Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

२३ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । मुख्यमन्त्री भट्टकी आमा शारदा देवी भट्टको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले उनको डोटीको केआईसिंह गाउँपालिका–६ निवासी घरमै निधन भएको जानकारी दिए । केही दिनदेखि अस्वस्थ उनको बिहीबार करिब साढे ५ बजेतिर निधन भएको स्वकीय […]

सरकारको स्वीकृतिअनुसार नै शुल्क तोकेका हौं : ह्याम्स अस्पताल

२३ वैशाख, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचारमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम नै शुल्क लिएको बताएको छ । बिहीबार अस्पतालले विज्ञप्ति निकालेर जनरल बेडमा सरकारले तोकेअनुसार दैनिक ७ हजार रुपैयाँ लिने गरेको र उक्त बेडमा अक्सिजनसहितको उपचार गरिएको बताएको छ । त्यस्तै क्याविनको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत बमोजिम थप रकम लिन […]

मौज्दात अक्सिजन सिलिन्डर फिर्ता गर्न उद्योगहरुलाई आग्रह

२३ वैशाख, काठमाडौं । उद्योगहरुमा मौज्दात रहेका अक्सिजन ग्यास सिलिण्डिहरु ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन निजी क्षेत्रले आग्रह गरेको छ । उद्योगहरुमा पनि विभिन्न प्रयोजनका लागि अक्सिजन ग्यास प्रयोग हुने गरेको छ । अहिले कोरोना महामारीका कारण अक्सिजन सिलिण्डर अभाव हुन थालेपछि निजी क्षेत्रका तीन ठूला संगठनहरु  नेपाल उद्योग वाणिज्य महासंघ, […]

२ हजार अक्सिजनको सिलिण्डर ल्याउन चीनमा वाइडबडी पठाउने तयारी

२३ वैशाख, काठमाडौं । चीनले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिण्डरमध्ये पहिलो खेपमा २ हजार सिलिण्डर नेपाल ल्याइने भएको छ । यसका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पठाउनेबारे छलफल शुरु भएको छ । जहाज पठाउने सम्बन्धमा अर्थ मन्त्रालयले माग गरे अनुसार नेपाल एयरलाइन्सले ‘कोटेशन’ बुझाएको छ । जहाजको भाडाका सम्बन्धमा सहमति नभइसकेको र […]

ललितपुरमा निषेधाज्ञामा हिँडडुल गर्नेलाई जरिवाना

२३ वैशाख, काठमाडौं । ललितपुरमा निषेधाज्ञाको समयमा अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ । निषेधाज्ञाको समयमा विना काम घरबाहिर निस्कने र मास्क नलगाई हिँड्नेलाई जरिवाना तिराउने गरेको ललितपुरकी प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार बिहीबार १८० जना पुरुष र २६ जना महिला कारबाहीमा परेका छन् । निषेधाज्ञामा हिँडडुल गर्नेहरुबाट […]

पत्रकार महासंघले बनायो १० बेडको आइसोलेसन

२३ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारको उपचारका लागि १० बेड क्षमताको आइसोलेन कक्ष तयार गरेको छ । कोरोना संक्रमित भई अस्पतालमा उपचार पाउन नसकेका पत्रकारका लागि महासंघले केन्द्रीय कार्यालयसँगै रहेको पत्रकार आवास गृहलाई आइसोलेसन कक्ष बनाएको हो । महासंघका महासचिव रोसन पुरीका अनुसार सबै १० बेडमा अक्सिजनको व्यवस्थासमेत हुनेछ । बिहीबारसम्म […]

आरोहीले बोक्ने अक्सिजन सिलिण्डर महावीर पुनलाई उपलब्ध गराइँदै

२३ वैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले तीन दिनअघि सामाजिक सञ्जालबाट एक आह्वान गर्दै भने, ‘हिमाल चढ्न जानेले र ट्रेकिङ गर्नेले प्रयोग गरेका सिलिण्डर छन् भने आविष्कार केन्द्रलाई दिनुहोला ।’ पुनका अनुसार हिमाल चढ्दा प्रयोग गर्ने अक्सिजन सिलिण्डरमा चार केजी अक्सिजन अट्छ । यो अक्सिजनले ६ घण्टासम्म थेग्छ । पुनको यो आह्वानसँगै […]

वैशाख २५ गते कांग्रेसले बोलायो संसदीय दलको बैठक

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको बैठक वैशाख २५ गते बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएपछि कांग्रेसले त्यस विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो । वैशाख २५ गते संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा दिनको २ बजे बैठक […]

१८ हजार कर्मचारी र पदाधिकारीले बुझाएनन् सम्पत्ति विवरण

२३ वैशाख, काठमाडौं । गत अर्थिक वर्ष २०७६/०७७ मा १८ हजार १७० जना पदाधिकारी/कर्मचारीले आफ्नो सम्पत्ति विवरण बझुाएनन् । राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको वाषिर्क प्रतिवेदनअनुसार विवरण नबुझाउने निजामती, नेपाली सेना, नेपाल प्रहरी, शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारी तथा पदाधिकारी लगायत छन् । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सतर्कता केन्द्रका सचिव […]

निषेधाज्ञामा पोखरा जान ३५ सय, बुटवल जान ६ हजार भाडा !

२३ वैशाख, काठमाडौं । निषेधाज्ञाको समयमा यात्रुसँग बढी भाडा लिएर उपत्यकाबाहिर पठाउन संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा माइक्रो काउन्टरका कर्मचारी पोखरा महानगरपालिका-३३ का  बन्दराज पराजुली र रतुवामाई ९-मोरङका नवीन पौडेल तथा बुटवल भैरहवा काउन्टरका कर्मचारी धादिङ थाक्रे-७ का रञ्जित सिलवाल रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौंदेखि पोखरासम्मको नियमित […]

लुम्बिनीमा केसीलाई मुख्यमन्त्री नियुक्त गर्न ४ दलको माग

२३ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा दिन र नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै उनको नियुक्ति असंवैधानिक र अराजनीतिक भएको […]

सुदूरपश्चिममा एकै दिन १२ जना संक्रमितको मृत्यु

२३ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी एकै दिन १२ जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा […]

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ […]

काठमाडौं उपत्यकामा एकै दिन ३९७२ जनामा संक्रमण

२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना […]

उदयपुरमा शुक्रबारदेखि निषेधाज्ञा, विवाहको गाडीलाई पास नचाहिने

२३ वैशाख, काठमाडौं । उदयपुरमा शुक्रबारदेखि निषेधाज्ञा लागु हुने भएको छ । वैशाख २४ गते राती १२ बजेदेखि वैशाख ३१ मध्‍यराति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘कोरोनाको संक्रमण उदयपुर जिल्लामा दिनप्रतिदिन बढ्‍दै गएको छ। त्‍यसकारण वैशाख २४ गते शुक्रबार राति १२ […]

कोरोना महामारीसँग सम्बन्धित रिट पनि सर्वोच्चले गरिदियो फिर्ता

२३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको कारण देखाएर कोरोना महामारीसँग सम्बन्धित रिट दर्ता गर्न अस्वीकार गरेको छ । कोरोना महामारीमा सर्वसाधारणको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारका नाममा परमादेश माग गर्दै पेश गरिएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता हुन नसक्ने भन्दै फिर्ता पठाइदिएको हो । सर्वोच्च अदालतको गत जेठ १४ गते बसेको पूर्ण बैठक (फुल […]

मोरङमा शुक्रबार रातिदेखि निषेधाज्ञा

२३ वैशाख, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले  शुक्रबार रातिदेखि लागु हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार शुक्रबार राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गरिएको हो । गत आइतबार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा […]

बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द,आज ५१ वटा उडान-अवतरण

२३ वैशाख, काठमाडौं । आज (बिहीबार) राति १२ बजेटबाट नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदैछन् । सरकारले नेपालमा बढ्दो महामारी नियन्त्रणका लागि भन्दै रातिबाट भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । पहिलो चरणमा वैशाख मसान्तसम्म हवाई उडान बन्द हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार अन्तिम दिन अन्तर्राष्ट्रियतर्फ […]

चितवन मेडिकल कलेजमा एकै दिन चार कोरोना संक्रमितको मृत्यु

२३ वैशाख, चितवन । चितवनको चितवन मेडिकल कलेजमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कलेजका सञ्चार संयोजक डा. किशोर अधिकारीका अनुसार गएराति साढे १२ बजेदेखि दिउँसो दुई बजेसम्म नवलपुर, तनहुँ, कपिलवस्तु र रुपन्देहीका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका–२ का ७३ वर्षीय पुरुष, कपिलवस्तुकी […]

गण्डकीमा अविश्वासको प्रस्तावमाथि २७ गते मतदान

२३ वैशाख, काठमाडौं । सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सभामुखले २७ गते बैठक राख्ने प्रस्ताव  गरेका हुन् । सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै […]

यात्रुसँग बढी भाडा लिएको आरोपमा कलंकीबाट दुई जना पक्राउ

२३ वैशाख, काठमाडौं । यात्रुसँग बढी भाडा लिएको आरोपमा कलंकीबाट ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कलंकी चोकमा रहेको बस काउण्टरका दुई जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा खोटाङ घर भई कलंकी बस्ने ३५ वर्षीय भीमबहादुर खड्का र रौतहट घर भई […]



from समाचार – Online Khabar https://ift.tt/3f2LioF
via IFTTT
Powered by Blogger.