समाचार
२६ वैशाख, काठमाडौं । पछिल्लो १० दिन नेपालमा रहेका विदेशी नागरिक बेलायत छिर्न नपाउने गरी बेलायतले यात्रा प्रतिवन्ध लगाएको छ । नेपालमाथिको प्रतिवन्ध १२ मे (२९ वैशाख)बाट कार्यान्वयनमा आउने बेलायत सरकारद्वारा जारी ट्राभल एड्भाइजरीमा उल्लेख छ । यो नियम इंगल्याण्डसहित स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका लागि समेत मान्य हुनेछ । यो विदेशी नागरिकको हकमा लागु […]
२६ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको पीसीआर ल्याबमा शनिबार साँझ केही मानिसहरु पीसीआर रिपोर्ट खोई ? भन्दै आए । ल्याबको सुरक्षाका लागि खटिएका मानिसहरुलाई धकेलेर भित्र पसे । मलेकुलर ल्याबमै पुगेर स्वास्थ्यकर्मीसँग झगडा गरे । यो प्रतिनिधि घटना हो, ल्याबमा निरन्तर यस्ता घटना भइरहेका छन् । रिपोर्ट ढिलो आएको भनेर होहल्ला गर्ने त सामान्य हो […]
२६ वैशाख, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेका छन् । उनले यसपटकको लकडाउन थप कडा हुने बताएका छन् । लकडाउनभन्दा पहिला कोरोनाको संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएको उनले बताए । केजरीवालले लकडाउन लम्ब्याउनु आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गरेका छन् […]
२६ वैशाख, ओखलढुंगा । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका-१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार बेलुका करीब ८:४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी […]
२६ वैशाख, काठमाडौं । विश्वको सबैभन्दा चर्चित मेडिकल जर्नल ‘द ल्यासेन्ट’ले आफ्नो सम्पादकीयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको छ । सम्पादकीयमा अहिले मोदीको ध्यान ट्वीटरमा आफ्नो आलोचना दबाउनमा बढी र कोरोना महामारी नियन्त्रणमा कम देखिएको उल्लेख गरिएको छ । जर्नलले लेखेको छ, ‘यस्तो कठिन समयमा आफ्नो आलोचना र खुला चर्चालाई दबाउने मोदीको प्रयास माफीयोग्य […]
२६ वैशाख, बाँके । निषेधाज्ञाका कारणले उत्पादन भएका गोलभेँडा बिक्री नहुँदा बारीमै कुहिन थालेका छन् । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेँडा बारीमै कुहिएको हो । सवारीसाधन संञ्चालन नभएपछि बारीमा गोलभेँडालिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन् । कृषि क्रान्ति गर्ने सरकारले […]
२६ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका दुई जना र बर्दियाका एकजना गरी तीन जनाको मृत्यु भएको हो । ओलीका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार बिहान ११ः१० बजे मृत्यु भएको हो । उनीमा […]
२६ वैशाख, काठमाडौं । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइतबारदेखि २०० बेड सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका संक्रमितलाई धमाधम बीएण्डसी पु¥याउने क्रम जारी रहेपछि अस्पतालले बेड थप गरेको हो । संक्रमितलाई उपचार गर्न सो संख्यामा बेड सञ्चालनमा आएको अस्पतालद्वारा […]
२६ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ लक्षित गरी हेलो डाक्टर अभियान सुरु गरेको छ । ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ नाम दिइएको यो अभियानका दौरान डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह दिने भएका छन् । महासंघले यो कार्यक्रमका लागि भाइवरसँग सहकार्य गरेको छ । कोभिड संक्रमित भई घर वा […]
२६ वैशाख, जनकपुरधाम । प्रदेश-२ मा १९ जना प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीबाहेक ७ जिल्लामा प्रहरी संक्रमित देखिएका छन् । सबैभन्दा बढी बारामा ६ जना प्रहरी संक्रमित देखिएका छन् । पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना तथा सप्तरी, धनुषा र रौतहटमा […]
२६ वैशाख, चितवन । कोरोना संक्रमित भएर गम्भीर अवस्थामा पुगेका बिरामीका लागि अक्सिजनको सप्लाई अनिवार्य छ । त्यस्ता बिरामीलाई अक्सिजन विना एकछिन पनि जोगाउन मुश्किल हुँदै गएको देखिएको छ। अक्सिजनको अभावमा कतिपय जिल्लामा संक्रमित भएका बिरामीहरूको ज्यान गएको समाचार बाहिरिन थालेका छन् । मेडिकल सिटीको उपमा पाएको चितवनका अस्पतालमा अहिलेसम्म अक्सिजनको अभाव भने देखिएको छैन […]
२६ वैशाख, काठमाडौं । क्रसर उद्योगी, जलविद्युत उत्पादक र ग्रिल व्यवसायीले आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् । कोभिड-१९को महामारी बढ्दै गएपछि देशभर नै अक्सिजन सिलिन्डरको अभाव देखिएको छ । यसका कारण कतिपयले ज्यान समेत गुमाउन थालेपछि उद्याेगी/व्यवसायीले घोषणा गरेर नै अक्सिजन सिलिन्डर सरकारलाई दिन सुरु गरेका हुन् । नेपाल क्रसर […]
काठमाडौं । हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाभाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने बताएको छ । सीडीसीद्वारा जारी कोरोनाभाइरस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण हुनसक्ने उल्लेख छ । संक्रमित व्यक्तिले श्वास फेर्दा भाइरसयुक्त ओसिला कणहरु हावामा […]
२६ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मत, जसपाको भूमिका लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि ठाकुर र महतोले देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर छलफल […]
२६ वैशाख, पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ । पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको वैशाख २६ गते बिहान ५:३५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ। उनलाई २० गते कोरोना संक्रमण देखिएको थियो । यस्तै रुपन्देही […]
२६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो । यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा […]
२६ वैशाख, महोत्तरी । कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी गरिएयता झनै तीव्ररूपमा बढेको हो । गत बुधबार बिहानदेखि जारी गरिएको निषेधाज्ञा शनिबारसम्मको अवधिमा ३८६ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । […]
२६ वैशाख, काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक बहिस्कार गरेका छन् । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी छन् । सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीश राणा उपस्थित संवैधानिक परिषदले गरेको निर्णय उपर परेका विभिन्न मुद्दा […]
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरु डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले बताए । ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]
२६ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक दिउँसो एक बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ । समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे बोलाइएको विशेष अधिवेशनको तयारी र सम्भावित कार्यसूचीबारे छलफल हुने संसद सचिवालयले जनाएको छ । सभामुख […]
२६ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका ५का ५० वर्षीय पुरुषको वेशाख २५ गते राति १०: १५ बजे मृत्यु भएको विपी प्रतिष्ठान, धरानले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १५ गते अस्पताल भर्ना भएका उनलाई वैशाख १७ गते कोरोना संक्रमण देखिएको थियो ।
from समाचार – Online Khabar https://ift.tt/3uDlIgA
via IFTTT





















