Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

महामारीमा पनि चर्को ब्याज असुल्दै एनआईसी एसिया बैंक

१९ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुादै गरेको छ । तर एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत […]

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु

२१ वैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा-६ की ४१ वर्षीया महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिए । छातिमा निमोनिया फैलिएको उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै हेटौंडा अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको छ । […]

धनुषा, हुम्ला र नवलपुरमा निषेधाज्ञा

२१ वैशाख, काठमाडौं । कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका लागि जारी निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । […]

चितवन र बाराका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

२१ वैशाख, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत चितवन र बाराका कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पुरुष रहेका छन् । माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२:४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या […]

वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्‍यु

२१ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्‍यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी-१ सप्तरीका ५० वर्षीय पुरुष रहेका छन् । श्वासप्रश्वासमा समस्या आएपछि उनको मंगलबार विहान ५: १५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए । उनी उच्च रक्तचाप र अन्‍य दीर्घ रोगी थिए ।

२३ गतेदेखि कञ्चनपुरमा बैंक बन्द, तरकारी फलफूल सातामा ३ दिनमात्र बेच्न पाइने

२१ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो । थप गरिएको निषेधाज्ञामा प्रशासनले थप कडाइ गरेको छ । बैंकका सबै शाखाहरू बन्द गर्ने र तरकारी एव‌ं […]

अमिक शेरचन भन्छन्– राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद अस्वीकार गरेको व्यक्ति हुँ     

२१ वैशाख, पोखरा। गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद विगतमा अस्वीकार गरेको बताएका छन् । प्रदेश प्रमुख पनि अनिच्छाको पद भएको भन्दै उनले पदमुक्त हुन पाउँदा खुसी लागेको बताए । प्रदेश प्रमुखको निवासमा मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफू पदको लोभी नभएको प्रष्टीकरण दिए । […]

चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

२१ वैशाख, झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०:५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले […]

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौं । कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी थप ४ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति तेज वलीका अनुसार एक महिलासहित ४ जना कोरोना सं‌क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष छन् । उनलाई वैशाख १४ गते कोरोना संक्रमण […]

अधिकारविहीन खुला जेलबाट मुक्त भएँ, खुसी छु : अमिक शेरचन

२१ वैशाख, पोखरा । अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । अधिकारविहीन खुला जेलबाट मुक्त भएको उनले बताएका छन् । आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्त खुसी छ । मुरी–मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई ।’ उनले भने, ‘पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत ओलीजीको प्रस्ताव […]

पीपीई बनाउन समेत प्रयोग हुने प्राकृतिक रबर संकटमा

२१ वैशाख, काठमाडौं । प्राकृतिक रबरको एक खास विशेषता भनेको नै मजबुती, लचिलोपना र पानीबाट नबिग्रनु हो । यो हाम्रो गाडीको टायर बनाउन प्रयोग गरिने कच्चा पदार्थ हो । यसैबाट हाम्रो जुत्ताको सोल पनि बन्ने गर्छ । इन्जिन र रेफ्रिजेरेटरको सिल बनाउन होस् वा तार र बिजुलीको दोस्रो कम्पोनेन्टको इन्सुलेट गर्नको लागि होस् । रबरको […]

महाकाली र सेती अस्पतालमा थप दुई संक्रमितको मृत्यु

२१ वैशाख, धनगढी । कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका १३ का २२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका […]

‘मेरो जिम्मेवारी कल्पना बाहिरको हो’

२१ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा सरकार जोगाउने र गिराउने खेल चलिरहेको बेला सरकारले माओवादीका अमिक शेरचनलाई हटाएर एमालेकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । नेकपा विभाजनपछि निम्तिएको जटिल राजनीतिक परिस्थितिमा गण्डकी प्रदेश प्रमुख पाएकी पौडेललाई राजनीतिक सेटिङ मिलाउनकै लागि नियुक्त गरिएको विपक्षीले बताइरहेका छन् । यो नियुक्तिलाई विपक्षी दलहरुले सरकारको सत्ता लम्व्याउने […]

गण्डकीका विपक्षी दलको टिप्पणी- ‘एसम्यान’बाट सरकारको लाज छोप्ने दाउ !

२१ वैशाख, पोखरा । वैशाख १५ गते छिनोफानो हुने भनिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताव संसदमा अड्किरहेको छ । निर्णायक दल जनमोर्चाका सांसद हराएर पछि स्थगित बैठकपछि गण्डकी प्रदेश सभा अनिर्णयको बन्दी बनेको छ । जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाबाट निवेदन परेपछि अनिश्चितकालका लागि सभामुख नेत्रनाथ अधिकारीले बैठक […]

स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अघि बढायो

२१ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सेन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ । निर्देशनालयले ‘विशेष परिस्थितिमा तत्काल खरिद गर्नुपर्ने भएको’ भन्दै मंगलबार एक सूचना प्रकाशित गरेको छ । निर्देशनालयले १० लिटरको २०० र ४६ लिटरको ३०० थान अक्सिजन सिलिण्डर खरिद गर्न चाहेको छ । […]

धनगढीको कोभिड अस्पतालमा उपचाररत ४ संक्रमितको मृत्यु

२१ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक/एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जानकारी दिए […]

कोरोनासँग लड्न दिल्ली सरकारले माग्यो सेनाको सहयोग

२१ वैशाख, काठमाडौं । कोरोना संक्रमणको महामारीसँग लड्न भारतको नयाँदिल्ली सरकारले सेनाको सहयोग मागेको छ । कोभिड केयर सुविधा र आइसियू युनिट्स सन्चालनका लागि दिल्ली सरकारले सेनाको सहयोग मागेको हो । सेनाको सहयोग माग्दै दिल्ली सरकारले रक्षा मन्त्रालयमा पत्र पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । नयाँदिल्ली कोरोनाको दोस्रो लहरबाट बढी प्रभावित क्षेत्रमध्ये एक हो […]

वाग्मती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

२० वैशाख, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ । आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सोमबार दिउँसो २ बजेसम्म […]

सहमति नगरी न्यूनतम पारिश्रमिक बढाएको भन्दै निजी क्षेत्र असन्तुष्ट

२० वैशाख, काठमाडौं । सरकारले साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । यसअघि १३ हजार ४५० रहेको न्यूनतम् तलवमान १५ हजार पुगेको छ । तर, सरकारी निर्णयमा निजी क्षेत्रले भने असन्तुष्टि पोखेका छन् । महामारीको समयमा औद्योगिक तथा व्यवसायिक क्षेत्र थला परेको भन्दै उद्योगी व्यवसायीले सरकारको निर्णयलाई ‘बेठीक’ भनेका छन् […]

देउवा चुनावी सरकारको प्रधानमन्त्री बन्लान् ?

२० वैशाख, काठमाडौं । संसदको विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै धेरैको चासो छ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सरकारको प्रधानमन्त्री बन्लान् ? कांग्रेस नेताहरु भन्छन्, ‘सम्भव हुँदा देउवा आफैं चाहेनन्, अब गणितले साथ दिन्न ।’ प्रश्न उठ्न सक्छ, २० चैतमा देउवाकै सभापतित्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले त […]

सरकारी अस्पतालको अनुकरणीय काम– भेरी अस्पतालले यसरी गर्दैछ बिपद ब्यबस्थापन !

एक वर्ष अगाडि अहिले जस्तै महामारी आएको भए बाँकेको भेरी अस्पतालको अवस्था के हुन्थ्यो होला ? ‘दुःखको साथ भन्नुपर्छ, यहाँको दृश्य अहिलेको भन्दा भयावह र कल्पना बाहिरको हुन्थ्यो’ भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे भन्छन्, ‘अहिले गर्वका साथ भन्न सक्छौं– यो अवस्था काठमाडौंमा आयो भने हाम्रो जति संक्रमित धान्न सक्दैन ।’ बाँकेको संक्रमण विस्तारलाई […]



from समाचार – Online Khabar https://ift.tt/3eOqy3S
via IFTTT
Powered by Blogger.