समाचार
१८ फागुन, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आउँदैछन् । उनी बिहान सवा १० बजे काठमाडौं आइपुग्ने नेपालस्थित भारतीय दूतावास स्रोतले बतायो । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् । सन् १९८८ मा भारतको […]
१८ फागुन, काठमाडौंं । एसीसी इस्टर्न रिजन टी २० अन्तर्गत महत्त्वपूर्ण खेलमा नेपालले आज हङकङसंग खेल्दैछ । केही बेरपछि सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो । त्यसैले शीर्ष २ को सम्भावना कायम राख्न […]
काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा यस सिजनको पहिलो हार व्यहोरेको छ । शनिबार राति वाटफोर्ड्सँग ३–० ले पराजित भएपछि यस सिजन अपराजित रहेर लिग उपाधि उचाल्ने लिभरपुलको सपना तुहिएको छ । प्रिमियर लिगमा ४४ खेलपछि लिभरपुल पराजित भएको हो । यस्तै लगातार १९ खेल जित्दै कीर्तिमान बनाउने सपना पनि तुहिएको छ । प्रिमियर […]
१७ फागुन, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि सरकारले उच्च सतर्कता पाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएका थिए । बालुवाटारमा बसेको बैठकले कोरोना रोकथामको […]
१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले १३ विभाग प्रमुखहरु तोकेका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको नाम दिन अस्वीकार गरेको भोलिपल्ट देउवाले विभागहरु गठन गरेका हुन् । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिएका छन् । यस्तै रमेश […]
१७ फागुन, चितवन । भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) फागुन ११ गते मार्मिक दृश्य देखियो । नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्यान्सरपीडित पर्शुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिए । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै आर्शिवाद दिए । त्यसको भोलिपल्ट पर्शुरामको निधन भयो । […]
१७ फागुन, काठमाडौं । शुक्लाफाँटा अर्थात वन्यजन्तुको सुरक्षित आश्रयस्थल । बाघदेखि बँदेलसम्म, मृगदेखि मयुरसम्मले विचरण गर्ने साझ थलो । यी सम्पूर्ण वन्यजन्तुलाई अवलोकन गर्न होस् वा तिनीहरुलाई नजिकबाट अध्ययन गर्न नै, शुक्लाफाँट एक खुला संग्रहालय हो । म पनि त्यहाँको वन्यजन्तुको आकर्षणले तानिएर पटकपटक शुक्लाफाँट पुगेको छु । यसपटकसम्म म पाँचौ यात्रा तय गरिएछ । […]
१७ फागुन, बुटवल । साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेको छ । लुम्बिनीमा शनिबार सम्पन्न साझा पार्टीको राष्ट्रिय भेलाले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा उधिने निर्णय गरेको हो । जनमत संग्रह लोकतन्त्रको सबैभन्दा विशिष्ट अभिव्यक्ति भएको भन्दै लुम्बिनी भेलाले जारी गरेको १४बुँदे घोषणापत्रमा भनिएको छ, ‘बढ्दोरूपमा विवादित बन्दै गएको […]
१७ फागुन, काठमाडौं । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार स्थगित गरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताए । शनिबार आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा […]
१७ फागुन, विराटनगर । बालिका खड्काले आफ्नो पति भएको दाबी गर्दै अंश मुद्दा हालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख खोलेका छन् । उनले खड्काको दाबी अस्वीकार गरेका छन् र आफू २०७२ मा सञ्चार मन्त्रीदेखि नै षड्यन्त्र सुरु भएको बताएका छन् । शनिबार प्रेस संगठन नेपाल प्रदेश १ को इटहरीमा भएको सपथ ग्रहण कार्यक्रममा […]
१७ फागुन, इटहरी । उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकभित्र ‘लुट्नसम्म लुट्नेहरु’ सल्बलाइरहेको र तिनले नेताहरुको छाता ओढेको बताएका छन् । रक्षामन्त्रीसमेत रहेका पोखरेलले सरकारलाई पार्टीले सिरक र खाटसमेत किनिदिए जसरी एउटा-एउटा कुरामा खोजीनीति गर्न नहुनेसमेत बताए । शनिबार इटहरीमा आयोजित नेकपानिकट पत्रकारहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बनेका मन्त्री पोखरेलले सवा घण्टा […]
१७ फागुन, काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायीहरुले तत्काल सामाजिक सुरक्षा कोषमा जान नसकिने बताएका छन् । सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य जानैपर्ने नियम बनाएपनि तत्काल त्यो अवस्था नरहेको व्यवसायीहरुले बताएका हुन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले तत्काल सामाजिक सुरक्षा कोषमा जान सक्ने अवस्था नभएपनि ढिलो चाँडो जानैपर्ने बताए । न्यूनतम […]
मानिसको जस्तै भौगोलिक सीमाको कानुन चराहरुलाई पनि लाग्ने भए ? सायद यतिबेला कपिलबस्तु जिल्लाको जगदीशपुर ताल स्वदेशी चराहरुको मात्रै उपस्तिथिमा रित्ता देखिन्थे होलान् । त्यहाँका नदी किनार र सानातिना तालहरुमा रहेका जलकुम्भीदेखि लेऊ र सानातिना किरा फट्यांग्राहरुले नदीलाई नै कुरुप बनाएका हुन्थे होलान् । शाक्यमुनि बुद्धले महाभिनिस्क्रमण गरेको स्थलमा शान्तिको केवल कथा मात्रै सुनिन्थ्यो होला […]
१७ फागुन, काठमाडौं । एसीसी टी-२० इस्टर्न रिजन २०२० को च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको छ । मलेसियासँग नेपालले ११ वर्षपछि हार व्यहारेको हो । सन् २००९ को एसीसी टी-२० कपमा ६ विकेटको हार व्यहोरेको नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात पारेको थियो । तर यो पटक […]
१७ फागुन, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुने बताएका छन् । शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए । नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको र अमेरिकी सरकारसँग सहयोग लिन […]
१७ फागुन, काठमाडौं । सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । यस्तो गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे । त्यसका लागि उनले राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट ७१ विकेट लिए । मलेसियाविरुद्ध […]
१७ फागुन, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ठूला पार्टीका शीर्ष नेताहरुलाई ‘बाँदरहरूको झुण्ड’को उपमा दिएका छन् । पूर्वी नवलपरासीको गैंडाकोटमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन आएका नेता भण्डारीले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अहिलेका नेताबाट देशको हितमा कुनै पनि काम हुन नसक्ने जिकिर गरे । ‘यी सबै ठूला पार्टी शीर्ष नेताहरूको […]
१७ फागुन, डोटी । डोटी, आदर्श गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले गाउँमा जनशक्ति नपाइने र थोरै ज्याला भयो भनेर काम नगर्ने भएका कारण डोजर लगाउन पाइने कि नपाइने भन्दै प्रश्न गरे । उनको प्रश्नको जवाफमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालय प्रमुख बाबुराम खतिवडाले भने, ‘डोजरको प्रयोग गर्न पाइँदै पाइँदैन, यदि डोजरको प्रयोग गराएर […]
१७ फागुन, चितवन । नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने बताएका छन् । जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले सो कुरा […]
१७ फागुन, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले समृद्ध नेपाल निर्माणमा इन्जिनियरहरुको भूमिका अतुलनीय हुने बताएका छन् । शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले कहिलेकाहीँ गलत इन्जिनियरिङका कारण विकासका संरचनाहरु भताभुंग हुने गरेको बताउँदै सचेत भएर काम गर्न इन्जिनियरहरुलाई सुझावसमेत दिए । काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री […]
१७ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रगति विवरणमा सडकका खाल्डाखुल्डी पुरेको विषयलाई ‘विशेष उपलब्धीपूर्ण’ भनेर पहिलो नम्बरमा राखिएको छ । मन्त्री नेम्वाङका अनुसार सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको छ । यसका साथै काठमाडौं उपत्यकाका करिब […]
from समाचार – Online Khabar https://ift.tt/39cywj1
via IFTTT






















