समाचार
२३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको हो । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका […]
२३ वैशाख, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरिको नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्रको बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख […]
२३ वैशाख, उदयपुर । ६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-३ विराज टोल बस्ने १८ वर्षीय किशोर रहेका छन् । किशोरले ती बालिकालाई वैशाख १६ गते ललाइ फकाइ करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बारेमा थप […]
२३ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर चढ्दै आएको गाडीलाई कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ । नगरभित्र कोरोना संक्रमितको संख्या बढदै जांदा संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकाले नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरीदेवी चौधरी चढ्दै आएको क्रमशः लु १ झ ३६० र लु १ झ ३२६ […]
२३ वैशाख, काठमाडौं । निषेधाज्ञापछि मुलुकका विभिन्न भेगमा फसेका पर्यटकको उद्धार र समन्वय गर्न विपद व्यवस्थापन तथा सञ्चार सेल गठन भएको छ । नेपाल पर्यटन बोर्डले यस्तो संयन्त्र सक्रिय बनाएको हो । यसअघि लकडाउनको समयमा समेत बोर्डले नेपालमा फसेका पर्यटकको उद्धार सोही संयन्त्रमार्फत गरेको थियो । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो चरणको संक्रमण बढ्दै जाँदा […]
२३ वैशाख, विराटनगर । माछा मार्न गएका एक युवकको शव जंगलमा फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-५ का २७ वर्षीय उगेन मगरको शव बिहीबार बिहान जंगलमा फेला परेको हो । उनी बुधबार बिहान १० बजेतिर घरबाट माछा मार्न जाने भन्दै हिडेका थिए । तर राति अबेरसम्म घर नफर्किएपछि स्थानीयले खाजी गरेका थिए । मगरको […]
२३ वैशाख, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । बालुवाटारमा विहीबार विहान बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत […]
२३ वैशाख, सप्तरी । प्रदेश-२ को पूर्वी जिल्ला सप्तरीमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ । वैशाख २५ गते राति शनिबार १२ बजेदेखि लागू हुने गरी जिल्लाको शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाका सम्पूर्ण शहरी क्षेत्रमा बैशाख २५ गतेदखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा […]
२३ वैशाख, डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको बेलामा बिरामीहरुलाई ओसार पसार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साँउदले बताए । नगरपालिकाको टिप्परलाई शव वाहन बनाउने निर्णय समेत भएको सूचना अधिकारी साँउदले बताए । जनप्रतिनिधि […]
२३ वैशाख, बुटवल । कोरोना संक्रमितको उपचार गराइरहेका रुपन्देहीका सरकारी र निजी अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । संक्रमितको संख्या बढेसँगै अक्सिजनको खपत ह्वात्तै बढेपनि आपूर्ति कम हुँदा अभाव खड्केको हो । लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा दैनिक २ सय बढी सिलिण्डिर अक्सिजन आवश्यक हुन थालेकोमा जम्मा ६५ सिलिण्डर […]
२३ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै देशभरका शिक्षण संस्था बन्द छन् । सञ्चालन भइरहेका परीक्षा पनि बीचैमा स्थगित भएका छन् । देशका ५२ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । अधिकांश जिल्लामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । संक्रमण बढिरहेकाले थपिने सम्भावना उत्तिकै छ । यसले गर्दा कक्षा १० र १२ का विद्यार्थीलाई […]
२३ वैशाख, बाँके । बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ शान्तिनगर-६की ७५ वर्षीया महिलाको विहीबार विहान ९: १५ बजे नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते कोरोना संक्रमण देखिएको उनलाई वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरले […]
२३ वैशाख, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन् । बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ । आफ्नै पार्टीको माधव–झलनाथ […]
२३ वैशाख, काठमाडौं । नयाँ वर्षको आगमनसँगै फैलिएको दोस्रो लहरको कोरोना महामारीबाट संक्रमित हुने संख्या र मृत्युदरको ग्राफ उकालो चढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २७ चैतमा १४ जिल्ला अतिप्रभावित भएको प्रतिवेदन सार्वजनिक गरेकोमा एक महिना नबित्दै ५२ जिल्ला महामारीबाट आक्रान्त बनिसकेका छन् । देशव्यापी लकडाउन नगरिए पनि स्थानीय प्रशासनले निषेधाज्ञा थप कडा […]
२३ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज– ४ विर्ताका ७० वर्षीय र रौतहटको गौर नगरपालिका-२ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३४ पुगेको छ । मृतक मध्ये २३ जना पर्साका, बाराका ६, रौतहटका ३ र सर्लाहीका […]
२३ वैशाख, दाङ । एमाले नेता शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्तिको बधाई पाइरहँदा उनकै गृहजिल्लामा अवस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अक्सिजन अभावले विरामीहरु छटपटाइरहेका थिए । अक्सिजनको जोहो समयमै नहुँदा एकजनाको त ज्यानै गयो । दुई जना बिरामीलाई उनका आफन्तले हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं पठाए । अक्सिजन अभावले विरामी र तिनका आफन्त हायलकायल […]
२३ वैशाख, काठमाडौं । केन्द्र सरकारले स्थानीय तहले गाउँटोल निःसंक्रमण गर्नुपर्ने गरी कार्ययोजना निर्माण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड नियन्त्रण सम्बन्धी कार्ययोजना अनुसार हरेक स्थानीय तहले आ–आफ्नो गाउँटोल निःसंक्रमण गर्नुपर्ने उल्लेख गरेको छ । कार्ययोजना अनुसार २३ वैशाखदेखि नै स्थानीय तहले दैनिक आफ्नो गाउँटोल निःसंक्रमण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । […]
२३ वैशाख, काठमाडौं । बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा […]
२३ वैशाख, चितवन । चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो । यही वैशाख १२ गते भारतमा […]
२३ वैशाख, काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार्ययोजनामा वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचंगु नारायणमा आईसीयू सहितको कोभिड अस्पताल शनिबारसम्म सञ्चालन गर्ने उल्लेख छ । वीर […]
२३ वैशाख, काठमाडौं । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउने सरकारले कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने भन्ने बारे कार्य योजनामा उल्लेख छैन […]
from समाचार – Online Khabar https://ift.tt/3enp955
via IFTTT






















