समाचार
२० वैशाख, धनगढी । कोरोना भाइरसको संक्रमणबाट बझाङमा दुई जना महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले जिल्ला अस्पतालमा उपचाररत दुई संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिला र तल्कोट गाँउपालिका–१ की ४० वर्षीया महिला रहेको जोशीले बताए । वैशाख १८ गते […]
२० वैशाख, विराटनगर । कोरोना महामारीको पहिलो फेजमा गत वर्ष ‘भुल्के मोडल’ सिकाएको प्रदेश १ ले दोस्रो लहरको शुरुवाती अवस्थामा चासो दिएन । प्रदेश र स्थानीय सरकारले चासो नदिंदा संक्रमणको अवस्था भयावह बन्दैछ । संक्रमणदर बढेको विराटनगरमा आइतबार मात्रै दुई सय जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । संक्रमणदर उच्च भएकाले गत वर्ष निर्माण गरिएको कोशी […]
२० वैशाख, मकवानपुर । मकवानपुरमा सोमबारदेखि वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए मध्यरातबाट निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० स्थानीय तह छन् । यही वैशाख १७ गते बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन […]
२० वैशाख, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीनजनाको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालबाट सन्चालित कोरोना विशेष अस्थायी अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान ९:५० […]
२० वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक […]
२० वैशाख, काठमाडौं । एक चिकित्सक पीपीई सेटसहित कुर्चीमा बसेका छन् । टेबलभरी बिरामीको रेकर्ड फाइल फिजाइएको छ । त्यसमा उनी केही हेरिरहेका छन् । सायद उनी रेकर्ड पल्टाएर बिरामीको स्वाथ्य अवस्थाबारे विश्लेषण गरिरहेका छन् । बिरामीको स्वास्थ्य अवस्थाबारे बुझ्नु, विश्लेषण गर्नु एक असल चिकित्सकको धर्म नै हो । तर स्वयम उनको देब्रे हातमा क्यानुला […]
गत आर्थिक वर्षको अन्त्य नजिकिंदै गर्दा बैंकिङ क्षेत्रमा नबिल बैंक कमजोर देखिन थालेको चर्चा चल्यो । नेपालको पहिलो संयुक्त (पब्लिक–प्राइभेट) लगानीको बैंक नबिलले ३६ वर्ष पार गरेको छ । नेपाली बैंकिङ इण्डष्ट्रीमा छुट्टै इतिहास बोकेको नबिल मुनाफामा लामो समय नम्बर वान हुँदै आएको बैंक हो । गत वर्ष केही सूचकहरूमा अन्य बैंकले उछिनेपछि नबिल कमजोर […]
१९ वैशाख, काठमाडौं । उपत्यकाका सरकारी कोभिड अस्पतालमा कोरोना संक्रमितहरूले भरिएका छन् । पछिल्लो समय अस्पतालमा संक्रमितले बेड नै पाउन मुश्किल भइरहेको छ । कतिपय निजी अस्पतालले कोरोना संक्रमणको उपचार गरेका छन् भने कतिपयले छैनन् । निजी अस्पतालहरूको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन)का उपाध्यक्ष एवं अल्का अस्पतालका सञ्चालक कुमार थापा भने […]
२० वैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत एक महिला कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा उपचाररत महोत्तरी-२ जलेश्वरकी ५० वर्षीय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । श्वास प्रश्वासमा समस्या आएपछि उनलाई तीन दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारत सोमबार बिहान साढे ९ बजे उनको मृत्यु […]
२० वैशाख, काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गरेका छन् । महानगरले उपलब्ध गराएको करिब २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । ४७ लिटरका १३५ सिलिन्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । यसमध्ये गंगालालमा दैनिक […]
२० वैशाख, रौतहट । कोरोनाको संक्रमण बढिरहेका बेला रौतहटका बिरामीहरुको उपचारको लागि तत्काल ७१ बेडको कोभिड अस्पताल सञ्चालन हुने भएको छ । जिल्लास्थित कोभिड संकट व्यवस्थापन समितिको बैठकले रौतहटका पालिकाहरुमा कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । जस अनुसार पहिलो चरणमा चन्द्रनिगाहपुरमा ४६ बेड र गौर अस्पतालमा १५ बेडको कोभिड अस्पताल सञ्चालन हुने भएको […]
२० वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित गरेको छ । कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित गरिएको हो । केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तिर्थ चौलागाईंले जनगणना प्रयोजनका लागि भइरहेका तालिमहरु स्थगित भएको जानकारी दिए । जनगणनासँग सम्बन्धी थप निर्णय गर्न राष्ट्रिय योजना आयोगको […]
२० वैशाख, काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ । सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्यान्डफिल साइटमा पुर्याउने गरेको थियो । सोमबार १३ वटा गाडी ल्यान्डफिल साइटमा पठाउने तयारी छ । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार व्यवसायिक क्षेत्रमा धेरै […]
२० वैशाख, काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन […]
२०, वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नारायणकली नामको हात्तीले छावा जन्माएकी छे । गएराति नारायणकलीले छावा जन्माएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । सुत्केरी हात्ती र भाले बच्चा स्वस्थ रहेको अधिकारीले बताए । प्रजनन् केन्द्रमा चालु आर्थिक वर्षमा जन्मिएको हात्तीको यो दोस्रो छावा हो । […]
२० वैशाख, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका ६ बज्रबाराहीका किसान पूर्णसिंह मोक्तानको बारीमा मटरकोसा, काउली र बन्दा लटरम्म फलेको छ । केही अघिदेखिको निरन्तरको वर्षाले तरकारीको उत्पादन निकै राम्रो छ । तरकारी जति राम्रो फलाए पनि सामान्य अवस्थामा समेत किसानले मिहिनेत अनुसारको मूल्य कहिल्यै पाएनन् । यतिबेला त झन् कोरोनाको दोस्रो लहरले बजार व्यवसाय ठप्प […]
अघिल्लो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या आकासिएको भन्दै अहिलेको संयन्त्रले थप बिरामीलाई अस्पतालमा उपचार गराउन नसक्ने भनी सूचना जारी गर्यो । दोस्रो लहरको महामारी सुरु भएपछि हरेक निर्णयमा चुक्दै आएको स्वास्थ्य मन्त्रालयले यो लज्जास्पद विज्ञप्ति निकाल्दासम्म मुलुक संकटग्रस्त अवस्थामा पुगिसकेको छ । हामीले पहिलो लहरको महामारीबाट सिक्नुपर्ने धेरै कुराहरु थिए । तर […]
२० वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । […]
२० वैशाख, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको इमरजेन्सी वार्ड र कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका दुई, कञ्चनपुरका एक र ठेगाना नखुलेका एक जनाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । बैशाख १९ गते अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएकी कैलालीको लम्कीचुहा […]
२० वैशाख, काठमाडौं । झापाको एक बायोग्यास कारखानामा आगलागी भएको छ । मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अहिले आगो नियन्त्रणमा लिनको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेको भएपनि नियन्त्रणमा आउन […]
२० वैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको २४ घण्टा नबित्दै मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा-१ का ५५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको थियो भने सोमबार थप एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा जिल्लाको अम्लेखगञ्ज निवासी ४६ वर्षीय पुरुष रहेको हेटौंडा अस्पतालका मेडिकल […]
from समाचार – Online Khabar https://ift.tt/3aWiIEb
via IFTTT





















