समाचार
२३ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड-१९बाट संक्रमितहरुको उपचारका लागि ‘आइसोलेसन सेन्टर’ निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ । सरकारले गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तबाट नेपालीहरुलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो । तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक […]
२३ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विराटनगरमा बुधबार राति र बिहीबार गरी सात जनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना गरी सात जना संक्रमितको मृत्यु भएको हो । कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय […]
२३ वैशाख, काठमाडौं । भारतमा यतिबेला कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ । दैनिक साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भइरहेका छन् भने तीन हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । भारत यतिबेला कोरोनाको भयावह अवस्थाको सामना गरिरहेको छ । कोरोनाको यो कहर रोकिने आशा अब केवल खोप अभियानमा अडिएको छ । भारत […]
२३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने नाममा असंवैधानिक बाटोतिर जान खोजेको दावी गरेका छन् । बिहीबार संसद भवन नयाँवानेश्वर परिसरमा पत्रकारसँग कुरा गर्दै नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाउने पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको […]
२३ वैशाख, दाङ । पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका-६ को स्याउली बजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् । उनीहरुले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित […]
२३ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि बुधबारको तुनामा बिहीबार सेयर कारोबार रकममा भने सुधार देखिएको छ । दिनभर भएका ८० हजार […]
२३ वैशाख, काठमाडौं । औद्योगिक प्रयोजनमा लगेर फिर्ता नभएको अक्सिजन सिलिण्डर उठाउन प्रहरी परिचालन भएको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सचिवबीचको छलफलपछि प्रहरी परिचालन गरेर औद्योगिक प्रयोजनमा रहेको अक्सिजन सिलिण्डर उठाउने निर्णय भएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले अनलाइनखबरलाई बताए । बारम्बार अपिल गर्दा पनि उद्योगले सिलिण्डर फिर्ता नगरेपछि […]
२३ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, १७ सय १४ आईसीयू र ६९२ भेन्टिलेटर रहेको छ । त्यस्तै ३१ अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट […]
२३ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा बाँकेका एकजना महिला र एकजना पुरुषको बिहीबार मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–८ की ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका–८ का ३७ वर्षीय पुरुष रहेका छन् । ५५ […]
२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।
२३ वैशाख, सर्लाही । प्रदेश-२ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको भाइरसको सङ्क्रमणसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि उक्त अस्थायी दरबन्दी थप गरेको हो । प्रदेशभरका आठै जिल्लामा दरबन्दी थपिएको र सर्लाहीमा ३२ जनाको अस्थायी दरबन्दी थप गरेको जिल्ला जनस्वास्थ्य […]
२३ वैशाख, काठमाडौं । कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार बुधबार राति र बिहीबार बिहान गरी कुल ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना छन् । चरक […]
२३ वैशाख, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका रसिक मिया छन् । २५ हजार पर्ने रेम्डिसिभिर औषधिलाई २ लाख २० हजार रुपैयाँमा बिक्री गर्दै गरेको अवस्थामा मियालाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मियाले आफूलाई त्रिवि […]
२३ वैशाख, बाजुरा । कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढेसँगै गएपछि बाजुराका स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँच गर्न थालेका छन् । बाजुरामा कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै जाँदा उपचार तथा परामर्श घरमै पुगेर गर्न थालिएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृत्यु […]
२३ वैशाख, जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल कोरोना संक्रमित बिरामीले भरिएका छन् । अस्पतालको कोरोना उपचार केन्द्रमा तयार भएको ३० बेडमा सबै बिरामी अक्सिजनको सहयोगमा राखिएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. मनिष पाण्डेले कोरोना संक्रमितका लागि बेड थप्ने तयारी भइरहेको जानकारी दिए । बेड थोरै भएकाले रगतमा अक्सिजनको मात्रा […]
२३ वैशाख, काठमाडौं । देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागेपछि काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण घटेको छ । उद्योग, कलकारखाना बन्द भएको र अत्यावश्यकबाहेकका सवारी साधन गुड्न पनि प्रतिबन्ध लगाएकाले वायुको गुणस्तर सुधार भएको हो । मानिसहरु घरबाहिर निस्कन छाडेपछि मानवीय कारणले हुने वायु प्रदूषण पनि घटेको छ । वर्षायाम नलाग्दासम्म प्रदूषण मापन गर्दा सधैं ‘रेड […]
२३ वैशाख, काठमाडौं । अखिल नेपाल पेट्रोलियम मजदुर संघले निषेधाज्ञा अवधिमा पेट्रोल पम्पहरुको नियमित सञ्चालन समय तय गर्न माग गरेको छ । संघले पेट्रोलियम मजदुरहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन र कोरोना विरुद्धको खोप लगाउन प्राथमिकता दिन पनि सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको संकटपूर्ण अवस्थामा आयल निगमले पेट्रोल […]
२३ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको एचडीयू वार्डको बेड नं ८ का बिरामीलाई अक्सिजन दिएर राखिएको छ । बिरामी कुरुवा युवाले बाहिरबाट अर्को अक्सिजन सिलिण्डर लगेर छेउमै राखेका छन् । बिरामीका कुरुवाले आफैं सिलिण्डर गुडाएर लगिरहेको दृश्य नारायणी अस्पतालमा यत्रतत्र देख्न सकिन्छ । यसो गर्नु उनीहरूको बाध्यता हो । नारायणी अस्पतालमा अक्सिजन प्लान्ट त परको कुरा, […]
२३ वैशाख, बाँके । कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा बिहीबार बिहान १:४० बजे मृत्यु भएको हो । उच्च रक्तचाप र मधुमेहबाट पीडित पहाडी कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा रहेका बेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी […]
२३ वैशाख, काठमाडौँ । कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र महामारीकै […]
२३ वैशाख, काठमाडौं । सरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेको छ । अनुगमनका क्रममा धेरै मात्रामा अक्सिजन सिलिन्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएको भन्दै सबै उद्योगी, व्यवसायी र सरोकारवालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डर अस्पतालमा फिर्ता गरिदिन आगह गरेको हो । ‘…धेरै भन्दा धेरै सिलिन्डरहरु भरी […]
from समाचार – Online Khabar https://ift.tt/3xQ27LQ
via IFTTT






















