Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

निषेधाज्ञाभित्रै महोत्तरीमा कोरोना संक्रमण तीव्र

२६ वैशाख, महोत्तरी । कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी गरिएयता झनै तीव्ररूपमा बढेको हो । गत बुधबार बिहानदेखि जारी गरिएको निषेधाज्ञा शनिबारसम्मको अवधिमा ३८६ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । […]

संवैधानिक परिषदको बैठक सुरू

२६ वैशाख, काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक बहिस्कार गरेका छन् । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी छन् । सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीश राणा उपस्थित संवैधानिक परिषदले गरेको निर्णय उपर परेका विभिन्न मुद्दा […]

कांग्रेस सभापति देउवासँग ठाकुर र महतोले गरे डेढ घण्टा वार्ता

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले बताए । ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

२६ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।  बैठक दिउँसो एक बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ । समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे बोलाइएको विशेष अधिवेशनको तयारी र सम्भावित कार्यसूचीबारे छलफल हुने संसद सचिवालयले जनाएको छ । सभामुख […]

वीपी प्रतिष्ठान धरानमा उपचाररत थप एकजना संक्रमितको मृत्यु

२६ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका ५का ५० वर्षीय पुरुषको वेशाख २५ गते राति १०: १५ बजे मृत्‍यु भएको विपी प्रतिष्ठान, धरानले जनाएको छ । श्‍वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १५ गते अस्पताल भर्ना भएका उनलाई वैशाख १७ गते कोरोना संक्रमण देखिएको थियो ।

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु

२६ वैशाख, बुटवल। रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१४ की ५२ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । वैशाख १३ गते संक्रमण पुष्टी भएकी उनी १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा शनिबार बिहान ७ बजे मृत्यु भएको […]

भक्तपुर प्रहरीले बाँड्यो ९५ थान अक्सिजन सिलिण्डर

२६ वैशाख, काठमाडौं । भक्तपुरका तीन र ललितपुरको एक गरी चार अस्पतालमा ९५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुर इन्टरनेशन अस्पताल लोकन्थलीमा १२, भक्तपुर अस्पतालमा ५५ र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए […]

कोरोना संक्रमितलाई खाना खुवाउन निजी संस्थालाई आग्रह

२६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारको मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामले कोरोना संक्रमितलाई खाना खुवाउन निजी संस्थालाई अनुरोध गरेको छ । अस्पतालले कोरोना संक्रमितलाई खाना खुवाइदिन भन्दै मारबाडी युवा मञ्‍चलाई अनुरोध गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले शनिबार मंचलाई पत्राचार गर्दै कोरोना बिरामीहरुको लागि खानाको व्यवस्था मिलाई सहयोग गरिदिन हुन अनुरोध […]

कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

२६ वैशाख, धनगढी । कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपुरको […]

विद्युत् अनियमित हुँदा सर्लाहीमा दुई दिनदेखि पीसीआर मेसिन बन्द

सर्लाही– सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पीसीआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा पीसीआर मेसिन बन्द भएको हो । ल्याबमा बुधबार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि बिहीबार, शुुक्रबार र शनिबार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै […]

प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो

२६ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार छ महिनाका लागि जनशक्ति नियुक्त […]

बाजुरामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

२६ वैशाख, धनगढी । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो । बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए । उनको […]

चितवनका अस्पतालहरूमा आजसम्म छैन अक्सिजनको समस्या 

२६ वैशाख, चितवन । कोरोना संक्रमित भएर गम्भीर अवस्थामा पुगेका बिरामीका लागि अक्सिजनको सप्लाई अनिवार्य छ । त्यस्ता बिरामीलाई अक्सिजन विना एकछिन पनि जोगाउन मुश्किल हुँदै गएको देखिएको छ। अक्सिजनको अभावमा कतिपय जिल्लामा संक्रमित भएका बिरामीहरूको ज्यान गएको समाचार बाहिरिन थालेका छन् । मेडिकल सिटीको उपमा पाएको चितवनका अस्पतालमा अहिलेसम्म अक्सिजनको अभाव भने देखिएको छैन […]

कोरोना अस्पतालमा थप एकजनाको मृत्यु

२६ वैशाख, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–५ का ४८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । वैशाख ११ गते संक्रमण पुष्टि भएका उनी १२ गते अस्पताल भर्ना भएका थिए । दुई हप्ता उपचारमा रहेका उनको दोस्रोपटक १८ गते […]

बाँकेमा थप ५ जना संक्रमितको मृत्यु

२६ वैशाख, काठमाडौं । बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति र आइतबार बिहान गरी ४ जना पुरुष र एक जना महिलाको ज्यान गएको बाँकेका कोभिड सम्पर्क व्यक्ति तेज वलीले जानकारी दिए । मृत्यु हुनेहरूमध्ये बाँकेका ३ जना, कैलालीका एक जना र दाङका एक जना छन् । मृतकहरू मध्ये नेपालगन्ज […]

संवैधानिक परिषदको बैठक बस्दै

२६ वैशाख, काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ । बिहान नौ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने छ । हाल लोकसेवामा सबै पदाधिकारी रिक्त छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खालि छन् । […]

गणेशमान अस्पतालले पनि भन्यो– नयाँ बिरामी भर्ना लिन सकिँदैन

२६ वैशाख, काठमाडौं । काठमाडौंका अस्पतालहरुले अक्सिजन अभावलाई कारण देखाउँदै नयाँ बिरामी भर्ना गर्न नसकिने सूचना धमाधम जारी गर्न थालेका छन् । यसरी सूचना जारी गर्नेमा ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह मेमोरियल अस्पताल पनि थपिएको छ । गणेशमान सिंह मेमोरियल अस्पतालले अक्सिजन आपूर्तिमा आएको असामान्य परिस्थितिले गर्दा मौजदात केही समयभन्दा बढी नरहेकाले कुनै पनि ठूलो […]

राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो । तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, […]

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

२६ वैशाख, काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको […]

आज कानून दिवस, स्वतन्त्र र निष्पक्ष न्यायपालिकामा प्रधानन्यायाधीशले जनाए प्रतिबद्धता

२६ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रतिबद्धता जनाएका छन् । कानून दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सो प्रतिबद्धता जनाएका हुन् । आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिबद्धता व्यक्त गर्ने विशेष दिन पनि हो भन्दै प्रधानन्यायाधीश राणाले […]

अक्सिजनका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य

२५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई परिपत्र गरेको छ । निजी अस्पतालहरुले भने अक्सिजनको सपोर्टमा उपचाररत कोरोना संक्रमित विरामीहरु जोखिममा पर्ने बताएका छन् । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले शनिबार मात्र १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै […]



from समाचार – Online Khabar https://ift.tt/33pa8cS
via IFTTT
Powered by Blogger.