समाचार
१९ वैशाख, गुल्मी । गुल्मीमा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इस्मा गाउँपालिका–१ का १८ वर्षीय रमेश कुमाल, १८ वर्षीय गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीलेआइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्लाको इस्मा गाउँपालिका–२ […]
१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितका लागि पेड होटेल क्वारेन्टिन/आइसोलेसन सेवा शुरु गरिएको छ । संक्रमण पुष्टि भएपछि घर–परिवार भन्दा टाढा बस्न चाहाने वा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई लक्षित गरेर आइसोलेसन सेवा शुरु गरिएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास छेउको होटल विजय ज्योती प्रालि पेड क्वारेन्टिन/आइसोलेसन सेवा दिन तयार भएको छ । होटलमा […]
१९ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने ८ दिनको अवधिमा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् । निर्देशनालयका अनुसार कैलालीमा […]
१९ वैशाख, काठमाडौं । पछिल्लो समय दोस्रो चरणको खोप लगाइसकेका व्यक्तिहरूमा पनि कोभिड–१९ संक्रमण देखिएको छ । विभिन्न व्यक्तिले दोस्रो खोप लगाइसकेपछि पनि संक्रमण देखिएको सामाजिक सञ्जालमा लेखिरहेका छन् । नेपालमा मात्र होइन, अन्य देशमा पनि दुबै डोज खोप लगाइसकेका व्यक्तिहरूमा पुनः संक्रमण देखिएको छ । मेडिकल भाषामा यसलाई ‘ब्रेक थ्रु’ संक्रमण भनिन्छ । यो […]
१८ वैशाख, हेटौंडा । मकवानपुरमा आइतबार परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनामा चट्याङ पर्दा घाइते भएका तीनमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्न पुगेका तीन जनालाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका मकवानपुरगढी–२ माथिल्लो छापका २५ वर्षीय कविराज […]
१९ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ । ‘विहान स्वाब दिएको हो । दुवै जनाको रिपोर्ट पोजिटिभ आएको छ’, मन्त्री ढकालका प्रेस संयोजक माधव तिवारीले भने । मन्त्री ढकालको स्वास्थ्य अवस्था भने सामान्य छ । […]
१९ वैशाख, धनगढी । कोरोना संक्रमण पुष्टि भएपछि पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पती चार दिनदेखि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका छन् । कैलालीका बासिन्दा चौधरीको अवस्था सामान्य भएपनि उनकी श्रीमतीलाई अक्सिजन सपोर्टको आवश्यकता परेको थियो । तर सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डर नै नपाएपछि चौधरीले धनगढीकै सारथी अस्पतालबाट धरौटी बुझाएर सिलिण्डरको जोहो गरेका […]
१९ वैशाख, काठमाडौं । कपिलवस्तु–२ (१) का सांसद दृगनारायण पाण्डेयले जनताको बीचमा जानै नसक्ने अवस्था आएकाले पदबाट राजीनामा दिएको बताएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा आइतबार विहान सहभागी भएका पाण्डेयले एमाले पार्टी र सांसद पदबाट राजीनामा दिएका छन् । ‘आफ्नो पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेको छु । तर जनताको चाहना […]
१९ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १६६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार मात्रै देशभर थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने […]
१९ वैशाख, धनगढी । कोरोना भाइरसको संक्रमण बृद्धि हुँदै गएपछि बैतडीमा पनि भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसका आधारमा बैतडीमा भोलि बिहान ६बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । निषेधाज्ञा जेठ २ गते राति १२ बजेसम्म कायम रहने […]
१९ वैशाख, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रत्येक २० मिनेटमा एक मात्र उडान गर्ने गरी कोटा तय गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी २० मिनेटमा एउटा उडान गर्ने सहमति भएको हो । यसअनुसार अब दैनिक ३५ वटा उडान मात्र त्रिभुवन […]
१९ वैशाख, ललितपुर । ललितपुरको च्यासलका स्थानीयले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरेका छन् । स्थानीयवासीका लागि च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा पाँच बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको हो । कोरोनाबाट संक्रमित हुने स्थानीय बासिन्दाका लागि आइसोलेसन सेन्टर तयार गरिएको च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यञ्जनकारले […]
१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् । […]
१९ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा उपचाररत धनगढी उप-महानगरपालिकाकै दुई जनाको आइतबार दिउँसो मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको जानकारी […]
१९ वैशाख, विराटनगर । शनिबार दिउँसोसम्म विराटनगरको नोबेल मेडिकल कलेजको कोभिड वार्डमा ३८ जना कोरोना संक्रमित थिए । तर रातको १० बज्न नपाउँदै संक्रमितको संख्या ७० पुग्यो । कलेजमा जम्मा ७० बेड मात्रै तयारी अवस्थामा छन् । ती बेड पछि भरिएपछि बेड खोज्दै तारन्तर फोन आइरहे । तर थप बिरामी भर्ना गर्न सक्ने अवस्था छैन […]
१९ वैशाख, बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । उनले हालको राजनीतिक परिस्थिति नियाल्दै आइतबारकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।
१९ वैशाख, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा अहिले सरकारको प्राथमिकता रहेको बताएका छन् । उनले कोभिड-१९ विरुद्धको अभियानमा साथ दिन समेत सबैलाई अनुरोध गरेका छन् । कोभिड-१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ-आˆनो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे […]
१९ वैशाख, धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कलेजो र मिर्गौलासम्बन्धी समस्याले ग्रस्त चौधरी धनगढीको नवजीवन अस्पतालमा उपचाररत थिइन् । शनिबार मात्र अस्पताल भर्ना भएकी […]
१९ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा २५ मिनेटको अन्तरालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिला र सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको २५ मिनेटको अन्तरालमा मृत्यु भएको हो । ओलीका अनुसार बाँकेको जानकी गाउँपालिका–४ […]
१९ वैशाख, काठमाडौं । रुघाखोकी, हल्का ज्वरो, टाउको र शरीर दुख्ने जस्ता कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कैलालीको गोदावरी नगरपालिका–५ का ३५ वर्षीय पुरुष चार दिनदेखि परीक्षणका लागि धनगढी धाइरहेका छन् । कोरोना परीक्षणका लागि वैशाख १६ गते थ्रोट स्वाबको नमूना दिन सेती प्रादेशिक अस्पताल पुगेका उनलाई अस्पतालले धनगढी उपमहानगरपालिकाको स्वाब संकलन केन्द्रमा जान सुझायो । […]
१९ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वसचिव दीप बस्न्यातलाई थुनामा राख्नुपर्नाको कारण माग गरेको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले ३ दिनभित्र लिखित जवाफ दिन विशेष अदालतलाई आदेश दिएको हो । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो आदेश जारी हुन […]
from समाचार – Online Khabar https://ift.tt/3ufZUqX
via IFTTT






















