समाचार
२४ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन पहल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै कारण एमाले यो अवस्थामा आइपुगेको बताएका हुन् । बिहीबार दिउँसो ओलीसँग भेटवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् । […]
२४ वैशाख, काठमाडौं । राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्ष नियुक्त गरेको हो । दंगाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही महिनाअघि अखिल नेपाल किसान महासंघको अध्यक्षको बनाएका थिए । दंगालले किसान आयोगमा आफ्नो नियुक्ति भएको जानकारी पाएको अनलाइनखबरलाई बताए । मन्त्रिपरिषद बैठकले आयोगको […]
२४ वैशाख, बुटवल । दाङको गढवा गाउँपालिकाका एक वडा अध्यक्षले कोरोना संक्रमितलाई अस्पताल पुर्याउने प्रयोजनका लागि आफ्नो निजी गाडी उपलब्ध गराएका छन् । गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमानले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् । कोरोना संक्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर संक्रमितलाई अस्पताल पुर्याउन गाडी […]
२४ वैशाख, काठमाडौँ । ललितपुरको अल्का अस्पतालले अक्सिजन आपूर्ति सहज बनाइदिन सरकारसँग माग गरेका छन् । कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको अभाव हुन थालेपछि अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरेर अक्सिजन आपूर्ति सहज बनाइदिन माग गरेको हो । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिडका विरामीहरुको उपचारमा समस्या देखिन सुरू भएको छ । अस्पतालमा विरामीहरुको चाप […]
२४ वैशाख, काठमाडौं । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत […]
२४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याका कोभिड–१९ अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिकाले तत्काका लागि अक्सिजनसहितको आइसोलेसन अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । कटकुवा स्वास्थ्यचौकीको नयाँ भवनलाई अक्सिजनसहितको कोभिड-१९ अस्पताल बनाएर सञ्चालनमा ल्याइएको नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिए । ‘आजदेखि २५ शय्याको अक्सिजनसहितको कोभिड अस्ताल सञ्चालनमा ल्याएका […]
२४ वैशाख, वीरगञ्ज। पर्साको छिपहरमाई गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । २४ अै घण्टा एमबीबीएस डाक्टरसहितको सेवा दिने गरि आइसोलेसन सेन्टर तयार पारेको हो । सेन्टरमा २ जना स्टाफ नर्स, २ जना स्वीपर, कार्यालय सहयोगी र गार्ड १÷१ जना खटाइएको छ । फिभर क्लिनिक सहित छिपहरमाई-२ सेढवामा १५ बेडको आइसोलेसन सञ्चालन गरिएको […]
२४ वैशाख, बुटवल । अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एकजना वडा सदस्यले एम्बुलेन्समै ज्यान गुमाएका छन् । बुटवल उपमहानगरपालिका-७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो । नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो । थापालाई […]
२४ वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको सम्मुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक, सभा तथा उद्घाटन र शिलान्यास समारोहमा अधिकतम समय खर्चिए । फागुनयता मात्रै उनले रु.४ खर्ब बराबरका विकासे आयोजनाको शिलान्यास गरे । त्यो अवसरमा नेपालमा विकासको लहर आएको भाषण गरे । तर, महामारी दैलोमा आइपुग्दा शिलान्यास भएका धेरैजसो आयोजना पूर्वतयारी नपुगेकाले […]
२४ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले नगरवासीलाई निःशुल्क औषधि उपचार सेवा दिने भएको छ । नगर कार्यपालिकाको बैठकले कोभिड–१९ को दोस्रो भेरियन्ट रोकथाम, न्यूनीकरण र नियन्त्रणको लागि आवश्यक प्रयास गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले एम्बुलेन्स सेवा लिँदा पनि पैसा तिर्न नपर्ने निर्णय गरेको छ । नगरवासी संक्रमित भए आवश्यकता अनुसार निःशुल्क औषधि […]
२४, वैशाख, काठमाडौं । सुनको मूल्य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९१ हजार सात सय रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण नेपाली बजार पनि प्रभावित हुनु मूल्य बढ्नुको एक मात्र कारण रहेको नेपाल सुन चाँदी […]
२४ वैशाख, हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ । सुरुमा उम्मेदवार बन्न बादलले अस्वीकार […]
२४ वैशाख, हेटौंडा । माओवादी-कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न माग गरेका छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि हेटौंडा आइपुगेका उनले आफू स्वतन्त्र उम्मेदवार भएको दाबी गर्दै निर्वाचन आयोगसँग कलम चुनाव चिह्न माग गरकेा हुन् । उनी अहिले माओवादी संसदीय दलका नेता शालिकराम जमकटेल र […]
२४ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता र लकचता दुवै अपनाउने बताएका छन् । सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन् । ‘…वार्ता र लकचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता नेपालले लेखेका छन् । २ जेठ २०७५ को पार्टी कमिटी, विधान र नेतृत्वको […]
२४ वैशाख, बुटवल। रुपन्देहीका थप तीनजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा दुईजना र कोरोना विशेष अस्पतालको आईसीयूमा एकजनाको मृत्यु भएको हो । बैशाख २० गतेदेखि कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचाररत बुटवल तामनगरका ६५ वर्षीय पुरुषको बिहीबार राती १ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले […]
२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिइरहेको बेला राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेताहरुमात्रै होइन, राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सक्रियता बढेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियतालाई एमालेको माधव–झलनाथ समूहलाई समेटेर एमालेलाई एकढिक्का बनाउने प्रयासको रुपमा हेरिएको छ । यो सक्रियताले के […]
२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा शीर्ष नेताहरुको बैठक बोलाएका छन् । राष्ट्रियसभाको उम्मेद्वारबारे छलफल गर्न बोलाइएको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । ‘राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेद्वार तय गर्न र अरु राजनीतिक विषयमा छलफल गर्न बैठक बसिरहेको छ’, केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने । गृहमन्त्री रामबहादुर थापा बादल […]
२४ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ । नेताहरुका अनुसार आज पनि सम्वादहरु हुनेछन् । तर अहिलेसम्म सम्वादले कुनै ठोस आकार लिएको छैन । पार्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी […]
२४ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत सरकारले निर्माणस्थल ‘क्लियर’ नहुँदासम्म आयोजनाहरू ठेक्का नलगाउने नीतिगत घोषणा गर्यो । तर, पूर्वतयारी नभएका आयोजनाहरूमा भद्रगोल हुन नदिन गरिएको यो घोषणा कागजमै सीमित रह्यो । पूर्वतयारी नसकी ठेक्का लगाउने काम चलिरहेको छ भने ठेक्का नै नलाग्दै शिलान्यासको हतारो पनि उस्तै छ । सरकारले सार्वजनिक खरीद नियमावलीमा […]
२४ वैशाख, गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो । शुक्रवार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद […]
पछिल्ला दिनमा बढेको उद्घाटन र शिलान्यासको हतारो समाचारमा छाइरहने चाहनाबाट बढी उत्प्रेरित छ । जनातामाझ उत्पात विकास भएको भनेर दाबी गरिएको छ, तर काम त्यसरी भएकै छैन । त्यही भएर पनि तयारी नसकिएको वा काम नभएकै किन नहोस् उद्घाटन र शिलान्यास गरेर ‘न्युज साइकल’मा रहिरहने प्रयास हुँदैछ । आयोजनाहरूको काम समयमा सकिएको छैन । गुणस्तरमा […]
from समाचार – Online Khabar https://ift.tt/3tmDP8N
via IFTTT






















