Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना संक्रमणसँगै बढ्यो मानसिक स्वास्थ्य समस्या

२२ वैशाख, काठमाडौं । होम आइसोलेसनमा रहेका काठमाडौंको चावहिल चुच्चेपाटीका विकास लामालाई आफ्नो लापरवाहीप्रति निकै ग्लानि भइरहेको छ । स्नातक चौथो सेमेष्टरका विद्यार्थी उनी साथीको दिदीको विवाहमा जाँदा कोरोना संक्रमित भए । विवाहमा सहभागी भएको एक हप्तामा कन्ट्रयाक्ट ट्रेसिङमा परेर स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । विकासलाई आमा र अरुले पनि यस्तो महामारीमा विवाहमा […]

बारामा करेन्ट लागेर एकजनाको मृत्यु

२३ वैशाख, वीरगञ्ज । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-६ पर्सा टोल बस्ने २० वर्षीया रोशना खातुनको मृत्यु भएको हो । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको मोटर चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर उनी घाइते भएकी थिइन । कलैया अस्पतालमा उपचारको क्रममा उनको बिहीबार दिउँसो १:२५ बजे […]

बाँकेमा ९२७ नमुना परीक्षण गर्दा ७०० मा संक्रमण पुष्टि

२३ वैशाख, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा ७०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । तीन वटा ल्याबमा ९२७ जनाको नमुना परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फेकल पर्सन तेज ओलीले जानकारी दिए । जसमध्ये ३०१ जना महिला र ३९९ जना पुरुष छन् । उनका अनुसार भेरी अस्पतालको ल्याबमा […]

डोटीमा मुक्त हलियाको नमुना बस्ती अलपत्र

२३ वैशाख, डोटी । प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड जोड्ने सिलगढी-झिग्राना सडकसँगै जोडिएको डाँडा, डाँडामा बनेका साना होचा घर । टिनको छानो, झ्याल, ढोका केही छैन । कुनै टहराभित्र गाईवस्तुहरुको गोबर, कसैको छानो नै उठेको । निर्माणाधीन सडकबाट उड्ने धुलोले खण्डहर बस्तीलाई जिस्काइरहेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका-२ बगलेग नजिकको जंगलको दृश्य हो यो […]

रुपन्देहीको निषेधाज्ञामा थप कडाइ, बैंक तथा वित्तीय संस्था बन्द

२३ वैशाख, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा थप कडाइ गरिएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख ३० सम्म यसअघि नै जारी भएको निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो । डीसीसीएमसीको बैठकले एक-एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३०सम्म बन्द […]

सिरहाका कोरोना संक्रमित युवकको धरानमा मृत्यु

२३ वैशाख, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार सिरहा गोलबजार–६ का २९ वर्षीय युवकको उपचारका क्रममा बिहीबार ११ः१५ बजे मृत्यु भएको हो । उनीमा वैशाख १२ गते संक्रमण पुष्टि भएको थियो । विराटनगरस्थित नोबल मेडिकल कलेजले संक्रमण पुष्टि भएसँगै […]

सुर्खेतमा लागूऔषधसहित दुई जना पक्राउ

२३ वैशाख, सुर्खेत । सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार उनीहरूको साथबाट चार ग्राम बराबरको ४१ पुरिया लागूऔषध बरामद भएको छ । विशेष […]

खरिपाटीको विद्युत तालिम केन्द्रमा ‘आइसोलेसन सेन्टर’ बनाउन प्रस्ताव

२३ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड-१९बाट संक्रमितहरुको उपचारका लागि ‘आइसोलेसन सेन्टर’ निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ । सरकारले गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तबाट नेपालीहरुलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो । तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक […]

विराटनगरमा सात जना संक्रमितको मृत्यु

२३ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विराटनगरमा बुधबार राति र बिहीबार गरी सात जनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना गरी सात जना संक्रमितको मृत्यु भएको हो । कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय […]

भारतमा कहिले सकिएला कोरोना खोप अभियान ?

२३ वैशाख, काठमाडौं । भारतमा यतिबेला कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ । दैनिक साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भइरहेका छन् भने तीन हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । भारत यतिबेला कोरोनाको भयावह अवस्थाको सामना गरिरहेको छ । कोरोनाको यो कहर रोकिने आशा अब केवल खोप अभियानमा अडिएको छ । भारत […]

प्रधानमन्त्री असंवैधानिक बाटोतिर जान खोज्नुभएको छ : वर्षमान पुन

२३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने नाममा असंवैधानिक बाटोतिर जान खोजेको दावी गरेका छन् । बिहीबार संसद भवन नयाँवानेश्वर परिसरमा पत्रकारसँग कुरा गर्दै नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाउने पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको […]

कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेनन्

२३ वैशाख, दाङ । पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका-६ को स्याउली बजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् । उनीहरुले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित […]

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा भने सुधार

२३ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि बुधबारको तुनामा बिहीबार सेयर कारोबार रकममा भने सुधार देखिएको छ । दिनभर भएका ८० हजार […]

उद्योगमा होल्ड भएका सिलिन्डर उठाउन प्रहरी परिचालन

२३ वैशाख, काठमाडौं । औद्योगिक प्रयोजनमा लगेर फिर्ता नभएको अक्सिजन सिलिण्डर उठाउन प्रहरी परिचालन भएको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सचिवबीचको छलफलपछि प्रहरी परिचालन गरेर औद्योगिक प्रयोजनमा रहेको अक्सिजन सिलिण्डर उठाउने निर्णय भएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले अनलाइनखबरलाई बताए । बारम्बार अपिल गर्दा पनि उद्योगले सिलिण्डर फिर्ता नगरेपछि […]

गायक प्रेमध्वज प्रधानको निधन

२३ वैशाख, काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले अनलाइनखबरलाई जानकारी दिए । ‘मलाई […]

कोरोना संक्रमितका लागि अस्पतालमा २० हजार बेड र १७ सय आईसीयू

२३ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, १७ सय १४ आईसीयू र ६९२ भेन्टिलेटर रहेको छ । त्यस्तै ३१ अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट […]

बाँकेमा थप दुई जना संक्रमितको मृत्यु

२३ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा बाँकेका एकजना महिला र एकजना पुरुषको बिहीबार मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–८ की ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका–८ का ३७ वर्षीय पुरुष रहेका छन् । ५५ […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।

प्रदेश-२ मा ४१७ अस्थायी दरबन्दी थप

२३ वैशाख, सर्लाही । प्रदेश-२ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको भाइरसको सङ्क्रमणसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि उक्त अस्थायी दरबन्दी थप गरेको हो । प्रदेशभरका आठै जिल्लामा दरबन्दी थपिएको र सर्लाहीमा ३२ जनाको अस्थायी दरबन्दी थप गरेको जिल्ला जनस्वास्थ्य […]

पोखरामा उपचाररत ४ जना संक्रमितको मृत्यु

२३ वैशाख, काठमाडौं । कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार बुधबार राति र बिहीबार बिहान गरी कुल ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना छन् । चरक […]

रेम्डिसिभिर औषधि कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

२३ वैशाख, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–४ घर भई काठमाडौंको टोखा बस्ने २५ वर्षीय रफिक मिया छन् । ६ थान रेम्डिसिभिर औषधिको करिब ३० हजार मूल्य पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्री गर्ने भन्दै बार्गेनिङ गरेर […]



from समाचार – Online Khabar https://ift.tt/2QWgxte
via IFTTT
Powered by Blogger.