Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

२० वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् । विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ‘खड्का […]

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिक कलेजमा दुई जना र भेरी अस्पतालमा एकजना गरी तीन जनाको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा बाँकेको कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–५ की ३३ वर्षीया […]

ओडीआई र टी२० वरीयतामा नेपालको सुधार

२० वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को ओडीआई र टी२०आई वरीयतामा नेपाल एक-एक स्थान सुधार गरेको छ । आइसीसीले हरेक वर्ष मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ । यसमा पछिल्लो तीन वर्को नतिजालाई आधार मानिने आइसीसीले जनाएको छ । आइसीसीले सोमबारी जारी गरेको वरीयतामा नेपाल ओडीआईमा एक स्थान सुधार गर्दै […]

गत अप्रिलमा २२ हजार विदेशी नेपाल भित्रिए

२० वैशाख, काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् । अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी […]

धादिङ अस्पतालको आपतकालीनबाहेक सेवा बन्द 

२० वशाख, धादिङ । धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आपतकालीनबाहेक सबै सेवा सोमबारदेखि बन्द गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै बहिरङ्ग सेवा बन्द गरेको छ । आपत्कालीन सेवा मात्र सञ्चालन गर्ने गरी अस्पताल खोलिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । यही वैशाख १५ र १७ गते अस्पतालमा […]

मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना संक्रमण

२० वैशाख, जलेश्वर । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् । गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु […]

कोरोनाबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले एक लाख रुपैयाँ दिने

२० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेकाे प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘विपद्को घडीमा नागरिकलाई राहत […]

आईपीओ पर्‍यो भने कति फाइदा हुन्छ ?

२० वैशाख, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यसमा निकै आकर्षण बढेको हो । धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र […]

कोरोना संक्रमणबाट बझाङमा दुई महिलाको मृत्यु

२० वैशाख, धनगढी । कोरोना भाइरसको संक्रमणबाट बझाङमा दुई जना महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले जिल्ला अस्पतालमा उपचाररत दुई संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिला र तल्कोट गाँउपालिका–१ की ४० वर्षीया महिला रहेको जोशीले बताए । वैशाख १८ गते […]

कोशी अस्पतालमा बढ्न थाल्यो लाइन, डाक्टर भन्छन्-‘धान्ने अवस्था देखिंदैन’

२० वैशाख, विराटनगर । कोरोना महामारीको पहिलो फेजमा गत वर्ष ‘भुल्के मोडल’ सिकाएको प्रदेश १ ले दोस्रो लहरको शुरुवाती अवस्थामा चासो दिएन । प्रदेश र स्थानीय सरकारले चासो नदिंदा संक्रमणको अवस्था भयावह बन्दैछ । संक्रमणदर बढेको विराटनगरमा आइतबार मात्रै दुई सय जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । संक्रमणदर उच्च भएकाले गत वर्ष निर्माण गरिएको कोशी […]

राष्ट्रिय जनगणना स्थगित

२० वैशाख, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो […]

मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा

२० वैशाख, मकवानपुर । मकवानपुरमा सोमबारदेखि वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए मध्यरातबाट निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० स्थानीय तह छन् । यही वैशाख १७ गते बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन […]

बुटवलको कोरोना अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु

२० वैशाख, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीनजनाको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालबाट सन्चालित कोरोना विशेष अस्थायी अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान ९:५० […]

कांग्रेसको पदाधिकारी बैठक स्थगित

२० वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक […]

आफैँ थला पर्दा पनि बिरामीलाई जोगाउँदै

२० वैशाख, काठमाडौं । एक चिकित्सक पीपीई सेटसहित कुर्चीमा बसेका छन् । टेबलभरी  बिरामीको रेकर्ड फाइल फिजाइएको छ । त्यसमा उनी केही हेरिरहेका छन् । सायद उनी रेकर्ड पल्टाएर बिरामीको स्वाथ्य अवस्थाबारे विश्लेषण गरिरहेका छन् । बिरामीको स्वास्थ्य अवस्थाबारे बुझ्नु, विश्लेषण गर्नु एक असल चिकित्सकको धर्म नै हो ।  तर स्वयम उनको देब्रे हातमा क्यानुला […]

नबिल बैंक : परम्परागत होइन, अब नयाँ रणनीति

गत आर्थिक वर्षको अन्त्य नजिकिंदै गर्दा बैंकिङ क्षेत्रमा नबिल बैंक कमजोर देखिन थालेको चर्चा चल्यो । नेपालको पहिलो संयुक्त (पब्लिक–प्राइभेट) लगानीको बैंक नबिलले ३६ वर्ष पार गरेको छ । नेपाली बैंकिङ इण्डष्ट्रीमा छुट्टै इतिहास बोकेको नबिल मुनाफामा लामो समय नम्बर वान हुँदै आएको बैंक हो । गत वर्ष केही सूचकहरूमा अन्य बैंकले उछिनेपछि नबिल कमजोर […]

निजी अस्पताल भन्छन- सरकारी शुल्कमा कोरोना संक्रमितको उपचार गर्न सक्दैनाैं

१९ वैशाख, काठमाडौं । उपत्यकाका सरकारी कोभिड अस्पतालमा कोरोना संक्रमितहरूले भरिएका छन् । पछिल्लो समय अस्पतालमा संक्रमितले बेड नै पाउन मुश्किल भइरहेको छ । कतिपय निजी अस्पतालले कोरोना संक्रमणको उपचार गरेका छन् भने कतिपयले छैनन् । निजी अस्पतालहरूको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन)का उपाध्यक्ष एवं अल्का अस्पतालका सञ्चालक कुमार थापा भने […]

हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

२० वैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत एक महिला कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा उपचाररत महोत्तरी-२ जलेश्वरकी ५० वर्षीय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । श्वास प्रश्वासमा समस्या आएपछि उनलाई तीन दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारत सोमबार बिहान साढे ९ बजे उनको मृत्यु […]

गंगालाल अस्पतालमा दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने

२० वैशाख, काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गरेका छन् । महानगरले उपलब्ध गराएको करिब २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । ४७ लिटरका १३५ सिलिन्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । यसमध्ये गंगालालमा दैनिक […]

रौतहटमा ७१ बेडको कोभिड अस्पताल सञ्‍चालनको तयारी

२० वैशाख, रौतहट । कोरोनाको संक्रमण बढिरहेका बेला रौतहटका बिरामीहरुको उपचारको लागि तत्काल ७१ बेडको कोभिड अस्पताल सञ्‍चालन हुने भएको छ । जिल्लास्थित कोभिड संकट व्यवस्थापन समितिको बैठकले रौतहटका पालिकाहरुमा कोभिड अस्पताल सञ्‍चालन गर्ने निर्णय गरेको हो । जस अनुसार पहिलो चरणमा चन्द्रनिगाहपुरमा ४६ बेड र गौर अस्पतालमा १५ बेडको कोभिड अस्पताल सञ्‍चालन हुने भएको […]

जनगणना सम्बन्धी तालिम स्थगित

२० वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित गरेको छ । कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित गरिएको हो । केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तिर्थ चौलागाईंले जनगणना प्रयोजनका लागि भइरहेका तालिमहरु स्थगित भएको जानकारी दिए । जनगणनासँग सम्बन्धी थप निर्णय गर्न राष्ट्रिय योजना आयोगको […]



from समाचार – Online Khabar https://ift.tt/3xK7vQy
via IFTTT
Powered by Blogger.