Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सहमति नगरी न्यूनतम पारिश्रमिक बढाएको भन्दै निजी क्षेत्र असन्तुष्ट

२० वैशाख, काठमाडौं । सरकारले साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । यसअघि १३ हजार ४५० रहेको न्यूनतम् तलवमान १५ हजार पुगेको छ । तर, सरकारी निर्णयमा निजी क्षेत्रले भने असन्तुष्टि पोखेका छन् । महामारीको समयमा औद्योगिक तथा व्यवसायिक क्षेत्र थला परेको भन्दै उद्योगी व्यवसायीले सरकारको निर्णयलाई ‘बेठीक’ भनेका छन् […]

सबैका लागि पाठ : भेरी अस्पताल

एक वर्ष अगाडि अहिले जस्तै महामारी आएको भए बाँकेको भेरी अस्पतालको अवस्था के हुन्थ्यो होला ? ‘दुःखको साथ भन्नुपर्छ, यहाँको दृश्य अहिलेको भन्दा भयावह र कल्पना बाहिरको हुन्थ्यो’ भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राज पाण्डे भन्छन्, ‘अहिले गर्वका साथ भन्न सक्छौं– यो अवस्था काठमाडौंमा आयो भने हाम्रो जति संक्रमित धान्न सक्दैन ।’ बाँकेको संक्रमण विस्तारलाई […]

प्रदेश अस्पतालबाट कर्णालीमा देखिएको कोरोना संकट

२० वैशाख, सुर्खेत । आइतबार दिउँसो तीन बजेको थियो । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक जोडीको विरक्त चिच्याहट पर–परसम्म सुनिइरहेको थियो । पुरुषको विरक्त आवाज सुनिन्थ्यो– ‘लौन हजुर, बुढेसकालको सहारा रहेन, लास कोलियामा छ, ठाउँ ठेगान लाइदिनुपर्‍यो ।’ उनकै छेउमा रहेकी महिलाको विलौना थियो– ‘हे भगवान ! तैंले आज के दिन देखाइस्…, […]

थप ७ हजार ४४८ जनामा संक्रमण, ३७ जनाको मृत्यु

२० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट […]

१००० शय्याको अस्थायी अस्पताल, फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता

२० वैशाख, काठमाडौं । सरकारले प्रदेश र राजधानीमा एक हजार शय्याको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ । सोमबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताए । दोस्रो लहर नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको भन्दै उनले हवाई उडान रोक्ने, निषेधाज्ञालाई कडाइ गर्नेलगायत निर्णयहरु सुनाए । […]

बल्लतल्ल आधा सिलिन्डरको जोहो, अक्सिजन पाउनै मुस्किल

२० वैशाख, धनगढी । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पतीले अक्सिजन नपाउँदा उपचारमा समस्या भोग्नुपर्‍यो । उनले धनगढीकै सारथी अस्पतालबाट १० हजार रुपैयाँ धरौटी राखेर एक सिलिन्डर अक्सिजनको जोहो गरेको सुनाए । सेती अस्पतालमा अक्सिजनको चरम अभाव सिर्जना भइसकेकाले जोहो गर्न सम्बन्धित […]

संसद बैठक सञ्चालनका विषयमा सभामुखद्वारा विज्ञसँग छलफल

२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेका छन् । विशेषज्ञहरुले भने सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । उनीहरुले बैठक सञ्चालन गर्नुअघि सबै सांसदको कोरोना संक्रमण परीक्षण […]

महामारीसँग जुध्न छैन कोरोना खोपको टुंगो

२० वैशाख, काठमाडौं । कोरोना महामारी तीव्र गतिमा विस्तार भए पनि नेपालमा सञ्चालित खोप कार्यक्रम रोकिँदा महामारीविरुद्धको लडाईं कठीन हुने देखिएको छ । नेपालमा दैनिक संक्रमित अहिलेसम्मकै उच्च अर्थात ७ हजार भन्दा माथि देखिए पनि खोप कार्यक्रम अहिले बन्द छ । नेपालमा भारतीय कम्पनी सेरम इन्ष्टिच्युटको कोभिशिल्ड र चीनमा विकास भएको भेरोसेल खोप लगाइएको छ […]

स्थलगत रिपोर्ट : वीरको पनि उही बिजोग

२० वैशाख, काठमाडौं । मूलपानीका भरत थापाका भाइ निकेशलाई कोरोना संक्रमणको शंकामा सात दिनअघि वीर अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वास समस्या बढेपछि बुहारी र भाइका सासुलाई पनि आइतबार दिउँसो वीर ल्याइपुर्‍याए । तर, उनीहरुले बेड पाउन सकेनन् । बुहारीलाई सास फेर्न झन्झन् गाह्रो हुँदै गयो । आत्तिएका थापाले सबैतिर हारगुहार गरे । तीन घण्टाको […]

सुर्खेत र दैलेखमा ५ जना कोरोना संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौं । सुर्खेत र दैलेखमा गरी सोमबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रवीन खड्काका अनुसार सुर्खेतका ४ जना र दैलेखका एकजना गरी ५ जना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार प्रदेश अस्पताल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका–१ का ५२ […]

कोशी अस्पतालमा बढ्न थाल्यो लाइन, डाक्टर भन्छन्-‘धान्ने अवस्था देखिंदैन’

२० वैशाख, विराटनगर । कोरोना महामारीको पहिलो फेजमा गत वर्ष ‘भुल्के मोडल’ सिकाएको प्रदेश १ ले दोस्रो लहरको शुरुवाती अवस्थामा चासो दिएन । प्रदेश र स्थानीय सरकारले चासो नदिंदा संक्रमणको अवस्था भयावह बन्दैछ । संक्रमणदर बढेको विराटनगरमा आइतबार मात्रै दुई सय जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । संक्रमणदर उच्च भएकाले गत वर्ष निर्माण गरिएको कोशी […]

प्रदेश २ मा थपिए २७९ जना कोरोना संक्रमित

२० वैशाख, जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । या अवधिमा सबैभन्दा बढी पर्सा जिल्लामा संक्रमित देखिएका छन् । पर्समा ९१ जना संक्रमित थपिँदा अस्थायी राजधानी भएको जिल्ला धनुषामा ७३ जना, सप्तरीमा ३९, महोत्तरीमा २२, सिरहामा २०, रौतहटमा १७, बारामा ९ र सर्लाहीका ६ […]

एमआरपीभन्दा बढी मूल्यमा रेम्डिसिभिर बिक्री गरे औषधि विभागले कारबाही गर्ने

१९ वैशाख, काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डिसिभिर लगायतका औषधि बिक्री वितरण गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन सरोकार पक्ष सबैमा आग्रह गरेको छ । विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमआरपी भन्दा बढीमा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ । […]

कोभिड अस्पताल सञ्चालन गर्न काठमाडौं महानगरले बनायो अध्ययन समिति

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोभिड अस्पताल’ सञ्चालनको गृहकार्य थालेको छ । महामारी सुरु भएको एक वर्षपछि महामनगरको कार्यपालिका बैठकमा पहिलो पटक कोभिड अस्पताल सञ्चालनबारे छलफल भएको हो । महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औं कार्यपालिका बैठकमा ‘कोभिड-१९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै सुविधा सम्पन्न […]

काठमाडौंका सीडीओ भन्छन् : पोहोरजस्तै पूरै ठप्प पार्ने स्थिति आउन सक्छ

२० वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै एकसाता निषेधको आदेश जारी गरेका छन् । तर उपत्यकामा कोरोना भाइरस संक्रमणको दर दैनिक बढिरहेको छ । विज्ञहरुका अनुसार निषेधाज्ञाले काम गर्‍यो वा गरेन भन्ने पुष्टि हुन कम्तीमा एक साता कुर्नुपर्छ । यद्यपि निषेधाज्ञाको समयमा पनि देखिएको भिडले महामारी […]

गुल्मीदरबार गाउँपालिकामा अक्सिजनसहित ५ बेडको आइसोलेसन

१९ वैशाख, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले ५ बेडको अक्सिजनसहितको आइसोलेसन स्थापना गरेको छ  । कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर राखेर आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । आवश्यक परेमा १० बेडको आइसोलेसन बनाउने तयारी भइरहेको उनले बताए । गाउँपालिकले अस्थायी […]

सप्तरीमा जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १७२ सवारी नियन्त्रणमा

२० वैशाख, सप्तरी । सप्तरीमा जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १७२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १३ वटा चारचक्के र १५९ वटा मोटरसाइकललाई सप्तरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो । जिल्लामा कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकाले नियन्त्रण […]

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु

२० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, बझाङ र दार्चुलाका गरी कुल १४ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । निर्देशनालयकाअनुसार धनगढीको कोभिड अस्थायी अस्पताल र प्राइभेट अस्पतालमा उपचाररत ६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ५ जना, बझाङका २ […]

त्रिशूलीमा बेपत्ता भएका किशोरको चार दिनपछि शव फेला

२० वैशाख, चितवन । त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको चार दिनपछि शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशूलीमा पौडी खेल्ने क्रममा यही वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव सोमबार फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा […]

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।  उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा […]

कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ का मन्त्रीलाई जिल्लागत जिम्मेवारी

२० वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि समन्वय गर्ने उद्देश्यले जिल्लागत रुपमा मन्त्रीहरुलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीसँग जुध्न प्रदेश सरकारका मन्त्रीलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल पर्सन तोकेको हो । जसअनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई सप्तरी, आर्थिक मामिला तथा योजना मन्त्री […]



from समाचार – Online Khabar https://ift.tt/3tliTzi
via IFTTT
Powered by Blogger.