Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

काठमाडौंबाहेक चार विमानस्थलबाट आकस्मिक उडानको अनुमति

२२ वैशाख, काठमाडौं । वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौं बाहेक मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थलबाहेक मोफसलका चार वटा विमानस्थलबाट समेत आकस्मिक उडानको अनुमति दिने निर्णय गरेको हो । प्राधिकरण स्रोतका अनुसार त्रिभुवन विमानस्थल कार्यालय, नेपालगन्ज नागरिक उड्डयन कार्यालय, पोखरा […]

गण्डकीकी प्रदेश प्रमुख पौडेलले गरिन् पदभार ग्रहण

२२ वैशाख, काठमाडौं । गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छिन् । उनले बुधबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । उनले सोमबार नै पद तथा गोपनीयताको सपथ लिएकी थिइन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेलसँगै सुदूरपश्चिमको […]

दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

२२ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ का ५० वर्षीया महिलाको बुधबार बिहान १० बजे मृत्यु भएको हो । उनीमा वैशाख २० गते संक्रमण पुष्टि भएको थियो । योसँगै उपचारका लागि बाँके आएका […]

तनहुँका अस्पतालहरुमा पर्याप्त छैनन् अक्सिजन सिलिन्डर

२२ वैशाख, तनहुँ । कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो । विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र प्लान्ट […]

कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, धनगढी । कैलालीमा मंगलबार रातिदेखि बुधबार विहानसम्ममा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जानकारी दिए । जसमा कैलालीका तीन र डडेल्धुराका एक जना […]

श्वासप्रश्वासमा समस्या देखिएपछि कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

२२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन्। कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित […]

चितवनमा थपिए १३० जना कोरोना संक्रमित

२२ वैशाख, चितवन । चितवनमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भरतपुर अस्पतालमा २२४ नमुना परीक्षण गर्दा जिल्लाका १०१ जना र बाहिरी जिल्लाका २९ जना गरी १३० जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको छ । थपिएका संक्रमतिमध्ये अधिकांश भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिकाका ४६ पुरुष र ४२ महिला गरी ८८ […]

भरतपुर अस्पतालमा थन्कियो दाताले दिएको स्वचालित पीसीआर मेसिन

२२ वैशाख, चितवन । चितवनको भरतपुर अस्पताललाई गत वर्ष भदौ २५ गते दाताले दिएको स्वचालित पीसीआर परीक्षण मेसिन अहिलेसम्म सञ्चालनमा आएको छैन । कोरोनाको नमुना संकलन र परीक्षणको चाप बढ्दै जाँदा पनि अस्पतालले मेसिन सञ्चालन गर्न सकेको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले स्वचालित मेसिन सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । झण्डै […]

माधव नेपाल र उपेन्द्र यादवसँग प्रचण्डको भेट

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन् । हात्तिबनस्थित एक घरमा भएको भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको एक नेताले बताए । जसपाका एक नेताका अनुसार प्रचण्ड र यादवसँग विश्वासको मतलाई कसरी असफल […]

करणी गरेको अभियोगमा एकजना पक्राउ

२२ वैशाख, काठमाडौं। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका-९ घर भएका २९ वर्षीय शम्भु लामालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

डोटीमा कोरोना संक्रमित पुरुषको मृत्यु

२२ वैशाख, धनगढी । डोटीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर कृष्णराज जोशीका अनुसार अस्पतलाको आइसोलेसनमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनलाई गत वैशाख २० गते कोरोना संक्रमण देखिएको थियो […]

महामारीकै बीचमा सर्लाहीका स्वास्थ्य कार्यालय प्रमुखको सरुवा !

२२ वैशाख, जनकपुरधाम । कोरोनाको दोस्रो लहर शुरु भएपछि सर्लाहीमा चार जना संक्रमितको मृत्यु भइसकेको छ । ४ वैशाखदेखि २१ वैशाखसम्म १ सय ४० जना संक्रमित देखिएका छन् । बलरा नगरपालिकाको केही वडामा समुदायस्तरमै संक्रमण फैलिएको आशंका छ । बलरा–६ मिर्जापुरमा चार जनाको उच्च ज्वरोले मृत्यु भइसकेको छ । यहाँ स्वास्थ्य कार्यालयबाट २० वैशाखमा परीक्षण […]

भारतबाट आउने यात्रु क्वारेन्टिन बस्न तोकिए ८ होटेल, दैनिक शुल्क तीन हजारसम्म

२२ वैशाख, काठमाडौं । भारतबाट सातामा दुई उडानबाट नेपाल आउने यात्रु रहने गरी ८ वटा होटेललाई क्वारेन्टिन तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट आउने हवाई यात्रु यी ८ वटा होटेलमा मात्र क्वारेन्टिन बस्नु पर्नेछ । मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित रिडर्स […]

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु

२२ वैशाख, स्याङ्जा। गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा  स्याङ्जा, गल्याङ नगरपालिका-११ का ५० वर्षीय पुरूष र पर्वतको जलजला गाउँपालिका-७का ८४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्‍यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनलाई १८ गते कोरोना संक्रमण देखिएको उनलाई […]

निषेधाज्ञामा रोड मार्किङको चटारो 

२२ वैशाख, काठमाडौं । अहिले काठमाडौं उपत्यकाका अधिकांश निर्माण साइट बन्द छन् । निषेधाज्ञा लागेपछि श्रमिक घर फर्किएका छन् भने ठेकदारहरु पनि सवारीको पास र काम जारी राख्ने अनुमति नपाएको भन्दै हात बाँधेर बसेका छन् । तर, सडक विभागले सडक संकेत चिन्ह कोर्ने काम (रोड मार्किङ) गर्ने काम भने निषेधाज्ञाको मौका पारेर नै तीव्र पारेको […]

सांसदहरुको स्वाब संकलन थालियो

२२ वैशाख, काठमाडौं । सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब […]

सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

२२ वैशाख, काठमाडौं । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार […]

कुशल भुर्तेल आइसीसीको प्लेअर अफ दि मन्थ अवार्डका लागि मनोनित

२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् । आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै कुशललाई पनि मनोनयनमा राखेको हो । यही वैशाख ४ देखि ११ […]

हेटौंडामा थप एकजना कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, हेटौंडा । मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका मकवानपुरगढी गाउँपालिका- ५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । उनका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुने […]

डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन

२२ वैशाख, काठमाडौँ । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका छैनन् । क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ जाने तथा समुदायमा घुलमिल हुँदा कोरोना सङ्क्रमणदर फैलिँदै गएको स्वास्थ्यकर्मी बताउँछन्। दैनिकजसो भारतलगायत देशका […]

बैतडीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

२२ वैशाख, बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत पाटन नगरपालिका–१ क ४४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । एक हप्ता अघि कोरोना संक्रमण देखिएकाउनीहोम आइसोलेसनमै बसिरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मात्र अस्पताल भर्ना भएका उनको राति मृत्यु भएको हो […]



from समाचार – Online Khabar https://ift.tt/3eoOLyN
via IFTTT
Powered by Blogger.