरपालिका–६, स्वर्गद्वारी टोलमा एउटा कार माघ महिनादेखि पार्किङ गरेर राखिएको थियो । बिग्रिएपछि मर्मत नगरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको कार वरिपरि खासै मान्छे गएको पनि देखिँदैनथे । तर, शनिबार राति साढे ७ बजेतिर चाहिँ नजिकै रहेका अरुण बुढामगरले कारमा बत्ती बलेको जस्तो देखे । उनका अनुसार छेऊमा […]
१९ वैशाख, गुल्मी । गुल्मीमा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इस्मा गाउँपालिका–१ का १८ वर्षीय रमेश कुमाल, १८ वर्षीय गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीलेआइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्लाको इस्मा गाउँपालिका–२ […]
१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितका लागि पेड होटेल क्वारेन्टिन/आइसोलेसन सेवा शुरु गरिएको छ । संक्रमण पुष्टि भएपछि घर–परिवार भन्दा टाढा बस्न चाहाने वा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई लक्षित गरेर आइसोलेसन सेवा शुरु गरिएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास छेउको होटल विजय ज्योती प्रालि पेड क्वारेन्टिन/आइसोलेसन सेवा दिन तयार भएको छ । होटलमा […]
१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको […]
१९ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने ८ दिनको अवधिमा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् । निर्देशनालयका अनुसार कैलालीमा […]
१९ वैशाख, काठमाडौं । पछिल्लो समय दोस्रो चरणको खोप लगाइसकेका व्यक्तिहरूमा पनि कोभिड–१९ संक्रमण देखिएको छ । विभिन्न व्यक्तिले दोस्रो खोप लगाइसकेपछि पनि संक्रमण देखिएको सामाजिक सञ्जालमा लेखिरहेका छन् । नेपालमा मात्र होइन, अन्य देशमा पनि दुबै डोज खोप लगाइसकेका व्यक्तिहरूमा पुनः संक्रमण देखिएको छ । मेडिकल भाषामा यसलाई ‘ब्रेक थ्रु’ संक्रमण भनिन्छ । यो […]
१८ वैशाख, हेटौंडा । मकवानपुरमा आइतबार परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनामा चट्याङ पर्दा घाइते भएका तीनमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्न पुगेका तीन जनालाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका मकवानपुरगढी–२ माथिल्लो छापका २५ वर्षीय कविराज […]
१९ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ । ‘विहान स्वाब दिएको हो । दुवै जनाको रिपोर्ट पोजिटिभ आएको छ’, मन्त्री ढकालका प्रेस संयोजक माधव तिवारीले भने । मन्त्री ढकालको स्वास्थ्य अवस्था भने सामान्य छ । […]
१९ वैशाख, धनगढी । कोरोना संक्रमण पुष्टि भएपछि पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पती चार दिनदेखि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका छन् । कैलालीका बासिन्दा चौधरीको अवस्था सामान्य भएपनि उनकी श्रीमतीलाई अक्सिजन सपोर्टको आवश्यकता परेको थियो । तर सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डर नै नपाएपछि चौधरीले धनगढीकै सारथी अस्पतालबाट धरौटी बुझाएर सिलिण्डरको जोहो गरेका […]
१९ वैशाख, काठमाडौं । कपिलवस्तु–२ (१) का सांसद दृगनारायण पाण्डेयले जनताको बीचमा जानै नसक्ने अवस्था आएकाले पदबाट राजीनामा दिएको बताएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा आइतबार विहान सहभागी भएका पाण्डेयले एमाले पार्टी र सांसद पदबाट राजीनामा दिएका छन् । ‘आफ्नो पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेको छु । तर जनताको चाहना […]
१९ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १६६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार मात्रै देशभर थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने […]
१९ वैशाख, धनगढी । कोरोना भाइरसको संक्रमण बृद्धि हुँदै गएपछि बैतडीमा पनि भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसका आधारमा बैतडीमा भोलि बिहान ६बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । निषेधाज्ञा जेठ २ गते राति १२ बजेसम्म कायम रहने […]
१९ वैशाख, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रत्येक २० मिनेटमा एक मात्र उडान गर्ने गरी कोटा तय गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी २० मिनेटमा एउटा उडान गर्ने सहमति भएको हो । यसअनुसार अब दैनिक ३५ वटा उडान मात्र त्रिभुवन […]
१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् । सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा […]
१९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि […]
१९ वैशाख, ललितपुर । ललितपुरको च्यासलका स्थानीयले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरेका छन् । स्थानीयवासीका लागि च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा पाँच बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको हो । कोरोनाबाट संक्रमित हुने स्थानीय बासिन्दाका लागि आइसोलेसन सेन्टर तयार गरिएको च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यञ्जनकारले […]
१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् । […]
१९ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा उपचाररत धनगढी उप-महानगरपालिकाकै दुई जनाको आइतबार दिउँसो मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको जानकारी […]
१९ वैशाख, विराटनगर । शनिबार दिउँसोसम्म विराटनगरको नोबेल मेडिकल कलेजको कोभिड वार्डमा ३८ जना कोरोना संक्रमित थिए । तर रातको १० बज्न नपाउँदै संक्रमितको संख्या ७० पुग्यो । कलेजमा जम्मा ७० बेड मात्रै तयारी अवस्थामा छन् । ती बेड पछि भरिएपछि बेड खोज्दै तारन्तर फोन आइरहे । तर थप बिरामी भर्ना गर्न सक्ने अवस्था छैन […]
from समाचार – Online Khabar https://ift.tt/337mR3F
via IFTTT






















