Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संक्रिमतको शव जलाउन वाग्मती किनारमा अस्थायी शवदाह स्थल

२२ वैशाख, काठमाडौं । कोरोना संक्रमणका कारण हुने मृत्यु संख्या बढ्दै गएपछि पशुपति क्षेत्रमा अस्थायी शवदाह स्थल निर्माण थालिएको छ । वाग्मती किनारमा व्यवस्थित चिता नहुँदा शव व्यवस्थापनमा कठिनाइ भएपछि १० वटा चिता बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । कोरोना संक्रमणबाट मृत्यु हुनेको शव विगतमा विद्युतीय शवदाह गृहमा […]

प्लाज्मा बैंक : लिने धेरै, दिनेको अभाव 

२२ वैशाख, काठमाडौं । २०७७ सालको साउन तेस्रो सातातिर काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार भयो । उनी संक्रमणमुक्त भएपछि प्लाज्माको प्रभावकारिता बारे नेपालमा पनि चासो बढ्न थाल्यो । साउनमा पहिलो उपचार भएपछि प्लाज्मा लिने र दिने क्रम बाक्लिन थाल्यो । त्योसँगै नेपालमा पनि विभिन्न अस्पतालमा प्लाज्मा थेरापीबाट […]

बुटवलमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, बुटवल । बुटवलमा उपचार गराइरहेका थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना रुपन्देहीका र दुईजना गुल्मीका हुन् । वैशाख २० गते कोरोना संक्रमण पुष्टि भइ २१ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी सैनामैना नगरपालिका-३ की ६९ वर्षीया महिलाको सोही दिन दिउसो ४ बजे मृत्यु भएको अस्पतालले बुधबार प्रेस विज्ञप्तिमार्फत […]

देवघाटमा दाहसंस्कारका लागि ल्याइने शव संख्या वृद्धि

२२ वैशाख, चितवन। देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्याउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार दैनिक सात-आठवटा शव दाहसंस्कारका लागि आउने गरेकामा अहिले यो सङ्ख्या बढेर एकै […]

१६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढ्याे

२२ वैशाख, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहको सवइन्डेक्स ओरालो लाग्यो । जसको असर नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । समग्रमा सेयर बजार घटे पनि केहि कम्पनीहरुले भने निकै राम्रो कमाएका छन् । बुधबार २ वटा कम्पनीको त १० […]

नेप्से परिसूचक ५ अंकले घट्यो

२२ वैशाख, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले घटेको छ । कारोबार रकम ६ अर्ब नाघेको छ । दिनभर भएका ७८ हजार ७ सय ७१ […]

कान्ति अस्पतालमा थप पाँचजना बालबालिकामा कोरोना संक्रमण

२२ वैशाख, काठमाडौँ । कान्ति बाल अस्पतालमा एकैदिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ । गत वर्षभन्दा यो वर्ष सङ्क्रमण फैलिने दर उच्च भएकाले सङ्क्रमित थपिरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एकदुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या […]

सेनाका अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन

२२ वैशाख, पोखरा । नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्यधिक […]

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

२२ वैशाख, बुटवल । लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले संसद […]

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

२२ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो । उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो । केही दिनअघिको मन्त्रिपरिषद बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको […]

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित भएका उनको अवस्था सामान्य रहेको प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बस्ने उनले बताए । मंगलबार उनी […]

गैँडाकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

२२ वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको कारण आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरपालिकाभित्र भीडभाड, सभासम्मेलन, समारोह, भेलाजस्ता कार्यहरु नगर्नसमेत स्थानीयवासीलाई […]

बाँकेमा एकैदिन २९३ जना कोरोना संक्रमित निको भए

२२ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये बुधबार एकैदिन २९३ जना संक्रमित निको भएका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १२३ जना महिला र १७० जना पुरुष गरी कुल २९३ जना संक्रमित निको भएका हुन् । निको हुनेमा ७६ वर्षीय वृद्ध समेत रहेको उनले बताए । ओलीले भने, […]

‘वैज्ञानिक प्रमाणमा आधारित निर्णय र भारतसँग सहकार्य हुनुपर्छ’

कोभिड–१९ महामारीको दोस्रो लहरसँग नेपाल जुधिरहेको छ । स्रोत–साधनको अभावमा दिनहुँ दर्जनौं बिरामीको ज्यान गइरहँदा सरोकारवालाहरू चिन्तित छन् । कतिपय सरोकारवाला तथा समूहले आफ्ना नागरिकको जीवन सुरक्षा गर्न नसकेको भनेर सरकारप्रति आक्रोश पोखिरहेका छन् भने कतिपयले नागरिकले पनि आफ्नो दायित्व पूरा नगरेको बताएका छन् । यस्तै केही सरोकारवालाहरूले नेपालले आफ्नो स्रोतसाधनले यस महामारीलाई थेग्न नसक्ने […]

गण्डकीकी नवनियुक्त प्रदेश प्रमुख भन्छिन् : समस्याको रुपमा सभामुख देखिनुभयो

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेलले प्रदेशसभामा भएको गतिरोधका विषयमा सभामुखसँग छलफल गर्ने बताएकी छन् । बुधबार प्रदेश प्रमुखको पदभार ग्रहण गरेपछि अनलाइनखबरसँग कुराकानी गर्दै पौडेलले सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुको कारणबारे जानकारी लिने र अन्य कदम चाल्ने बताइन् । ‘मैले खेल्ने भनेको सहजीकरणकै भूमिका हो, पहिले त सभमुखसँगै कुरा […]

आइसोलेशन शय्या तयार पार्दै स्याङ्जाका पालिकाहरु

२२ वैशाख, स्याङ्जा । नयाँ भेरियन्ट कोभिड-१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि स्याङ्जाका पालिकाहरुले आइसोलेशन शय्या निर्माणको तयारीलाई तीव्रता दिएका छन् । देशका विभिन्न ठाउँमा अक्सिजनको अभावका कारण सङ्क्रमितहरुको ज्यान गइरहेका बेला यहाँका पालिकाहरुले अक्सिजनसहितको शय्या निर्माणको कार्यलाई तीव्रता दिएका हुन् । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले मङ्गलबारबाट अक्सिजनसहितको छ शय्या सञ्चालनमा […]

राष्ट्रियसभा उपचुनावमा विपक्षीको गठबन्धन : डा. खिमलाल देवकोटा साझा उम्मेदवार

२२ वैशाख, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग […]

दाङको अक्सिजन उद्योग पुनः सञ्चालन हुने

२२ वैशाख, देउखुरी । विद्युत अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका–३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ । कोरोना संक्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत जडान गरी सञ्चालनमा ल्याइने भएको हो । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका […]

काठमाडौंबाहेक चार विमानस्थलबाट आकस्मिक उडानको अनुमति

२२ वैशाख, काठमाडौं । वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौं बाहेक मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थलबाहेक मोफसलका चार वटा विमानस्थलबाट समेत आकस्मिक उडानको अनुमति दिने निर्णय गरेको हो । प्राधिकरण स्रोतका अनुसार त्रिभुवन विमानस्थल कार्यालय, नेपालगन्ज नागरिक उड्डयन कार्यालय, पोखरा […]

गण्डकीकी प्रदेश प्रमुख पौडेलले गरिन् पदभार ग्रहण

२२ वैशाख, काठमाडौं । गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छिन् । उनले बुधबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । उनले सोमबार नै पद तथा गोपनीयताको सपथ लिएकी थिइन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेलसँगै सुदूरपश्चिमको […]

दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

२२ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ का ५० वर्षीया महिलाको बुधबार बिहान १० बजे मृत्यु भएको हो । उनीमा वैशाख २० गते संक्रमण पुष्टि भएको थियो । योसँगै उपचारका लागि बाँके आएका […]



from समाचार – Online Khabar https://ift.tt/3o0neXD
via IFTTT
Powered by Blogger.