Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पर्सा प्रहरीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग

२१ वैशाख, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले प्रहरीका लागि विभिन्न व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । नेपाल औषधि उत्पादक संघसँग सहकार्य गरेर संघले जिल्ला प्रहरी कार्यालय पर्सालाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि हाल निषेधाज्ञा लगाइएको छ । सर्वसाधारणलाई निषेधाज्ञा पालना गराउन […]

बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु

२१ वैशाख, वीरगञ्ज । बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा फेटा गाउँपालिका–२ बिनौली बस्ने ३५ वर्षीय पुरुषको मंगलबार दिउँसो २ बजे मृत्यु भएको हो । योसँगै नयाँ भेरियन्टको कोरोना संक्रमणबाट बारामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । स्वास्थ्यमा समस्या आएपछि […]

युवकको हत्या आरोपमा पत्नी र भाइ पक्राउ

२१ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा युवकको हत्या आरोपमा पत्नी र भाइसहित चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको थियो । हत्या आरोपमा उनकै पत्नी २३ बर्षीया सुशीला देवी, भाइ अनिल मण्डल र अरु दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शम्भु […]

नेवाः ग्वाहलि पुचःले आइसोलेसन सञ्चालन गर्दै

२१ वैशाख, काठमाडौं । सम्पदा संरक्षणका लागि काम गर्दै आइरहेको नेवाः ग्वाहलि पुचः (सम्पदा संरक्षण महाअभियान)ले बिहीबारदेखि आइसोलेसन वार्ड सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौंको सामाखुसीस्थित बुलन्द सिद्धि अस्पताल (डायलोसिस अस्पताल) मा २० बेडको आइसोलेसन वार्ड तयार गरी सञ्चालनमा ल्याउन लागेको महाअभियानका संयोजक यादवलाल कायस्थले जानकारी दिए । कोरोनाबाट संक्रमित भई आइसोलेसन बस्नकै लागि […]

जनकपुरधाममा बोराभित्र पुरुषको शव भेटियो

२१ वैशाख, जनकपुरधाम । जनकपुरधाममा एक पुरुषको शव बोरामा बाँधिएको अवस्थामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित आँप बगैंचामा अन्दाजी ५५ वर्षीय पुरुषको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ । बोरामा शव देखेपछि स्थानीयले खबर गर्दा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले […]

सर्लाहीमा ज्वरो र रुघाखोकी लागेका ४ जनाको मृत्यु

२१ वैशाख, जनकपुरधाम । सर्लाहीको एउटै गाउँ ज्वरो र रुघाखोकी लागेका चार जनाको मृत्यु भएको छ । भारतीय सीमासँगै जोडिएको बलरा नगरपालिका–६ मिर्जापुरका चारजनाको ज्वरो र रुघाखोकीकै कारण मृत्यु भएको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए । प्रमुख सिंहका अनुसार उक्त वडाका ८०, ८५, ४६ र ४५ बर्षका व्यक्तिको शनिबार र आइतबार मृत्यु भएको छ […]

उपत्यकामा बैंक तथा बीमा कम्पनीले सबै शाखा खोल्न नपाउने

२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बैंक तथा बीमा कम्पनीहरुले अब सबै शाखा कार्यालयहरु खोल्न नपाउने भएका छन् । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशत मात्रै शाखा खाेल्न दिने निर्णय गरेको हो । आजसम्म बैंक तथा बीमा कम्पनीहरुले थोरै कर्मचारी राखेर भए पनि सबै शाखा कार्यालयहरु […]

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकामा देउवाको आपत्ति

२१ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकामा नेपाली कांग्रेसले विरोध जनाएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‌ (काम कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्‍यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत् […]

रुपन्देहीमा एकै दिन थपिए ७९७ संक्रमित

२१ वैशाख, बुटवल । रुपन्देहीमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका मात्र ३३२ जना छन् । यस्तै तिलोत्तमाका १५८ जना, सिद्धार्थनगरका १०८ जना, देवदहका ४२ जना, शुद्धोधनका ५७ जना र सैनामैनाका ३५ […]

भारतमा लगातार तीन दिनसम्म घट्यो नयाँ संक्रमितको संख्या

२१ वैशाख, काठमाडौं । भारतमा लगातार तीन दिनसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या घटेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको पछिल्लो तीन दिनको तथ्यांकमा नयाँ संक्रमितको संख्या लगातार घटेको पाइएको छ । मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमितको संख्या चार लाख एक हजार ९९३ थियो । यो संख्या त्यसयता भने निरन्तर घट्दो […]

कर तिर्ने समय थप गर्न निजी क्षेत्रको माग

२१ वैशाख, काठमाडौं । सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा घोषणा गरेसँगै कर तिर्ने समय बढाउन निजी क्षेत्रका उद्योगी–व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको झण्डै दुई तिहाई भूभागमा निषेधाज्ञा जारी रहेका कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गर्न […]

भारत कसरी पर्‍यो कोरोनाको चपेटामा ?

२१ वैशाख, काठमाडौं । भारतको राजधानी दिल्लीमा दिन ढल्दै गर्दा शवहरू जलाइएको गन्ध हावामा फैलिरहेको हुन्छ । गत साताको एक साँझ दिल्लीस्थित सानो घाटमा एकैसाथ सातवटा चिता जलिरहेका थिए । ‘म यहाँ आफ्नो परिवारसँग पूरा जीवन बस्दै आएको छु र दैनिक दुईपटक यो क्षेत्र हुँदै जान्छु,’ स्थानीय गौरव सिंह भन्छन्, ‘मैले कहिले पनि यति धेरै […]

उपत्यकामा संक्रमितको शव व्यवस्थापनका लागि नयाँ ठाउँको खोजी

२१ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्ने थप स्थान खोज्ने निर्णय गरेको छ । गृह मन्त्रालय मातहत रहेको कोभिड–१९ व्यवस्थापन, समन्वय तथा सहजीकरणका लागि बनेको समितिले शव व्यवस्थापनका लागि नयाँ स्थान पहिचानका लागि स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको हो । हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको […]

कोरोनाका गम्भीर बिरामीका लागि हेलिकोप्टरको माग बढ्यो

२१ वैशाख, काठमाडौं । देशभर कोरोना भाइरसको बढ्दो संक्रमणसँगै गम्भीर बिरामीका लागि हेलिकोप्टरको माग बढेको छ । तर, अस्पतालहरुमा बेड नहुँदा माग अनुसार उडान समेत गर्न नसकिएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । मनाङ एयरका प्रवन्धक तथा वायुसेवा संचालक संघका सचिव राजु न्यौपानेका अनुसार तराईमा ठूला अस्पताल भएका शहरबाट बढी हेलिकोप्टर उद्दारको माग आइरहेको छ । […]

सर्लाहीमा छिमेकीले आगो लगाएका घाइतेको मृत्यु

२१ वैशाख, जनकपुरधाम । सर्लाहीमा छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा भएको छ । ईश्वरपुर नगरपालिका–घारिबथान निवासी शियाशरण रायलाई छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ५८ बर्षीय रायलाई छिमेकी ३५ वर्षीय शिवजी साहले पेट्रोल छर्केर सोमबार बिहान आगो लगाएका वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनले जानकारी दिए । […]

रमदानमा कतारले दियो १४ जना नेपाली कैदीलाई आममाफी

२१ वैशाख, काठमाडौं । यस वर्षको रमदान पर्वको अवसर पारि कतार सरकारले १४ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रिय कारागार तथा अन्य विभिन्न कारगारमा विभिन्न आरोपमा सजाय भोगिरहेका कैदी बन्दीलाई आममाफी दिइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि दूतावासले कोभिड संक्रमणलाई ध्यानमा राखी नेपाली कैदीलाई रिहाई गर्न दूतावासले अनुरोध गरेको समेत […]

उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा ढकाल नियुक्त

२१ वैशाख, काठमाडौं । उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ढकाललाई विकास आयुक्त नियुक्त गरेको हो । झापा घर भएकी ढकाल नवनारी मासिककी  सम्पादक हुन् । शहरी विकास मन्त्रालयबाट उनले नियुक्तिपत्र बुझेकी छिन् । विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो । जसमा […]

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित भएका २० जिल्ला

२१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म २० जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा बढी रहेको जनाएको छ । प्रदेश १ का ३, प्रदेश २ का २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका ६/६ तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १/१ जिल्ला गरी २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको […]

संक्रमितलाई बेड खोज्न सघाउने कोभिड कनेक्ट नेपाल

२१ वैशाख, काठमाडौं । दाङ उपमहानगरपालिकाका शिक्षा सल्लाहकार शिशिर खनालले एक बुज्रुकका लागि आईसीयू आवश्यक परेको तर दाङ र नेपालगञ्जमा नपाइएकाले काठमाडौंमा खोजिरहे पनि नपाइएकाले सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरे । उनको यो पोस्टमा धेरैले कमेन्टमा लेखे– कोभिड कनेक्सन नेपाललाई सम्पर्क गर्नुस् । कोरोना महामारीको दोस्रो लहर देशभर तीव्र रुपमा फैलिंदै गएपछि केही दिनयता सामाजिक […]

प्रधानमन्त्रीको राजनीतिक आशय राम्रो देखिएन : माओवादी केन्द्र

२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने निर्णयमा पुगेका प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको बताएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आवश्यक ठानेको भन्दै मन्त्रिपरिषद्को सिफारिशमा २७ वैशाखमा संसदको विशेष अधिवेशन आह्वान भएको छ । माओवादी केन्द्रले भने विश्वासको मत लिन विशेष अधिवेशन बोलाउने कदम संविधानको […]

बैतडी जीप दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

२१ वैशाख, डोटी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेका संख्या पाँच पुगेको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका जीपचालक दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय तेजबहादुर बोहराको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । उक्त दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ […]



from समाचार – Online Khabar https://ift.tt/33kFYqV
via IFTTT
Powered by Blogger.