Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन

१९ वैशाख, धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । कैलालीको  लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कलेजो र मिर्गौलासम्बन्धी समस्याले ग्रस्त चौधरी धनगढीको नवजीवन अस्पतालमा उपचाररत थिइन् । शनिबार मात्र अस्पताल भर्ना भएकी […]

भेरी अस्पतालमा २५ मिनेटको अन्तरालमा दुई संक्रमितको मृत्यु

१९ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा २५ मिनेटको अन्तरालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिला र सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको २५ मिनेटको अन्तरालमा मृत्यु भएको हो । ओलीका अनुसार बाँकेको जानकी गाउँपालिका–४ […]

सुदूरपश्चिममा कोरोना जाँच गराउनै मुश्किल

१९ वैशाख, काठमाडौं । रुघाखोकी, हल्का ज्वरो, टाउको र शरीर दुख्ने जस्ता कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कैलालीको गोदावरी नगरपालिका–५ का ३५ वर्षीय पुरुष चार दिनदेखि परीक्षणका लागि धनगढी धाइरहेका छन् । कोरोना परीक्षणका लागि वैशाख १६ गते थ्रोट स्वाबको नमूना दिन सेती प्रादेशिक अस्पताल पुगेका उनलाई अस्पतालले धनगढी उपमहानगरपालिकाको स्वाब संकलन केन्द्रमा जान सुझायो । […]

सर्वोच्चले विशेष अदालतसँग माग्यो दीप बस्न्यातलाई थुनामा राख्नुको कारण

१९ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वसचिव दीप बस्न्यातलाई थुनामा राख्नुपर्नाको कारण माग गरेको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले ३ दिनभित्र लिखित जवाफ दिन विशेष अदालतलाई आदेश दिएको हो । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो आदेश जारी हुन […]

लागूऔषध किनबेचमा संलग्न रहेको आरोपमा दुईजना प्रहरी पक्राउ

१९ वैशाख, काठमाडौं । प्रतिबन्धित लागूऔषधको किनबेचमा संलग्न भएको आरोपमा दुईजना प्रहरी पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले प्रहरी जवान नरेन्द्रसिंह नगारी र प्रेमराम ओडलाई पक्राउ गरेको हो । ब्युरोका डीएसपी योगेन्द्र खड्काका अनुसार उनीहरुलाई शुक्रबार डल्लु क्षेत्रबाट पक्राउ गरिएको हो । ‘उनीहरुको साथबाट औषधिजन्य लागूऔषध डाइजेपाम, फेनारगन र नुर्फिन गरी १ सय […]

दोब्बर मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

१९ वैशाख, काठमाडौँ । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आइतबार कारबाही गरिएको हो । बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रु दुई लाख […]

कारभित्र कसरी भयो तीन बालकको मृत्यु ?

१९ वैशाख, काठमाडौं । दाङको तुल्सीपुर उपमहानगरपालिका–६, स्वर्गद्वारी टोलमा एउटा कार माघ महिनादेखि पार्किङ गरेर राखिएको थियो । बिग्रिएपछि मर्मत नगरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको कार वरिपरि खासै मान्छे गएको पनि देखिँदैनथे । तर, शनिबार राति साढे ७ बजेतिर चाहिँ नजिकै रहेका अरुण बुढामगरले कारमा बत्ती बलेको जस्तो देखे । उनका अनुसार छेऊमा […]

सांसद पद गुमाएका जसपा नेताको रिट सर्वोच्चले गरिदियो फिर्ता

१९ वैशाख, काठमाडौं । सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका ४ नेताले दिएको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ । कोरोना महामारीका कारण सर्वोच्च अदालतले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमात्र दर्ता हुने भन्दै सर्वोच्चले फिर्ता गरिदिएको हो । सहरजिस्ट्रार […]

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

१९ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा पुगेको छ । केहि दिन अघिसम्म सुस्ताएको सेयर कारोबार रकम पनि आज बढेको छ । दिनभर भएका २२६ कम्पनीको ८३ हजार ४ सय ४ […]

मकैबारीमा महिलाको शव भेटियो

१९ वैशाख, विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा महिलाको शव भेटिको छ । आइतबार रतुवामाई नगरपालिका– ६ सिंहगिरी भन्ने स्थानको मकैबारीमा महिलाको शव भेटिएको हो । भित्री सडकबाट केही भित्र रामप्रसाद भण्डारीको मकैबारीमा भेटिएको शवको पहिचान खुलेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटना संकास्पद भएकाले प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको बताए […]

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहरमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । एक भारतीय नागरिकसहित वीरगञ्जमा आइतबार मात्रै तीन जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा मात्रै मृत्यु हुने संक्रमितको संख्या […]

शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति नगर्न प्रदेश प्रमुखसँग विपक्षी दलको माग

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र शपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वलीले आइतबार मात्र आफ्नो प्रतिनिधित्वका लागि माओवादी केन्द्र रोजेपछि एमालेका पोखरेलले बहुमत गुमाएका हुन् । तर पोखरेलले आफूसँग ४१ […]

महामारीमा आन्तरिक पर्यटकले थेगेको पर्यटन, दोस्रो लहर सहन सक्षम !

१७ वैशाख, काठमाडौं । ‘एक वर्षको कोभिडको लहरमा जुन संख्यामा आन्तरिक पर्यटकको चहलपहल भयो, त्यसलाई नेपाली पर्यटनको सफलता मान्नुपर्छ,’ चितवनका युवा होटल व्यवसायी सुमन घिमिरे पछिल्लो परिस्थिति विश्लेषण गर्दै भन्छन्, ‘अहिले देशभित्रै घुम्ने संस्कृति एकदमै विकास भएको छ ।’ उनको भनाइमा सहमत छन् होटल संघ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाह । ‘एकातर्फ सामान्य अवस्थामा […]

आर्थिक वृद्धिमा मेलम्ची र माथिल्लो तामाकोसी आयोजनाको भर

१९ वैशाख, काठमाडौं । कोरोना महामारी र यसको न्यूनीकरणका लागि अपनाइएका उपायहरुका कारण अर्थतन्त्रमा गहिरो प्रभाव परेको छ । यसका वावजुद सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धि ४ प्रतिशत हुने अनुमान केन्द्रिय तथ्याङ्क विभागले गरेको छ । यो अनुमान बहुराष्ट्रिय संस्था विश्व बैंक र एसियाली विकास बैंकले गरेको अनुमानभन्दा बढी हो । तर, […]

सरकारलाई एमालेको ध्यानाकर्षण : कोरोना संक्रमितको उपचारको प्रबन्ध गर

१९ वैशाख, काठमाडौं । नेकपा एमालेले कोरोना संक्रमितको उपचारबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक स्थायी कमिटी बैठकले संक्रमितको उपचार गर्न आवश्यक तयारीलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । ‘बैठकले कोभिड बिरामीहरुको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक […]

विमलाले माओवादी केन्द्र रोजेको सूचना शंकर पोखरेललाई थियो : ओनसरी

१९ वैशाख, बुटवल । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले विमला वलीले माओवादी केन्द्र रोजेको सूचना मुख्यमन्त्री शंकर पोखरेललाई भएको दाबी गरेकी छन् । पोखरेलले आइतबार विहान मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै नेकपा एमालेले प्रदेशसभामा हाल कायम सदस्य ८१ को बहुमत अर्थात ४१ सदस्य आफूसँग भएकाले संविधानको धारा १६८ (१) अनुसार पोखरेलकै नेतृत्वमा एकल […]

महाकाली अस्पताललाई १० लाख रुपैयाँ आर्थिक सहयोग

१९ वैशाख, कञ्चनपुर । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख अशोक चन्दले आइतबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु १० लाखको चेक हस्तान्तरण गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो […]

दाङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, दाङ । कोरोना संक्रमणबाट दाङमा थप दुईजनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए । तुलसीपुरका पुरुष शनिबारदेखि उक्त अस्पतालमा उपचाररत थिए । उनको आइतबार दिउँसो  पौने […]

मुख्यमन्त्रीको राजीनामापछि जसपाबाट मन्त्री बनेका ४ नेता अन्योलमा

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि हालै जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका नेताहरु अन्योलमा परेका छन् । वैशाख ६ गते मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका तत्कालिन सांसदहरु सन्तोषराज पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाएका थिए । पार्टीमा विवादकै बीच मन्त्री पदको सपथ लिएका […]

रसुवामा पाँच हेलिप्याड निर्माण

१९ वैशाख, रसुवा । ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन जिल्लामा हेलिप्याड निर्माण अगाडि बढेको छ । प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत यहाँका दक्षिणी भेकमा पाँचवटा हेलिप्याड निर्माण भएका छन् । नयाँ बनेका हेलिप्याडमा कालिका गाउँपालिका–२ कालिकास्थान र सोही गाउँपालिका–४ र ५ जिवजिवे रहेका छन् । जिवजिवेको हेलिप्याड प्रदेश […]

स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री शीतलनिवासमा

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री कार्यालयले भने नियमित भेटघाटका लागि शीतलनिवास पुगेको जनाएको छ ।  



from समाचार – Online Khabar https://ift.tt/3eKJoZD
via IFTTT
Powered by Blogger.