Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइयो

२० वैशाख, काठमाडौँ । बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म बढाएको हो । यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्‍दै संक्रमण फैलावट तोड्न (चेन […]

महन्थ–राजेन्द्र पक्षले जसपा सांसदलाई काठमाडौं बोलायो

२० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राजधानी बाहिर रहेका सांसदहरुलाई तत्काल काठमाडौं उपत्यकामा आउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट सांसदहरुलाई फोन गएको थियो । फोनमा राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै सांसदहरुलाई काठमाडौं उपत्यकामा आएर […]

विपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित वृद्धाको मृत्यु

२० वैशाख, झापा । कोरोना सङक्रमणका कारण झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नपा– २ की ६५ वर्षीया एक वृद्धाको सोमबार बिहान मृत्यु भएको छ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन […]

पोखरा विश्वविद्यालय पनिकाको सबै सेवा बन्द

२० वैशाख, कास्की । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि सबै सेवा बन्द गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेका कारण विश्वविद्यालयको पनिकाबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरेको हो । पनिकाले सूचना जारी गर्दै विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरस कोभिड-१९ को संक्रमण […]

कोरोना संक्रमण बढेपछि मुस्ताङका सरकारी कार्यालय धमाधम बन्द गरिंदै

२० वैशाख, बलेवा । कोरोना संक्रमणको जोखिम बढेपछि हिमाल पारीको जिल्ला मुस्ताङका सरकारी कार्यालय धमाधम बन्द हुन थालेका छन् । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मुस्ताङका जलस्रोत तथा सिँचाइ सव डिभिजन र खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय सोमबारदेखि बन्द भएका हुन् । सिँचाइ सव डिभिजन कार्यालयमा कार्यरत दुईजना कर्मचारीमा केही दिन पहिला कोरोना संक्रमण […]

अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन

२० वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो । मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले सबै अस्पताललाई पत्रचार गर्दै नयाँ भेरियन्टसहितको सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जटिल […]

स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

२० वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् । विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ‘खड्का […]

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिक कलेजमा दुई जना र भेरी अस्पतालमा एकजना गरी तीन जनाको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा बाँकेको कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–५ की ३३ वर्षीया […]

ओडीआई र टी-२० वरीयतामा नेपालको सुधार

२० वैशाख, काठमाडौं । नेपालले क्रिकेटको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रियको वरीयतामा एक-एक स्थान सुधार गरेको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हरेक वर्षको मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ । पछिल्लो तीन वर्षको नतिजालाई आधार मानेर वरीयता सार्वजनिक गरेको आईसीसीले जनाएको छ । सोमबार जारी गरेको वरीयतामा नेपाल […]

गत अप्रिलमा २२ हजार विदेशी नेपाल भित्रिए

२० वैशाख, काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् । अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी […]

धादिङ अस्पतालको आपतकालीनबाहेक सेवा बन्द 

२० वशाख, धादिङ । धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आपतकालीनबाहेक सबै सेवा सोमबारदेखि बन्द गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै बहिरङ्ग सेवा बन्द गरेको छ । आपत्कालीन सेवा मात्र सञ्चालन गर्ने गरी अस्पताल खोलिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । यही वैशाख १५ र १७ गते अस्पतालमा […]

मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना संक्रमण

२० वैशाख, जलेश्वर । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् । गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु […]

कोरोनाबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले एक लाख रुपैयाँ दिने

२० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेकाे प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘विपद्को घडीमा नागरिकलाई राहत […]

आईपीओ पर्‍यो भने कति फाइदा हुन्छ ?

२० वैशाख, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यसमा निकै आकर्षण बढेको हो । धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र […]

आफैँ थला पर्दा पनि बिरामीलाई जोगाउँदै

२० वैशाख, काठमाडौं । एक चिकित्सक पीपीई सेटसहित कुर्चीमा बसेका छन् । टेबलभरी  बिरामीको रेकर्ड फाइल फिजाइएको छ । त्यसमा उनी केही हेरिरहेका छन् । सायद उनी रेकर्ड पल्टाएर बिरामीको स्वाथ्य अवस्थाबारे विश्लेषण गरिरहेका छन् । बिरामीको स्वास्थ्य अवस्थाबारे बुझ्नु, विश्लेषण गर्नु एक असल चिकित्सकको धर्म नै हो ।  तर स्वयम उनको देब्रे हातमा क्यानुला […]

कोरोना संक्रमणबाट बझाङमा दुई महिलाको मृत्यु

२० वैशाख, धनगढी । कोरोना भाइरसको संक्रमणबाट बझाङमा दुई जना महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले जिल्ला अस्पतालमा उपचाररत दुई संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिला र तल्कोट गाँउपालिका–१ की ४० वर्षीया महिला रहेको जोशीले बताए । वैशाख १८ गते […]

कोशी अस्पतालमा बढ्न थाल्यो लाइन, डाक्टर भन्छन्-‘धान्ने अवस्था देखिंदैन’

२० वैशाख, विराटनगर । कोरोना महामारीको पहिलो फेजमा गत वर्ष ‘भुल्के मोडल’ सिकाएको प्रदेश १ ले दोस्रो लहरको शुरुवाती अवस्थामा चासो दिएन । प्रदेश र स्थानीय सरकारले चासो नदिंदा संक्रमणको अवस्था भयावह बन्दैछ । संक्रमणदर बढेको विराटनगरमा आइतबार मात्रै दुई सय जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । संक्रमणदर उच्च भएकाले गत वर्ष निर्माण गरिएको कोशी […]

राष्ट्रिय जनगणना स्थगित

२० वैशाख, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो […]

श्रीवास्तव र शाहीको युटर्न : मुख्यमन्त्री पोखरेललाई नै समर्थन

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा उभिएका छन् । सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका श्रीवास्तव र शाही आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका थिए । तर सोमबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले आफूहरुको समर्थन […]

मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा

२० वैशाख, मकवानपुर । मकवानपुरमा सोमबारदेखि वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए मध्यरातबाट निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० स्थानीय तह छन् । यही वैशाख १७ गते बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन […]

बुटवलको कोरोना अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीनजनाको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालबाट सन्चालित कोरोना विशेष अस्थायी अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान ९:५० […]



from समाचार – Online Khabar https://ift.tt/3ed15lx
via IFTTT
Powered by Blogger.