Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

डोटीमा कोरोना संक्रमित पुरुषको मृत्यु

२२ वैशाख, धनगढी । डोटीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर कृष्णराज जोशीका अनुसार अस्पतलाको आइसोलेसनमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनलाई गत वैशाख २० गते कोरोना संक्रमण देखिएको थियो […]

कोरोनाको दोस्रो लहर : सर्लाहीमा छैन तयारी

२२ वैशाख, जनकपुरधाम । कोरोनाको दोस्रो लहर शुरु भएपछि सर्लाहीमा चार जना संक्रमितको मृत्यु भइसकेको छ । ४ वैशाखदेखि २१ वैशाखसम्म १ सय ४० जना संक्रमित देखिएका छन् । बलरा नगरपालिकाको केही वडामा समुदायस्तरमै संक्रमण फैलिएको आशंका छ । बलरा–६ मिर्जापुरमा चार जनाको उच्च ज्वरोले मृत्यु भइसकेको छ । यहाँ स्वास्थ्य कार्यालयबाट २० वैशाखमा परीक्षण […]

भारतबाट आउने यात्रु क्वारेन्टिन बस्न तोकिए ८ होटेल, दैनिक शुल्क तीन हजारसम्म

२२ वैशाख, काठमाडौं । भारतबाट सातामा दुई उडानबाट नेपाल आउने यात्रु रहने गरी ८ वटा होटेललाई क्वारेन्टिन तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट आउने हवाई यात्रु यी ८ वटा होटेलमा मात्र क्वारेन्टिन बस्नु पर्नेछ । मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित रिडर्स […]

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु

२२ वैशाख, स्याङ्जा। गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा  स्याङ्जा, गल्याङ नगरपालिका-११ का ५० वर्षीय पुरूष र पर्वतको जलजला गाउँपालिका-७का ८४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्‍यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनलाई १८ गते कोरोना संक्रमण देखिएको उनलाई […]

निषेधाज्ञामा रोड मार्किङको चटारो 

२२ वैशाख, काठमाडौं । अहिले काठमाडौं उपत्यकाका अधिकांश निर्माण साइट बन्द छन् । निषेधाज्ञा लागेपछि श्रमिक घर फर्किएका छन् भने ठेकदारहरु पनि सवारीको पास र काम जारी राख्ने अनुमति नपाएको भन्दै हात बाँधेर बसेका छन् । तर, सडक विभागले सडक संकेत चिन्ह कोर्ने काम (रोड मार्किङ) गर्ने काम भने निषेधाज्ञाको मौका पारेर नै तीव्र पारेको […]

सांसदहरुको स्वाब संकलन थालियो

२२ वैशाख, काठमाडौं । सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब […]

सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

२२ वैशाख, काठमाडौं । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार […]

कुशल भुर्तेल आइसीसीको प्लेअर अफ दि मन्थ अवार्डका लागि मनोनित

२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् । आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै कुशललाई पनि मनोनयनमा राखेको हो । यही वैशाख ४ देखि ११ […]

हेटौंडामा थप एकजना कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, हेटौंडा । मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका मकवानपुरगढी गाउँपालिका- ५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । उनका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुने […]

डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन

२२ वैशाख, काठमाडौँ । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका छैनन् । क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ जाने तथा समुदायमा घुलमिल हुँदा कोरोना सङ्क्रमणदर फैलिँदै गएको स्वास्थ्यकर्मी बताउँछन्। दैनिकजसो भारतलगायत देशका […]

बैतडीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

२२ वैशाख, बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत पाटन नगरपालिका–१ क ४४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । एक हप्ता अघि कोरोना संक्रमण देखिएकाउनीहोम आइसोलेसनमै बसिरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मात्र अस्पताल भर्ना भएका उनको राति मृत्यु भएको हो […]

गेटा मेडिकल कलेजमा आइसोलेसन बनाइँदै, नेपाली सेनाले थाल्यो काम

२२ वैशाख, धनगढी । निर्माणाधीन गेटा मेडिकल कलेजमा निर्मित भवनलाई संक्रमितको उपचार र सम्भावित संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन बनाउने काम मंगलबारदेखि सुरु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मेडिकल कलेजमा दुई हजार जना अटाउने क्षमताको आइसोलेसन निर्माणको काम नेपाली सेनाले थालेको जानकारी दिए । पहिलो चरणमा तत्काल पाँच सयजना अटाउने आइसोलेसन निर्माण […]

वीरगञ्जमा थप एकजना संक्रमितको मृत्यु

२२ वैशाख, वीरगञ्‍ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज– २ छपकैया बस्ने ६५ वर्षीया महिला कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालमा उपचारको क्रममा बिहान ८ :१० बजे उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । कोरोनाका लक्षणसँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएपछि उनलाई […]

दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

२२ वैशाख, दाङ । दाङको घोराही–मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार दुईजना घाइते भएका छन् । बा १३ च ८०४८ नम्बरको स्कारपियो जित गएराति घोराही उपमहानगरपालिका वडा नं. ४ को उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा चालक विष्णु गिरीको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय […]

बुटवलमा ८ घण्टामा चारजना कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् । कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए । बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भइ सोही दिन […]

निषेधाज्ञामा पनि काष्ठमण्डप पुनःनिर्माणको काम धमाधम

२२ वैशाख, काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच दूरी कायम गर्ने […]

गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजिन परीक्षण पोजेटिभ

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी छ । मंगलबार उनी संसदीय दलको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो। त्यसपछि उनको एन्टिजिन परीक्षण गरिएको थियो । […]

साँखु बजारमा बज्रयोगिनीको जात्रा समापन गरिँदै

२२ वैशाख, काठमाडौं । चैत्र शुक्ल पूर्णिमादेखि शुरु भएको बज्रयोगिनीको जात्रालाई साँखुको मुख्य बजार क्षेत्रमा घुमाउने विधि मङ्गलबार समापन गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुरु गरिएको थियो । जात्रा वैशाख शुक्ल अष्टमी […]

प्लाज्मा थेरापी : कति ठीक ? कति बेठीक ?

२२ वैशाख, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) लाई निस्तेज पार्ने त्यस्तो कुनै औषधि अहिलेसम्म हामीसँग छैन । मुख्यतः अहिले पनि संक्रमितलाई सपोर्टिङ केयर नै दिइन्छ । साधारणतया ज्वरो घटाउन र दुखाइ कम गर्न सामान्यदेखि गम्भीर लक्षण भएकालाई औषधि दिइन्छ भने अवस्था हेरी रेम्डिसिभिर वा डेक्सामेथासोन जस्ता औषधि पनि दिने गरिन्छ । तर यी दुवै औषधि सीमित […]

चोर बाटोबाट अध्यादेश ल्याइएको भन्दै नेविसंघको विरोध

२२ वैशाख, काठमाडौं । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै नेविसंघले विरोध जनाएको छ । अध्यादेश तत्काल फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न नेविसंघले माग गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सात वटा अध्यादेश जारी गरेकी थिइन् । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर सर्वसत्तावादी चरित्र […]

पूर्व तयारीमा अलमल, घरमै अक्सिजन पुर्‍याउँछन् मेयर

२२ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा मंगलबारसम्म एक हजार ५३ सक्रिय सङ्क्रमित रहेको तथ्याङ्क छ । दैनिक २०० को हाराहारीमा संक्रमित थपिइरहेका छन् । तर ती संक्रमित कहाँ र कुन अवस्थामा छन् भन्ने लेखाजोखा स्थानीय सरकारलाई छैन । महामारी उच्च विन्दुमा पुगेपछि पूर्व तयारीमा जुटेको महानगर अल्मलिएको छ । मेयर भीम पराजुली भने होम आइसोलेसनमा […]



from समाचार – Online Khabar https://ift.tt/3vMTXCl
via IFTTT
Powered by Blogger.