समाचार
२४ वैशाख, भैरहवा । भीम अस्पताल, भैरहवाले अस्पतालमा अक्सिजन अभाव नरहेको बताएको छ । शुक्रबार दिउँसो अस्पतालका नाममा प्रकाशित विज्ञप्तिमा भर्ना भएका कोरोना संक्रमित विरामीलाई अक्सिजन पुर्याउन नसकिने भएकाले सोही अनुसार व्यवस्था गर्न भनिएको थियो । उक्त विज्ञप्ति प्रकाशित गर्नु अस्पतालको गैरजिम्मेवारीको पराकाष्ठा भन्दै चौतर्फी आलोचना भएपछि अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले शुक्रबार राति […]
२५ वैशाख, चितवन । चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडीकल कलेजमा २२, पुरानो मेडीकल […]
२५ वैशाख, डोटी । डोटी जिल्ला अस्पतालमा उपचाररत एक जना संक्रमितको शुक्रबार निधन भयो । सप्तरी जिल्ला घर भई रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र, दिपायलमा इन्जिनियर पदमा कार्यरत ३३ वर्षीय ती युवकमा २० गते कोरोना संक्रमण देखिएको थियो । उनलाई स्वास्थ्य समस्या भएपछि बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा अक्सिजन दिँदादिँदै अवस्था बिग्रिएपछि […]
२५ वैशाख, बुटवल । रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार दुबैजना बैशाख २२ गते अस्पतालको आइसियुमा भर्ना भएका थिए […]
२५ वैशाख, काठमाडौं । चिनियाँ अनुदानको चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर हवाईमार्गबाट नेपाल ल्याएलगत्तै चीनले थप ४० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ सहयोगका ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एनेस्थिेसिया […]
२५ वैशाख, धनगढी । कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान कार्य शुरु भएको छ । रुख काट्ने कामको थालनीसँगै सो निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ । वनको कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो । दश दिनसम्ममा रुख काट्ने काम सम्पन्न गरेर राजमार्ग निर्माणको काम अघि […]
२५ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो । सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध […]
२५ वैशाख, काठमाडौं । अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने भएको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार कारवाही गर्ने तयारी भइरहेको जानकारी दिए । शुक्रबार पीडित पक्ष र अस्पताल […]
२४ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेका दोस्रो तहका नेताहरुले सहमतिका सम्भावित विकल्पहरुबारे छलफल शुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानमा रहेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले भने सहमतिका आधार खोजी गर्न थालेका हुन् । शुक्रबार दुवै पक्षका तीन-तीन नेताले करीब दुई घण्टा बालुवाटारमा वार्ता गरेका […]
२४ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको सम्मुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक, सभा तथा उद्घाटन र शिलान्यास समारोहमा अधिकतम समय खर्चिए । फागुनयता मात्रै उनले रु.४ खर्ब बराबरका विकासे आयोजनाको शिलान्यास गरे । त्यो अवसरमा नेपालमा विकासको लहर आएको भाषण गरे । तर, महामारी दैलोमा आइपुग्दा शिलान्यास भएका धेरैजसो आयोजना पूर्वतयारी नपुगेकाले […]
२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कमिसनका कारण कोरोनाको खोप आउन नसक्नु अक्षम्य अपराध भएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि पर्याप्त समय पाउँदा पनि सरकारले जिम्मेवारी बोध नगरेको र समयमा खोपसमेत व्यवस्था नगरेको उनको आरोप छ । त्यही कारण अहिले कोरोना संक्रमण उच्चविन्दुमा परेको भन्दै […]
२३ वैशाख, काठमाडौं । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुवै नेकपा एमाले […]
२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनिधिनिसभामा विश्वासको मत लिनु अघिल्लो दिन आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठकको एजेण्डा सार्वजनिक गरिएको छैन । तर बालुवाटार सूत्रहरुका अनुसार २७ वैशाखमा विश्वासको मत पाउने वा नपाउने निश्चित नभएकाले प्रधानमन्त्री ओली केही संवैधानिक पदहरुमा नियुक्ति प्रक्रिया अघि बढाउन चाहन्छन् । संविधानतः संवैधानिक परिषदमा प्रधानमन्त्री, […]
२४ वैशाख, काठमाडौं । कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा १४ जना कोरोनाभाइरस (कोभिड–१९) का संक्रमित आईसीयूमा उपचाररत थिए । बिहीबार राति ९ बजेतिर चिकित्सकले बिरामीका आफन्तलाई बोलाए र आफ्ना बिरामीलाई जतिसक्दो छिटो अर्को अस्पतालमा लैजान आग्रह गरे । एकाएक उपचाररत सबै बिरामीलाई अन्यत्र लैजानू भनेपछि आफन्त तथा कुरुवाहरु अलमलमा परे । अस्पताल प्रशासनले अक्सिजन सकिएकाले केही […]
२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा […]
२४ वैशाख, हेटौंडा । जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीलगायतको गठबन्धनबाट डा. खिमलाल देवकोटा, नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि डा. देवकोटाले […]
२४ वैशाख, विराटनगर । चैत तेस्रो साता । बेलबारी नगरपालिका-४ मोरङका नवीन खवास, बुबाको उपचारका लागि नोबेल मेडिकल कलेज आइपुगे । उपचारपछि बुबा विनोद वैशाख १५ गते डिस्चार्ज भए । बुबालाई घर लैजानुअघि नै नवीनलाई स्वास्थ्यमा समस्या देखिन थालिसकेको थियो । १४ गते पीसीआर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएकाले घर गए । तर बुबालाई घर […]
२४ वैशाख, सप्तरी । सप्तरीमा चोरीको आरोपमा जनप्रतिनिधिले एक युवकलाई पाँच दिनदेखि बन्धक बनाएर यातना दिएको पाइएको छ । छिमन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’, उनका छोरा तेजनारायणले छिन्नमस्ता–६ कुपहीका २१ बर्षीय शिवकुमार मुखियालाई हात खुट्टामा नेलले बाँधेर कुटपिट गरेको पीडितका परिवारले जनाएको छ । कुपहीमा सञ्जय पण्डितले सञ्चालन गरेको मदिरा पसलमा चोरी गरेको भन्दै […]
२४ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपा एमालेका अध्यक्षहरुले पार्टी एकता जोगाउन अपील गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले अन्तरविरोधका कारण पार्टीलाई क्षति पुगेको भन्दै अहिले एकजुट हुन सकेन भने इतिहासले क्षमा नदिने उल्लेख गरेका छन् । एमालेलाई थप सुदृढ, व्यापक र गतिशील बनाएर कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको मुल शक्तिको […]
२४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा […]
२४ वैशाख, काठमाडौं । १७ चैतमा राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला, आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ ।’ सामाजिक सुरक्षावापत अहिले सरकारले वार्षिक करीब ६५ अर्ब रुपैयाँ हाराहारी वितरण गर्छ । उनको घोषणा अनुसार सामाजिक सुरक्षा भत्ता बढाउँदा […]
from समाचार – Online Khabar https://ift.tt/3b8HIYY
via IFTTT






















