समाचार
२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी मन्त्री नियुक्त भएका हुन् । पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको सपथ ग्रहण गरेकी हुन् । मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर […]
२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेका छन् । विशेषज्ञहरुले भने सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । उनीहरुले बैठक सञ्चालन गर्नुअघि सबै सांसदको कोरोना संक्रमण परीक्षण […]
२० वैशाख, काठमाडौं । सुर्खेत र दैलेखमा गरी सोमबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रवीन खड्काका अनुसार सुर्खेतका ४ जना र दैलेखका एकजना गरी ५ जना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार प्रदेश अस्पताल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका–१ का ५२ […]
१९ वैशाख, काठमाडौं । राजधानी काठमाडौंलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमणले अतिप्रभावित केही जिल्लामा अहिले निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को बढ्दो संक्रमणका कारण अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि यसको असर देखिन थालेको छ । निषेधाज्ञा लागू भएपछि नेपाल क्रिकेट संघ (क्यान) र नेपाल भलिबल संघ (एनभीए)ले सूचना जारी गर्दै तत्कालका लागि सबैखाले गतिविधि […]
२० वैशाख, जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । या अवधिमा सबैभन्दा बढी पर्सा जिल्लामा संक्रमित देखिएका छन् । पर्समा ९१ जना संक्रमित थपिँदा अस्थायी राजधानी भएको जिल्ला धनुषामा ७३ जना, सप्तरीमा ३९, महोत्तरीमा २२, सिरहामा २०, रौतहटमा १७, बारामा ९ र सर्लाहीका ६ […]
२० वैशाख, काठमाडौं । कोरोना महामारी तीव्र गतिमा विस्तार भए पनि नेपालमा सञ्चालित खोप कार्यक्रम रोकिँदा महामारीविरुद्धको लडाईं कठीन हुने देखिएको छ । नेपालमा दैनिक संक्रमित अहिलेसम्मकै उच्च अर्थात ७ हजार भन्दा माथि देखिए पनि खोप कार्यक्रम अहिले बन्द छ । नेपालमा भारतीय कम्पनी सेरम इन्ष्टिच्युटको कोभिशिल्ड र चीनमा विकास भएको भेरोसेल खोप लगाइएको छ […]
१९ वैशाख, काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डिसिभिर लगायतका औषधि बिक्री वितरण गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन सरोकार पक्ष सबैमा आग्रह गरेको छ । विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमआरपी भन्दा बढीमा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ । […]
२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोभिड अस्पताल’ सञ्चालनको गृहकार्य थालेको छ । महामारी सुरु भएको एक वर्षपछि महामनगरको कार्यपालिका बैठकमा पहिलो पटक कोभिड अस्पताल सञ्चालनबारे छलफल भएको हो । महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औं कार्यपालिका बैठकमा ‘कोभिड-१९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै सुविधा सम्पन्न […]
१९ वैशाख, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले ५ बेडको अक्सिजनसहितको आइसोलेसन स्थापना गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर राखेर आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । आवश्यक परेमा १० बेडको आइसोलेसन बनाउने तयारी भइरहेको उनले बताए । गाउँपालिकले अस्थायी […]
२० वैशाख, सप्तरी । सप्तरीमा जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १७२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १३ वटा चारचक्के र १५९ वटा मोटरसाइकललाई सप्तरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो । जिल्लामा कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकाले नियन्त्रण […]
२० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, बझाङ र दार्चुलाका गरी कुल १४ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । निर्देशनालयकाअनुसार धनगढीको कोभिड अस्थायी अस्पताल र प्राइभेट अस्पतालमा उपचाररत ६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ५ जना, बझाङका २ […]
२० वैशाख, चितवन । त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको चार दिनपछि शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशूलीमा पौडी खेल्ने क्रममा यही वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव सोमबार फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा […]
२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा […]
२० वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि समन्वय गर्ने उद्देश्यले जिल्लागत रुपमा मन्त्रीहरुलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीसँग जुध्न प्रदेश सरकारका मन्त्रीलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल पर्सन तोकेको हो । जसअनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई सप्तरी, आर्थिक मामिला तथा योजना मन्त्री […]
२० वैशाख, काठमाडौं । गत वर्ष बाढी र पहिरोबाट क्षति पुगेका घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि सरकारले अनुदान रकम दिन शुरु गरेको छ । सोमबार पहिलो चरणमा म्याग्दीमा २४७ वटा निजी घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि एक करोड ८ लाख ९७ हजार ५ सय रुपैयाँ पठाइएको छ । राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका प्रमुख […]
२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेय राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । सोमबार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘मलाई गठबन्धनले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेर पत्रकार सम्मेलनमा जानकारी गराइसक्यो’ पाण्डेयले […]
२० वैशाख, गुल्मी । गुल्मी क्षेत्र नम्बर–१ मा जोखिम बस्तीमा पहिरो रोकथामका लागि ३ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि ३ करोड २० लाख रुपैयाँ विनियोजन भएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयबाट पहिरोका कारण बस्ती जोखिममा […]
२० वैशाख, वीरगञ्ज । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो लहरले पर्सा जिल्ला पनि आक्रान्त बनेको छ । भारतमा संक्रमण बढ्दा १०७ किलोमिटर खुला सीमा रहेको पर्सामा पनि तीव्र रुपमा संक्रमण बढिरहेको छ । २०७७ चैतको अन्तिम साताबाट बढ्न थालेको कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको छ । आइतबार वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा १९२ जनाको पीसीआर परीक्षण […]
२० वैशाख, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त भएका छन् । सुदूरपश्चिमका प्रदेश प्रमुख पूर्वउपसभामुखसमेत हुन् । गण्डकी प्रदेश प्रमुख पौडेल भने लामो समयदेखि कम्युनिष्ट पार्टीमा आवद्ध छिन् । नेकपा एमालेको केन्द्रीय सदस्य उनी […]
२० वैशाख, धनगढी । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि ह्युमानिटी फाउण्डेसनले यहाँका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्न थालेको छ । फाउण्डेसनले सोमबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई नेपालगञ्जबाट खरिद गरेर ल्याइएका ९८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य समेत रहेका महासचिव दीर्घराज उपाध्यायले फाउण्डेसनमा आवद्ध सदस्यहरुको व्यक्तिगत […]
२० वैशाख, धनगढी । कञ्चनपुरमा सोमबार एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत थप तीन जना संक्रमितको मृत्यु भएको जानकारी दिइन् । उनकाअनुसार भीमदत्त नगरपालिका ६ का २४ वर्षीय पुरुष, भीमदत्त १८ की ६५ वर्षीया महिला र दोधारचाँदनी नगरपालिका-१० का ३४ वर्षीय पुरुषको […]
from समाचार – Online Khabar https://ift.tt/3ecl6IM
via IFTTT




















