समाचार
२५ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ५:४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । […]
२५ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा १५० थान रेम्डिसिभिर आइपुगेको छ । शनिबार बिहान १५० थान रेम्डिसिभिर अस्पतालको फार्मेसीमा आइपुगेको नारायणी अस्पतालले जानकारी गराएको छ । रेम्डिसिभिर कोरोना संक्रमितका लागि उपयोगी मानिएकोले बढी माग भइरहेको छ । सरकारी दररेटमा अस्पतालले उपलब्ध गराउन नसक्दा चर्को मूल्यमा सर्वसाधारणले कालोबजारीयाहरुबाट खरिद गरेर प्रयोग गर्न बाध्य छन् । […]
संयुक्त राज्य अमेरिका आफूले उत्पादन गर्दै आएको कोरोना खोपको सर्वाधिकार (प्याटेन्ट राइट) आफूसँग मात्रै हुनुपर्ने कदमबाट पछाडि हट्ने भएको छ । विश्व व्यापार संगठन (डब्लूटिओ)सँग सहकार्य गर्दै खोपको आपूर्ति सहज बनाउन आफ्नो सर्वाधिकारसम्बन्धी नियममा अमेरिका लचिलो बन्न लागेको हो । यस निर्णयले गर्दा विश्वभरि खोपको आपूर्ति छिटो र सजिलो हुने अधिकारकर्मीहरूले बताएका छन् । यद्यपि […]
न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत छन् । इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध क्षमता र औषधिबारे महत्वपूर्ण अनुसन्धान गरेका उनी अहिले फैलिरहेको कोरोनाभाइरसको नयाँ भेरियन्टहरूले बनाउने संक्रमणको चक्र भने अझै रहस्यमै रहेको बताउँछन् । नेपालमा कोरोना महामारीको वास्तविक […]
युनाइटेड अरब इमिरेट्स (युएई)मा काम गरिरहेका करीब तीन लाख नेपालीमध्ये एक हुन्– डा. गणेश मानन्धर । राजधानी अबुधाबीको लाइफलाइन अस्पतालमा उनले दैनिक जाँच्ने बिरामीमध्ये आधाभन्दा बढी नेपाली हुन्छन् । परदेशमा बिरामी पर्दा नेपाली चिकित्सकबाटै उपचार र परामर्श पाउनु नेपाली कामदारका लागि ठूलो कुरा हो । कति बिरामीको लागि त चिकित्सकको परामर्श मात्र पनि रामबाण साबित […]
२५ वैशाख, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । तेह्रथुमको पञ्चकन्या–१ घर भएकी २० वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उनी यही वैशाख १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना […]
२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ । […]
२५ वैशाख, विराटनगर । कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका तीन अस्पतालका आइसियू बेड भरिएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजका आइसियू बेड भरिएका हुन् । आइसियू बेड भरिएका कारण नयाँ संक्रमितले उपचार पाउन मुस्किल छ । गम्भिर अवस्थाका संक्रमितले आइसियूमा बेड पाउन पालो कुर्नपर्ने बाध्यता छ […]
२५ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गरेकी थिइन् । सरकारको सो कदमको विरोध […]
२५ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ परेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नारायणगढ निवासी कविराज श्रेष्ठ भन्ने रामकुमार रहेका छन् । उनलाई कालिका नगरपालिकाको बाँसघारी भन्ने ठाउँबाट वैशाख २३ गते पक्राउ गरिएको हो । उनी निकुञ्जमा मारिएका चार गैंडाको खाग तस्करीमा […]
२५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । यही वैशाख २७ गतेको विशेष अधिवेशनमा बैठकमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो दुई बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ । राजनीतिक ध्रुवीकरण तीव्र भइरहेको बेला बोलाइएको कांग्रेस […]
२५ वैशाख, डोटी । डोटी जिल्ला अस्पतालमा उपचाररत एक जना संक्रमितको शुक्रबार निधन भयो । सप्तरी जिल्ला घर भई रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र, दिपायलमा इन्जिनियर पदमा कार्यरत ३३ वर्षीय ती युवकमा २० गते कोरोना संक्रमण देखिएको थियो । उनलाई स्वास्थ्य समस्या भएपछि बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा अक्सिजन दिँदादिँदै अवस्था बिग्रिएपछि […]
२५ वैशाख, काठमाडौं । बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना बाँकेका र एक जना बर्दियाका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ । भारतको लखिमपुरमा वैशाख १४ गते […]
२५ वैशाख, काठमाडौं । कोभिड महामारी जटिल बन्दै जाँदा त्यसको असर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुमा पनि पर्न थालेको छ । कोभिड असुरक्षाका कारण अत्यावश्यक वस्तुहरुको उत्पादन गर्ने उद्योग सञ्चालन सात प्रतिशतमा झरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । संकट गहिरिदै जाँदा देशभरका खाद्यान्न उत्पादन गर्ने उद्योगहरु पनि एक पछि अर्को गर्दै बन्द हुन […]
२५ वैशाख, भैरहवा । कोरोना संक्रमितलाई ‘अक्सिजन पुर्याउन सक्दैनौं, आफैं जोहो गर्नू’ भनेपछि आलोचित बनेको भैरहवाको भीम अस्पतालले फेरि अर्को विज्ञप्ति जारी गरेर अस्पतालमा अक्सिजन अभाव नरहेको जनाएको छ । शुक्रबार दिउँसो अस्पतालका नाममा प्रकाशित विज्ञप्तिमा भर्ना भएका कोरोना संक्रमित विरामीलाई अक्सिजन पुर्याउन नसकिने भएकाले सोही अनुसार व्यवस्था गर्न भनिएको थियो । उक्त विज्ञप्ति प्रकाशित […]
२५ वैशाख, चितवन । चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडीकल कलेजमा २२, पुरानो मेडीकल […]
२५ वैशाख, बुटवल । रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार दुबैजना बैशाख २२ गते अस्पतालको आइसियुमा भर्ना भएका थिए […]
२५ वैशाख, काठमाडौं । चिनियाँ अनुदानको चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर हवाईमार्गबाट नेपाल ल्याएलगत्तै चीनले थप ४० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ सहयोगका ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एनेस्थिेसिया […]
२५ वैशाख, धनगढी । कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान कार्य शुरु भएको छ । रुख काट्ने कामको थालनीसँगै सो निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ । वनको कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो । दश दिनसम्ममा रुख काट्ने काम सम्पन्न गरेर राजमार्ग निर्माणको काम अघि […]
२५ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो । सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध […]
२५ वैशाख, काठमाडौं । अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने भएको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार कारबाही गर्ने तयारी भइरहेको जानकारी दिए । शुक्रबार पीडित पक्ष र अस्पताल […]
from समाचार – Online Khabar https://ift.tt/3toMho8
via IFTTT






















