समाचार
१३ चैत, काठमाडौं । लकडाउनको बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोनमार्फत निर्देशन […]
१३ चैत, धनगढी । कोरोना संक्रमित युवती आएकै विमानमार्फत नेपाल आएका धनगढीका एक युवक र उनका भाइलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ। दाजुभाइको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि आइसोलेनमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए । जोशीका अनुसार, उनको नमूना संकलन गरेर काठमाडौं पठाउने तयारी गरिएको छ । उनी चैत ४ गते […]
१३ चैत, जनकपुरधाम । कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको लकडाउनको समयमा दोब्बर मूल्यमा तरकारी बेच्ने तीन जनालाई प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले आलु र प्याज झण्डै दोब्बर मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । आलु ५० रुपैयाँ प्रति किलो र प्याज एक सय रुपैयाँ प्रति किलोमा […]
१३ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि दोस्रो अवसरको सदुपयोग गर्न अपील गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयिससलेे बुधबार नियमित जानकारी दिने क्रममा अहिले गरिएको लकडाउनले एउटा अवसरको ढोका खुलेको बताए । यसको सदुपयोग गरी कोभिड-१९लाई नियन्त्रण गर्न उनले सुझाव दिएका छन् । कोरोना भाइरस […]
१३ चैत, पोखरा । १२ दिनअघि भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । भारतको हैदरावादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका […]
१३ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् । डिसेम्बर २०१९ मा देखिएको […]
१३ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए । त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी […]
१२ चैत, काठमाडौं । वृद्धवृद्धा र बालबालिकाहरूको रोगप्रतिरोधी क्षमता कम हुन्छ । त्यसैले यो उमेर समूहका व्यक्ति बढी संक्रमित हुनेमा पर्छन् । तर अमेरिकाको न्युयोर्क सहरमा विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसको संक्रमणमा ४५ वर्षमुनिका व्यक्ति परेका छन् । एनवाईसी हेल्थ डिपार्टमेन्टका अनुसार, संक्रमितमध्ये झण्डै आधा मानिस ४५ वर्षमुनिका छन् । यसमा पनि पुरुष बढी छन् […]
१३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३०० नाघेको छ । […]
१३ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट व्यापार व्यवसाय ठप्प भएपछि धेरै कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई बेतलवी विदा दिएका छन् । तर, अमेरिकाको एक कम्पनीका मालिकले भने आफ्नो तलब घटाएर कर्मचारीहरुको तलब बढाएर दिने काम अहिले पनि जारी राखेका छन् । अमेरिकाको सिएटलस्थित एक कार्ड पेमेन्ट कम्पनीका मालिक डेन प्राइसले आफ्ना १२० जना कर्मचारीहरुलाई न्युनतम ७० […]
१३ चैत, काठमाडौं । लकडाउनको तेस्रो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शहर सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् । सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । लकडाउनका कारण काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार […]
१३ चैत, काठमाडौं । चीनको बिइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरोले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने किट नेपाल सरकारलाई उपलब्ध गराएको छ । ब्युरोले कोरोना भाइरसविरुद्ध लड्न बेइजिङस्थित नेपाली दूतावासमार्फत बुधबार २ हजार किट हस्तान्तरण गरेको हो । व्युरोको तर्फबाट काठमाडौंमा काम गर्ने इन्टरनेसनले इन्भेस्टमेन्ट एण्ड कोअपरेसन कन्सल्टिङ सर्भिस कम्पनी प्राइभेट लिमिटेडले किट अभावमा […]
१३ चैत, काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् । सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ । कोरोना […]
१३ चैत, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना भाइरसलाई एक सामान्य भाइरसको संज्ञा दिए । मेक्सिकोका राष्ट्रपति एन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले आफ्ना नागरिकहरुलाई कोरोना भाइरसको त्रासको बीचमा परिवारसहित घरबाट बाहिर निस्किन र घुम्न अनुमति दिएका छन् । निकारागुवाका नेता डेनियल ओर्टेगाले पनि मुलुकमा मार्च तथा ¥यालीमा कुनै रोक लगाएका छैनन् । तर, तीनओटै मुलुक […]
१३ चैत, दाङ । कोरोना संक्रमित १९ वर्षीया युवतीसँगै कतार एयरवेजको हवाईजहाज चढेर नेपाल आएकाहरुमध्ये एक जना दाङ जिल्लाको भएको खुलेको छ । उनलाई बुधबार नियन्त्रणमा लिएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको क्वारेन्टाइनमा राखिएको छ । उनमा अहिलेसम्म कोरोना संक्रमण भएको जस्तो लक्षण भने देखिएको छैन । ‘उनी पश्चिम दाङकी महिला हुन्,’ दाङ प्रहरीका प्रवक्ता डीएसपी […]
१२ चैत, काठमाडौं । बुधबार दिउँसो साढे १२ बजे नेपालमा तेस्रो व्यक्तिलाई कोरोना संक्रमण भएको प्रारम्भिक खबर बाहिरियो । ‘ती व्यक्ति विदेशबाट यात्रा गरेका थिए या थिएनन्, कहिले अस्पताल भर्ना भएका थिए ? या नेपालकै थिए ? खबरमा विस्तृत जानकारी थिएन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको सुचना अधिकारी राजेश कुमार गुप्ताले ‘थप एक व्यक्तिमा कोरोना […]
१२ चैत, काठमाडौं । सरकारले इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्न भन्दै विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने भएको छ । कोरोना रोकथाम उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था […]
१२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष हुन् । उनी चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । त्यसयता काठमाडौंकै होटलमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि […]
१२ चैत, काठमाडौं । सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ । मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन बुधवार स्थगलत […]
१२ चैत, काठमाडौं । सरकारले कोरोनाबाट प्रभावित व्यवसायको कर्जाको सावा तथा ब्याज असुली चैत मसान्तससम्म स्थगन गरेको छ । अब नेपाल राष्ट्र बैंकले त्यस्ता व्यवसायहरुको पहिचान गरी यो सुविधा क-कसले पाउने भन्ने निर्क्योल गर्नेछ । यस्तो सुविधा गैरबैंकिङ वित्तीय संस्थाका ऋणीले पनि पाउनेछन् । अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले […]
१२ चैत, काठमाडौं । सरकारले लकडाउनका कारण अलपत्र परेका विदेशीहरुलाई हवाई उद्दार गर्ने र आफ्नो देश फर्किन सहजीकरण गर्ने निर्णय गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका विदेशी नागरिकहरुलाई हवाई उद्धार गरी काठमाडौं ल्याउने निर्णय गरेको हो । यसरी ल्याइने विदेशी पर्यटकलाई विमानस्थलबाटै आफ्नो […]
from समाचार – Online Khabar https://ift.tt/2JdrPSn
via IFTTT





















