समाचार
२३ वैशाख, काठमाडौं । गत अर्थिक वर्ष २०७६/०७७ मा १८ हजार १७० जना पदाधिकारी/कर्मचारीले आफ्नो सम्पत्ति विवरण बझुाएनन् । राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको वाषिर्क प्रतिवेदनअनुसार विवरण नबुझाउने निजामती, नेपाली सेना, नेपाल प्रहरी, शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारी तथा पदाधिकारी लगायत छन् । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सतर्कता केन्द्रका सचिव […]
२३ वैशाख, काठमाडौं । निषेधाज्ञाको समयमा यात्रुसँग बढी भाडा लिएर उपत्यकाबाहिर पठाउन संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा माइक्रो काउन्टरका कर्मचारी पोखरा महानगरपालिका-३३ का बन्दराज पराजुली र रतुवामाई ९-मोरङका नवीन पौडेल तथा बुटवल भैरहवा काउन्टरका कर्मचारी धादिङ थाक्रे-७ का रञ्जित सिलवाल रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौंदेखि पोखरासम्मको नियमित […]
२३ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा दिन र नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै उनको नियुक्ति असंवैधानिक र अराजनीतिक भएको […]
२३ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी एकै दिन १२ जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा […]
२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ […]
२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना […]
२३ वैशाख, काठमाडौं । उदयपुरमा शुक्रबारदेखि निषेधाज्ञा लागु हुने भएको छ । वैशाख २४ गते राती १२ बजेदेखि वैशाख ३१ मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘कोरोनाको संक्रमण उदयपुर जिल्लामा दिनप्रतिदिन बढ्दै गएको छ। त्यसकारण वैशाख २४ गते शुक्रबार राति १२ […]
२३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको कारण देखाएर कोरोना महामारीसँग सम्बन्धित रिट दर्ता गर्न अस्वीकार गरेको छ । कोरोना महामारीमा सर्वसाधारणको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारका नाममा परमादेश माग गर्दै पेश गरिएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता हुन नसक्ने भन्दै फिर्ता पठाइदिएको हो । सर्वोच्च अदालतको गत जेठ १४ गते बसेको पूर्ण बैठक (फुल […]
२३ वैशाख, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार रातिदेखि लागु हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार शुक्रबार राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गरिएको हो । गत आइतबार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा […]
२३ वैशाख, काठमाडौं । आज (बिहीबार) राति १२ बजेटबाट नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदैछन् । सरकारले नेपालमा बढ्दो महामारी नियन्त्रणका लागि भन्दै रातिबाट भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । पहिलो चरणमा वैशाख मसान्तसम्म हवाई उडान बन्द हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार अन्तिम दिन अन्तर्राष्ट्रियतर्फ […]
२३ वैशाख, चितवन । चितवनको चितवन मेडिकल कलेजमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कलेजका सञ्चार संयोजक डा. किशोर अधिकारीका अनुसार गएराति साढे १२ बजेदेखि दिउँसो दुई बजेसम्म नवलपुर, तनहुँ, कपिलवस्तु र रुपन्देहीका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका–२ का ७३ वर्षीय पुरुष, कपिलवस्तुकी […]
२३ वैशाख, काठमाडौं । सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सभामुखले २७ गते बैठक राख्ने प्रस्ताव गरेका हुन् । सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै […]
२३ वैशाख, काठमाडौं । यात्रुसँग बढी भाडा लिएको आरोपमा कलंकीबाट ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कलंकी चोकमा रहेको बस काउण्टरका दुई जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा खोटाङ घर भई कलंकी बस्ने ३५ वर्षीय भीमबहादुर खड्का र रौतहट घर भई […]
२३ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउन अर्थ मन्त्रालयले तयारी तीव्र बनाएको छ । कोरोना महामारीकै बीच आउन लागेको यो दोस्रो बजेट हो । अर्कोतर्फ नेकपा एमालेका प्रभावशाली नेता विष्णुप्रसाद पौडेलले नै यो बजेट ल्याउँदैछन् । अर्थतन्त्रका विषयमा ज्ञाता नभए पनि पहिलोपटक अर्थमन्त्री हुँदा पौडेलले लोकप्रिय बजेट ल्याएका थिए । […]
२३ वैशाख, काठमाडौं । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ललितपुरले चार वटा अस्पताललाई बिहीबार अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । विभिन्न प्रतिष्ठान तथा कवाडी पसलहरुबाट संकलित अक्सिजन सिलिण्डर कोरोना संक्रमित बिरामीको उपचार गराइरहेका ४ वटा अस्पताललाई वितरण गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान […]
२३ वैशाख, काठमाडौं । नेपालमा स्तरीय प्रसारणलाइनको अभावमा वर्षमा ३८ करोड मूल्य बराबरको बिजुली खेर जाने गरेको छ । विभिन्न १८ जलविद्युत आयोजनाले कमजोर प्रसारणलाइनको क्षमताका कारण वर्षमा ९५.६१ गिगावाटआवर बिजुली खेर फाल्नु परिरहेको छ । औसत दर ४ रुपैयाँ प्रतिकिलोवाटआवरका दरले हिसाव गर्दा यसको मूल्य रु. ३८ करोड २४ लाख ५९ हजार ३८५ हुने […]
२२ वैशाख, काठमाडौं । होम आइसोलेसनमा रहेका काठमाडौंको चावहिल चुच्चेपाटीका विकास लामालाई आफ्नो लापरवाहीप्रति निकै ग्लानि भइरहेको छ । स्नातक चौथो सेमेष्टरका विद्यार्थी उनी साथीको दिदीको विवाहमा जाँदा कोरोना संक्रमित भए । विवाहमा सहभागी भएको एक हप्तामा कन्ट्रयाक्ट ट्रेसिङमा परेर स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । विकासलाई आमा र अरुले पनि यस्तो महामारीमा विवाहमा […]
२३ वैशाख, वीरगञ्ज । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-६ पर्सा टोल बस्ने २० वर्षीया रोशना खातुनको मृत्यु भएको हो । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको मोटर चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर उनी घाइते भएकी थिइन । कलैया अस्पतालमा उपचारको क्रममा उनको बिहीबार दिउँसो १:२५ बजे […]
२३ वैशाख, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा ७०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । तीन वटा ल्याबमा ९२७ जनाको नमुना परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फेकल पर्सन तेज ओलीले जानकारी दिए । जसमध्ये ३०१ जना महिला र ३९९ जना पुरुष छन् । उनका अनुसार भेरी अस्पतालको ल्याबमा […]
२३ वैशाख, डोटी । प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड जोड्ने सिलगढी-झिग्राना सडकसँगै जोडिएको डाँडा, डाँडामा बनेका साना होचा घर । टिनको छानो, झ्याल, ढोका केही छैन । कुनै टहराभित्र गाईवस्तुहरुको गोबर, कसैको छानो नै उठेको । निर्माणाधीन सडकबाट उड्ने धुलोले खण्डहर बस्तीलाई जिस्काइरहेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका-२ बगलेग नजिकको जंगलको दृश्य हो यो […]
२३ वैशाख, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा थप कडाइ गरिएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख ३० सम्म यसअघि नै जारी भएको निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो । डीसीसीएमसीको बैठकले एक-एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३०सम्म बन्द […]
from समाचार – Online Khabar https://ift.tt/3nStLTQ
via IFTTT






















