समाचार
२४ वैशाख, काठमाडौं । कोरोना संक्रमणको महामारीबीच नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । विहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप दुई देशबीच सातामा […]
२४ वैशाख, काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ । काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै […]
२४ वैशाख, काठमाडौं । भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो । एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए । स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । […]
२४ वैशाख, बुटवल । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका बुटवल–११ की ४६ वर्षीया महिला र सैनामैना ९ की ७२ वर्षिया महिलाको मृत्यु भएको हो । बुधबार कोरोना संक्रमण पुष्टि भएपछि सोहीदिन अस्पताल भर्ना भएका उनीहरुमध्ये बुटवलकी महिलाको बिहीबार बिहान १२.१७ बजे मृत्यु रसैनामैनाकी महिलाको बिहान […]
२४ वैशाख, काठमाडौं । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् । बहालवाला सभामुखसमेत रहेका उनको एक अस्पतालमा उपचार भइरहेको छ । मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ । राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको […]
२४ वैशाख, काठमाडौं । निजी अस्पतालले कोभिड बिरामीको लागि तोकेको शुल्कबारे अनावश्यक हल्ला भएको निष्कर्षमा सरकारी निकाय पुगेको छ । वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीसहितको अनुगमनले यस्तो निष्कर्ष निकालेको हो । काठमाडौं उपत्यकाका विभिन्न सात अस्पतालको स्थलगत अनुगमनपछि उक्त निष्कर्षमा पुगिएको औषधि व्यवस्था विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले अनलाइनखबरलाई […]
२३ वैशाख, काठमाडौं । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीलाई अक्सिजन पुर्याउनै हम्मेहम्मे हुन थालेको छ । अस्पतालमा भर्ना भएका शतप्रतिशत संक्रमितलाई अक्सिजन सपोर्टमा उपचार गराउनुपर्ने बाध्यता रहेकोले अक्सिजन पुर्याउन हम्मेहम्मे परेको अस्पतालका कोभिड फोकल पर्सन डा. नन्दु पाठक बताउँछन् । ‘रोटेसनमा दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति हुन्छ । तर दैनिक अक्सिजनको माग ४०० देखि […]
२३ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो आगामी सोमबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते नै संसदमा विश्वासको मत लिँदैछन् । ओलीकै निकट मुख्यमन्त्री गुरुङ नेतृत्वको प्रदेश सरकारको पनि त्यसै दिन छिनोफानो हुनेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) […]
२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ […]
२३, वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर गएको छ । राजधानी धनगढीका साथै कञ्चनपुरको महेन्द्रनगरसहितका ठूला शहर र घना बस्तीहरुमा कोरोना संक्रमण तीव्र फैलिएको छ । धनगढीको सेती प्रादेशिक अस्पताल संक्रमितले भरिएका छन् । सेती अस्पतालमा गतवर्ष स्थापना गरिएको कोभिड अस्थायी अस्पताल भरिएपछि संक्रमितहरुलाई इमर्जेन्सी वार्डमै राखेर उपचार गर्न […]
२३ वैशाख, काठमाडौं । नेकपा एमालेको दोस्रो तहका नेताको सम्वादले तीव्रता पाएको छ । बिहीबार मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरुसँग भेटवार्ता गरेका हुन् । अर्थमन्त्री समेत रहेका पौडेलले सुरुमा योगेश भट्टराईलाई भेटेका थिए । लगतै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरे । […]
२३ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका पूर्व प्रधानमन्त्री नेपाल बुढानीलकण्ठबाट सिधै शीतल निवास पुगेका थिए ।
२३ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव टार्न लिक्विड अक्सिजन प्लान्ट जडान प्रक्रिया अगाडि बढाएको छ । तर भारतमा लकडाउनका कारण आवश्यक सामग्री आपूर्ति हुन नसक्दा प्लान्ट जडान कार्य प्रभावित बनेको अस्पतालले जनाएको छ । अक्सिजन ट्यांक जडानको सबै तयारी पूरा भइसके पनि बुलेट मार्फत ढुवानी हुने क्रायोजेनिक अक्सिजनको आयात […]
२३ वैशाख, काठमाडौं । नयाँ वर्षको आगमनसँगै फैलिएको दोस्रो लहरको कोरोना महामारीबाट संक्रमित हुने संख्या र मृत्युदरको ग्राफ उकालो चढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २७ चैतमा १४ जिल्ला अतिप्रभावित भएको प्रतिवेदन सार्वजनिक गरेकोमा एक महिना नबित्दै ५२ जिल्ला महामारीबाट आक्रान्त बनिसकेका छन् । देशव्यापी लकडाउन नगरिए पनि स्थानीय प्रशासनले निषेधाज्ञा थप कडा […]
२३ वैशाख, काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिहीबार विहान बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा कारबाही फिर्ता लिनेबारे छलफल भएको हो । ‘थप छलफल गरेर मात्रै निर्णय लिने भन्ने भएको […]
२३ वैशाख, काठमाडौं । प्रदेशबाट शुरु भएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको जनता समाजवादी पार्टी (जसपा) को एउटा धार (उपेन्द्र यादव र बाबुराम भट्टराई) पक्षको गठबन्धन राष्ट्रियसभा उपनिर्वाचनमा आइपुग्दा नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि थपिएको छ । चार पक्षले वागमती प्रदेशतर्फ खुला सदस्यमा डा. खिमलाल देवकोटालाई अघि सारेका छन् । गृहमन्त्री रामबहादुर […]
२३ वैशाख, काठमाडौं । ‘युगको एउटा प्रतिनिधि स्वरको समाप्ति भएको छ ।’ गायक प्रेमध्वज प्रधानको निधनपछि गीतकार कालीप्रसाद रिजालले दिएको अभिव्यक्ति हो यो । रिजालका अनुसार प्रेमध्वजको निधनले नेपाली संगीतमा मात्र नभई विश्वभरि रहेका नेपालीमाझ गहिरो शोक परेको छ । ‘प्रेमध्वजको स्वरले हाम्रो आधुनिक संगीत हराभरा बनाएको छ । अब त्यो सुरको भौतिक उपस्थिति सम्भव […]
२२ वैशाख, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा ७ लाख जनालाई देशभित्रै नयाँ रोजगारी दिने गरी बजेट ल्याएको थियो । तर, अहिलेसम्म कुल ८४ हजारले रोजगारी पाएका छन्, त्यो पनि १२ दिनको मात्र । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन अन्तिम गृहकार्य भइरहँदा सरकारले गत वर्षका रोजगारीका कार्यक्रमको समीक्षा पनि गरेको छ […]
२३ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर बस्ने ८२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा ५ बजेर ५४ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि वृद्धलाई बिहीबार नै […]
२३ वैशाख, काठमाडौं । ललितपुरमा सञ्चालित अक्सिजन उत्पादन गर्ने तीनवटा उद्योगलाई चौबीसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले बिहीबार पाटनको सगरमाथा अक्सिजन नेपाल प्रालि, हरिसिद्धिमा रहेको कान्तिपुर अक्सिजन प्रालि र महालक्ष्मी नगरपालिकामा रहेको सोपान मेडिकल अक्सिजनको निरीक्षण गर्दै देशभर देखिएको अक्सिजन अभावलाई ध्यानमा […]
२३ वैशाख, काठमाडौं । वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार (वैशाख २४ गते) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । तर, सत्तारुढ दल नेकपा एमालेले आफ्नो उम्मेदवार बिहीबार साँझसम्म टुङ्ग्याएको छैन । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएको क्षेत्र हो यो । माओवादी […]
from समाचार – Online Khabar https://ift.tt/3o2Ic8c
via IFTTT






















