समाचार
२४ वैशाख, हुम्ला । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । न्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो संक्रमणको अवस्था हेर्दा […]
२४ वैशाख, काठमाडौं । बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा कोरोना संक्रमित बिरामीको डायलाइसिस गरिएको छ । कोहलपुर–११ बाँकेका ६१ वर्षीय पुरुषको सफल डायलासिस गरिएको हो । डा. देवेन्द्र आचार्य, स्टाफ नर्सहरु मनिषा गौतम र अनिता चौधरीको टोलीले डायलाइसिस गरेको नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक तथा कोभिड फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए । विरामीको स्वास्थ्य सुधारोन्मुख […]
२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो । उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । यद्यपि सत्तारुढ नेकपा एमालेले उम्मेदवार अझै टुंगो लगाउन […]
२४ वैशाख, काठमाडौं । उपचारबाहेकका प्रायोजनामा घर र विभिन्न उद्योगहरुमा राखिएका ६ हजार ४८४ थान अक्सिजन सिलिण्डर सरकारले जफत गरेको छ । केही उद्योगी, व्यवसायीले उद्योग मन्त्रालयलाई आफैं फिर्तासमेत गरेका छन् भने अटेरी गरी लुकाएर राख्नेबाट नेपाल प्रहरीले सिलिण्डर बरामद समेत गरेको हो । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै अक्सिजन सिलिण्डरको अभाव भएकाले उपचारबाहेकका […]
२४ वैशाख, काठमाडौं । कोरोना संक्रमणको महामारीबीच नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । विहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप दुई देशबीच सातामा […]
२४ वैशाख, काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ । काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै […]
२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको छ । एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने […]
२४ वैशाख, काठमाडौं । भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो । एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए । स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । […]
२४ वैशाख, बुटवल । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका बुटवल–११ की ४६ वर्षीया महिला र सैनामैना ९ की ७२ वर्षिया महिलाको मृत्यु भएको हो । बुधबार कोरोना संक्रमण पुष्टि भएपछि सोहीदिन अस्पताल भर्ना भएका उनीहरुमध्ये बुटवलकी महिलाको बिहीबार बिहान १२.१७ बजे मृत्यु रसैनामैनाकी महिलाको बिहान […]
२४ वैशाख, काठमाडौं । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् । बहालवाला सभामुखसमेत रहेका उनको एक अस्पतालमा उपचार भइरहेको छ । मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ । राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको […]
२४ वैशाख, काठमाडौं । निजी अस्पतालले कोभिड बिरामीको लागि तोकेको शुल्कबारे अनावश्यक हल्ला भएको निष्कर्षमा सरकारी निकाय पुगेको छ । वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीसहितको अनुगमनले यस्तो निष्कर्ष निकालेको हो । काठमाडौं उपत्यकाका विभिन्न सात अस्पतालको स्थलगत अनुगमनपछि उक्त निष्कर्षमा पुगिएको औषधि व्यवस्था विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले अनलाइनखबरलाई […]
२३ वैशाख, काठमाडौं । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीलाई अक्सिजन पुर्याउनै हम्मेहम्मे हुन थालेको छ । अस्पतालमा भर्ना भएका शतप्रतिशत संक्रमितलाई अक्सिजन सपोर्टमा उपचार गराउनुपर्ने बाध्यता रहेकोले अक्सिजन पुर्याउन हम्मेहम्मे परेको अस्पतालका कोभिड फोकल पर्सन डा. नन्दु पाठक बताउँछन् । ‘रोटेसनमा दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति हुन्छ । तर दैनिक अक्सिजनको माग ४०० देखि […]
२३ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो आगामी सोमबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते नै संसदमा विश्वासको मत लिँदैछन् । ओलीकै निकट मुख्यमन्त्री गुरुङ नेतृत्वको प्रदेश सरकारको पनि त्यसै दिन छिनोफानो हुनेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) […]
२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ […]
२३, वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर गएको छ । राजधानी धनगढीका साथै कञ्चनपुरको महेन्द्रनगरसहितका ठूला शहर र घना बस्तीहरुमा कोरोना संक्रमण तीव्र फैलिएको छ । धनगढीको सेती प्रादेशिक अस्पताल संक्रमितले भरिएका छन् । सेती अस्पतालमा गतवर्ष स्थापना गरिएको कोभिड अस्थायी अस्पताल भरिएपछि संक्रमितहरुलाई इमर्जेन्सी वार्डमै राखेर उपचार गर्न […]
२३ वैशाख, काठमाडौं । नेकपा एमालेको दोस्रो तहका नेताको सम्वादले तीव्रता पाएको छ । बिहीबार मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरुसँग भेटवार्ता गरेका हुन् । अर्थमन्त्री समेत रहेका पौडेलले सुरुमा योगेश भट्टराईलाई भेटेका थिए । लगतै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरे । […]
२३ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका पूर्व प्रधानमन्त्री नेपाल बुढानीलकण्ठबाट सिधै शीतल निवास पुगेका थिए ।
२३ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव टार्न लिक्विड अक्सिजन प्लान्ट जडान प्रक्रिया अगाडि बढाएको छ । तर भारतमा लकडाउनका कारण आवश्यक सामग्री आपूर्ति हुन नसक्दा प्लान्ट जडान कार्य प्रभावित बनेको अस्पतालले जनाएको छ । अक्सिजन ट्यांक जडानको सबै तयारी पूरा भइसके पनि बुलेट मार्फत ढुवानी हुने क्रायोजेनिक अक्सिजनको आयात […]
२३ वैशाख, काठमाडौं । नयाँ वर्षको आगमनसँगै फैलिएको दोस्रो लहरको कोरोना महामारीबाट संक्रमित हुने संख्या र मृत्युदरको ग्राफ उकालो चढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २७ चैतमा १४ जिल्ला अतिप्रभावित भएको प्रतिवेदन सार्वजनिक गरेकोमा एक महिना नबित्दै ५२ जिल्ला महामारीबाट आक्रान्त बनिसकेका छन् । देशव्यापी लकडाउन नगरिए पनि स्थानीय प्रशासनले निषेधाज्ञा थप कडा […]
२३ वैशाख, काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिहीबार विहान बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा कारबाही फिर्ता लिनेबारे छलफल भएको हो । ‘थप छलफल गरेर मात्रै निर्णय लिने भन्ने भएको […]
२३ वैशाख, काठमाडौं । प्रदेशबाट शुरु भएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको जनता समाजवादी पार्टी (जसपा) को एउटा धार (उपेन्द्र यादव र बाबुराम भट्टराई) पक्षको गठबन्धन राष्ट्रियसभा उपनिर्वाचनमा आइपुग्दा नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि थपिएको छ । चार पक्षले वागमती प्रदेशतर्फ खुला सदस्यमा डा. खिमलाल देवकोटालाई अघि सारेका छन् । गृहमन्त्री रामबहादुर […]
from समाचार – Online Khabar https://ift.tt/33k9Sf4
via IFTTT






















