समाचार
२३ वैशाख, काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार्ययोजनामा वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचंगु नारायणमा आईसीयू सहितको कोभिड अस्पताल शनिबारसम्म सञ्चालन गर्ने उल्लेख छ । वीर […]
२३ वैशाख, काठमाडौं । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउने सरकारले कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने भन्ने बारे कार्य योजनामा उल्लेख छैन […]
२२ वैशाख, पोखरा । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा परेकी छिन् । पदभार ग्रहण गरेकाे दिन सभामुखले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएपछि प्रदेश प्रमुख आलोचित बनेकी हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि दर्ता भएको अविश्वास प्रस्ताव संसदमै अडि्कएको बेला सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अमिक शेरचनलाई हटाएर पौडेललाई प्रदेश प्रमुख नियुक्त […]
२२ वैशाख, काठमाडौं । अस्पतालको प्रांगणमा दुई घण्टासम्म छटपटिंदा पनि अक्सिजन नपाएकी बाँकेकी एक महिलाको मृत्यु भएको छ । बैजनाथपुर गाउँपालिका–५ की ४६ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई बुधबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याइएको थियो । तर कलेज प्रशासनले गेटमा कोभिड–१९ का नयाँ बिरामी भर्ना स्थगन […]
२२ वैशाख, काठमाडौं । उपत्यकाका ठूला निजी अस्पतालहरुले कोरोना संक्रमितहरुसँग निकै चर्को शुल्क लिने गरेको पाइएको छ । आइसोलेसन बेडको दैनिक शुल्क मात्र ७ हजार रुपैयाँसम्म तोकिएको छ, आईसीयू तथा भेन्टिलेटर बेडका लागि दैनिक साढे २६ हजारसम्म पर्छ । औषधि, नर्स तथा डक्टरको शुल्क सबै जोड्दा निजी अस्पतालको शुल्क छोइनसक्नु हुने देखिन्छ । जबकि स्वास्थ्य […]
२२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या […]
२२ वैशाख, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग […]
२२ वैशाख, पोखरा । स्याङ्जा गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भयो । होम आइसोलेसनमा बसेका उनलाई आइतबार एक्कासी सास फेर्न गाह्रो भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड आइसोलेसन सुरु भएको एक दिनमात्र भएको थियो । बेडको अवस्था बुझेर बिरामीलाई गल्याङदेखि प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा पुर्याइयो । अस्पताल ल्याइपुर्याउँदा अक्सिजन […]
२२ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिका–२ कि ५० वर्षीया महिला वैशाख १९ गते धनगढीको सारथी अस्पताल भर्ना भइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालले उपचार गर्न नसक्ने भन्दै मंगलबार नै निकालिदियो । ‘आईसीयू र भेन्टिलेटर हामीसँग छैन भनेर अस्पतालले अन्तिम अवस्थामा निकालिदियो,’ उनका भतिजा भरत ओलीले अनलाइनखबरसँग भने, […]
२२ वैशाख, काठमाडौं । पार्टीका नेताहरुसहित बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ । कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट एमाले अध्यक्ष समेत […]
२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् । संसद […]
२२ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई ७९ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लाका डीसीसीएमसीलाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । जसमध्ये कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लालाई १०–१० लाख, […]
२२ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोंगबुको नयाँ बसपार्कस्थित बागलुङ भगवती काउण्टरका कर्मचारी स्याङ्जा चापाकोट–७ घर भई काठमाडौंको मित्रनगर बस्ने ३० वर्षीय मिलन सारु छन् । काठमाडौंबाट बागलुङसम्मको नियमित भाडा ९ सय रुपैयाँ भएपनि उनले यात्रुसँग तीन हजारदेखि […]
२२ वैशाख, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने बताएको छ । त्यसका लागि प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ । प्रशासन कार्यालयले दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा विवाह ब्रतबन्धजस्ता संस्कारमा १५ जना व्यक्ति […]
२२ वैशाख, काठमाडौं । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वर्गीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको ८६ औं जन्म जयन्तीका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रम मार्फत शैक्षिक कार्यक्रम घोषणा गरिएको हो । फाउण्डेशनका तर्फबाट भरतमोहनकी पुत्री लीमा अधिकारीले ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक […]
२२ वैशाख, काठमाडौं । वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले वाग्मती प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन गर्दैछ । वाग्मती र लुम्बिनीमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रामबहादुर थापा र चन्द्रबहादुर खड्काले […]
२२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा […]
२२ वैशाख, वीरगञ्ज । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु भएको छ । वीरगञ्जमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएपछि चैत ३१ देखि वैशाख २२ गते बुधबार बिहानसम्म ४३ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा ३२, नारायणी बयोधा अस्पतालमा ५, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा […]
२२ वैशाख, काठमाडौँ । सिन्धुपाल्चोकमा २३ गते बिहीबार बिहानबाट जिल्लाभर निषेधाज्ञा लागू भएको छ । वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राती १२ बजसेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बुधबारबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी […]
२२ वैशाख, काठमाडौं । कञ्चनपुरमा खाद्यान्न तथा तरकारी किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार सूचना जारी गर्दै हाल लागू भएको निषेधाज्ञाको समयमा तरकारी, फलफूल र खाद्यान्न खरिद बिक्री गर्न छुट्टाइएको समयमा ग्राहकहरुको भिडभाड भएकाले अबदेखि अनिवार्य रुपमा मास्क, फेसशिल्ड र पञ्जा लगाएर मात्रै दैनिक उपभोग्य सामग्री खरिद बिक्री […]
२२ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई वार्डमा सारिएको अस्पतालको कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमललाई […]
from समाचार – Online Khabar https://ift.tt/33k1RXK
via IFTTT






















