समाचार
२४ वैशाख, काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पर्वत, तनहुँ र कास्कीमा गरी चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतका दुई, तनहुँ र कास्कीका एक/एक जना गरी कुल चार जनाको मृत्यु भएको हो । उनका अनुसार पर्वतको जलजला गाउँपालिका–३ का […]
२४ वैशाख, काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको जानकारी दिए । ‘डाक्टर […]
२४ वैशाख, धनगढी । सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेको जानकारी दिए । पदभार ग्रहण गर्दै उनले […]
२४ वैशाख, काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री, उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि गत बुधबार प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो […]
२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेता गोकर्ण विष्टसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास पुगेका थिए । ‘उहाँहरु बीच लामै समय कुराकानी भएको छ’, बालुवाटार स्रोतले भन्यो । अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी […]
२४ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकाबाट गृह जिल्ला जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा मिथिलाका ४३ वर्षीयय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारीलाई कोटेश्वर र दोलखा सिंगटी घर भइ भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई गौशालाबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक […]
२४ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन पहल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै कारण एमाले यो अवस्थामा आइपुगेको बताएका हुन् । बिहीबार दिउँसो ओलीसँग भेटवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् । […]
२४ वैशाख, काठमाडौं । राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्ष नियुक्त गरेको हो । दंगाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही महिनाअघि अखिल नेपाल किसान महासंघको अध्यक्षको बनाएका थिए । दंगालले किसान आयोगमा आफ्नो नियुक्ति भएको जानकारी पाएको अनलाइनखबरलाई बताए । मन्त्रिपरिषद बैठकले आयोगको […]
२४ वैशाख, बुटवल । दाङको गढवा गाउँपालिकाका एक वडा अध्यक्षले कोरोना संक्रमितलाई अस्पताल पुर्याउने प्रयोजनका लागि आफ्नो निजी गाडी उपलब्ध गराएका छन् । गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमानले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् । कोरोना संक्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर संक्रमितलाई अस्पताल पुर्याउन गाडी […]
२४ वैशाख, काठमाडौँ । ललितपुरको अल्का अस्पतालले अक्सिजन आपूर्ति सहज बनाइदिन सरकारसँग माग गरेका छन् । कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको अभाव हुन थालेपछि अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरेर अक्सिजन आपूर्ति सहज बनाइदिन माग गरेको हो । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिडका विरामीहरुको उपचारमा समस्या देखिन सुरू भएको छ । अस्पतालमा विरामीहरुको चाप […]
२४ वैशाख, काठमाडौं । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत […]
२४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याका कोभिड–१९ अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिकाले तत्काका लागि अक्सिजनसहितको आइसोलेसन अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । कटकुवा स्वास्थ्यचौकीको नयाँ भवनलाई अक्सिजनसहितको कोभिड-१९ अस्पताल बनाएर सञ्चालनमा ल्याइएको नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिए । ‘आजदेखि २५ शय्याको अक्सिजनसहितको कोभिड अस्ताल सञ्चालनमा ल्याएका […]
२४ वैशाख, वीरगञ्ज। पर्साको छिपहरमाई गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । २४ अै घण्टा एमबीबीएस डाक्टरसहितको सेवा दिने गरि आइसोलेसन सेन्टर तयार पारेको हो । सेन्टरमा २ जना स्टाफ नर्स, २ जना स्वीपर, कार्यालय सहयोगी र गार्ड १÷१ जना खटाइएको छ । फिभर क्लिनिक सहित छिपहरमाई-२ सेढवामा १५ बेडको आइसोलेसन सञ्चालन गरिएको […]
२४ वैशाख, बुटवल । अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एकजना वडा सदस्यले एम्बुलेन्समै ज्यान गुमाएका छन् । बुटवल उपमहानगरपालिका-७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो । नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो । थापालाई […]
२४ वैशाख, हेटौंडा । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मेदवारी परेको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् […]
२४ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको सम्मुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक, सभा तथा उद्घाटन र शिलान्यास समारोहमा अधिकतम समय खर्चिए । फागुनयता मात्रै उनले रु.४ खर्ब बराबरका विकासे आयोजनाको शिलान्यास गरे । त्यो अवसरमा नेपालमा विकासको लहर आएको भाषण गरे । तर, महामारी दैलोमा आइपुग्दा शिलान्यास भएका धेरैजसो आयोजना पूर्वतयारी नपुगेकाले […]
२४ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले नगरवासीलाई निःशुल्क औषधि उपचार सेवा दिने भएको छ । नगर कार्यपालिकाको बैठकले कोभिड–१९ को दोस्रो भेरियन्ट रोकथाम, न्यूनीकरण र नियन्त्रणको लागि आवश्यक प्रयास गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले एम्बुलेन्स सेवा लिँदा पनि पैसा तिर्न नपर्ने निर्णय गरेको छ । नगरवासी संक्रमित भए आवश्यकता अनुसार निःशुल्क औषधि […]
२४, वैशाख, काठमाडौं । सुनको मूल्य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९१ हजार सात सय रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण नेपाली बजार पनि प्रभावित हुनु मूल्य बढ्नुको एक मात्र कारण रहेको नेपाल सुन चाँदी […]
२४ वैशाख, हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ । सुरुमा उम्मेदवार बन्न बादलले अस्वीकार […]
२४ वैशाख, हेटौंडा । माओवादी-कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न माग गरेका छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि हेटौंडा आइपुगेका उनले आफू स्वतन्त्र उम्मेदवार भएको दाबी गर्दै निर्वाचन आयोगसँग कलम चुनाव चिह्न माग गरकेा हुन् । उनी अहिले माओवादी संसदीय दलका नेता शालिकराम जमकटेल र […]
२४ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता र लकचता दुवै अपनाउने बताएका छन् । सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन् । ‘…वार्ता र लकचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता नेपालले लेखेका छन् । २ जेठ २०७५ को पार्टी कमिटी, विधान र नेतृत्वको […]
from समाचार – Online Khabar https://ift.tt/3baEnIF
via IFTTT






















