समाचार
२१ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकामा नेपाली कांग्रेसले विरोध जनाएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत् […]
२१ वैशाख, काठमाडौं । भारतमा लगातार तीन दिनसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या घटेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको पछिल्लो तीन दिनको तथ्यांकमा नयाँ संक्रमितको संख्या लगातार घटेको पाइएको छ । मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमितको संख्या चार लाख एक हजार ९९३ थियो । यो संख्या त्यसयता भने निरन्तर घट्दो […]
२१ वैशाख, काठमाडौं । सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा घोषणा गरेसँगै कर तिर्ने समय बढाउन निजी क्षेत्रका उद्योगी–व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको झण्डै दुई तिहाई भूभागमा निषेधाज्ञा जारी रहेका कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गर्न […]
२१ वैशाख, काठमाडौं । भारतको राजधानी दिल्लीमा दिन ढल्दै गर्दा शवहरू जलाइएको गन्ध हावामा फैलिरहेको हुन्छ । गत साताको एक साँझ दिल्लीस्थित सानो घाटमा एकैसाथ सातवटा चिता जलिरहेका थिए । ‘म यहाँ आफ्नो परिवारसँग पूरा जीवन बस्दै आएको छु र दैनिक दुईपटक यो क्षेत्र हुँदै जान्छु,’ स्थानीय गौरव सिंह भन्छन्, ‘मैले कहिले पनि यति धेरै […]
२१ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्ने थप स्थान खोज्ने निर्णय गरेको छ । गृह मन्त्रालय मातहत रहेको कोभिड–१९ व्यवस्थापन, समन्वय तथा सहजीकरणका लागि बनेको समितिले शव व्यवस्थापनका लागि नयाँ स्थान पहिचानका लागि स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको हो । हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको […]
२१ वैशाख, काठमाडौं । देशभर कोरोना भाइरसको बढ्दो संक्रमणसँगै गम्भीर बिरामीका लागि हेलिकोप्टरको माग बढेको छ । तर, अस्पतालहरुमा बेड नहुँदा माग अनुसार उडान समेत गर्न नसकिएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । मनाङ एयरका प्रवन्धक तथा वायुसेवा संचालक संघका सचिव राजु न्यौपानेका अनुसार तराईमा ठूला अस्पताल भएका शहरबाट बढी हेलिकोप्टर उद्दारको माग आइरहेको छ । […]
२१ वैशाख, जनकपुरधाम । सर्लाहीमा छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा भएको छ । ईश्वरपुर नगरपालिका–घारिबथान निवासी शियाशरण रायलाई छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ५८ बर्षीय रायलाई छिमेकी ३५ वर्षीय शिवजी साहले पेट्रोल छर्केर सोमबार बिहान आगो लगाएका वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनले जानकारी दिए । […]
२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बैंक तथा बीमा कम्पनीहरुले अब सबै शाखा कार्यालयहरु खोल्न नपाउने भएका छन् । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशत मात्रै शाखा खाेल्न दिने निर्णय गरेको हो । आजसम्म बैंक तथा बीमा कम्पनीहरुले थोरै कर्मचारी राखेर भए पनि सबै शाखा कार्यालयहरु […]
२१ वैशाख, काठमाडौं । यस वर्षको रमदान पर्वको अवसर पारि कतार सरकारले १४ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रिय कारागार तथा अन्य विभिन्न कारगारमा विभिन्न आरोपमा सजाय भोगिरहेका कैदी बन्दीलाई आममाफी दिइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि दूतावासले कोभिड संक्रमणलाई ध्यानमा राखी नेपाली कैदीलाई रिहाई गर्न दूतावासले अनुरोध गरेको समेत […]
२१ वैशाख, काठमाडौं । उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ढकाललाई विकास आयुक्त नियुक्त गरेको हो । झापा घर भएकी ढकाल नवनारी मासिककी सम्पादक हुन् । शहरी विकास मन्त्रालयबाट उनले नियुक्तिपत्र बुझेकी छिन् । विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो । जसमा […]
२१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म २० जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा बढी रहेको जनाएको छ । प्रदेश १ का ३, प्रदेश २ का २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका ६/६ तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १/१ जिल्ला गरी २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको […]
२१ वैशाख, काठमाडौं । दाङ उपमहानगरपालिकाका शिक्षा सल्लाहकार शिशिर खनालले एक बुज्रुकका लागि आईसीयू आवश्यक परेको तर दाङ र नेपालगञ्जमा नपाइएकाले काठमाडौंमा खोजिरहे पनि नपाइएकाले सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरे । उनको यो पोस्टमा धेरैले कमेन्टमा लेखे– कोभिड कनेक्सन नेपाललाई सम्पर्क गर्नुस् । कोरोना महामारीको दोस्रो लहर देशभर तीव्र रुपमा फैलिंदै गएपछि केही दिनयता सामाजिक […]
२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने निर्णयमा पुगेका प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको बताएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आवश्यक ठानेको भन्दै मन्त्रिपरिषद्को सिफारिशमा २७ वैशाखमा संसदको विशेष अधिवेशन आह्वान भएको छ । माओवादी केन्द्रले भने विश्वासको मत लिन विशेष अधिवेशन बोलाउने कदम संविधानको […]
२१ वैशाख, डोटी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेका संख्या पाँच पुगेको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका जीपचालक दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय तेजबहादुर बोहराको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । उक्त दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ […]
२१ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ […]
२१ वैशाख, काठमाडौं । सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ पठाएका छन् । ७ वैशाखमा नेता माधवकुमार नेपाल सहित २७ सांसदलाई ओलीले स्पष्टिकरण सोधेका थिए । आफूले १४ वैशाखमा पत्र पाएको भन्दै चौधरीले त्यसको जवाफमा तीन पृष्ठको स्पष्टिकरण बुझाएका छन् । स्पष्टिकरणको भाषा भने नेता नेपाल सहित अन्य सांसदहरुसँग […]
२१ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहको अवस्था सुधार भइरहेको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ । ११ दिनअघि अस्पताल भर्ना भएकी उनलाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । ‘उहाँको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ’ अस्पतालले […]
२१ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनी उपचाररत नर्भिक अस्पतालले बताएको छ । अस्पतालले मंगलबार विज्ञप्ति निकालेर खनालको अक्सिजनको सहायतामा उपचार जारी राखेको जनाएको छ । कोरोना संक्रमण भएपछि खनाल गत शनिबार अस्पताल भर्ना भएका थिए ।
२१ वैशाख, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले ५०० शय्याको कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र अस्पतालबीच कोभिड केयर युनिट सञ्चालनसम्बन्धी सहमति भएको छ । सहमतिअनुसार सिनामंगलमा १५५ बेड तयार भएको छ । दुवाकोटमा ३०० बेड र बाँकी पिपुल्समा सञ्चालनन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले […]
२१ वैशाख, काठमाडौँ । सरकारले फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् । यसअघि सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न […]
२१ वैशाख, धनगढी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएको प्रहरीले […]
from समाचार – Online Khabar https://ift.tt/33fMXBu
via IFTTT




















