समाचार
१८ फागुन, काठमाडौं । महोत्तरीमा १ व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव घाइते भएका छन् । महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै यादवको छातीमुनि गोली लागेको अनलाइनखबरलाई जानकारी दिए । घाइते यादवलाई उद्धार गरेर जानकी […]
१८ फागुन, काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ । राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार पार्टी सचिवालय बैठक डाकेको हो । नेकपा अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार, प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ः३० बजेका लागि बैठक तय भएको छ । आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा […]
१८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप […]
१८ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । राजधानी वाशिङ्टन डिसीको उत्तर–पश्चिम क्षेत्रमा ५० वर्षीय पुरुषको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनी पहिलेदेखि नै अन्य स्वास्थ्य समस्याबाट जुधिरहेका थिए । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने बताउँदै कुनै पनि परिस्थितिको सामना […]
१८ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० अन्तर्गतको खेलमा हङकङले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ । बैंककस्थित टेर्डथाई क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए । यस्तै कप्तान अइजज खानले २८, हारुन […]
१८ फागुन, काठमाडौं । टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ । नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । ‘विश्व स्वास्थ्य संठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौं,’ उनले […]
१८ फागुन, नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ । कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ७० तोलाभन्दा बढी सुन र ८ लाख नगद चोरी भएको पसल धनि उमेश गहतराजलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आइतबार बिहान पसल खोल्न आउँदा मात्र पसलमा […]
१८ फागुन, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आउँदैछन् । उनी बिहान सवा १० बजे काठमाडौं आइपुग्ने नेपालस्थित भारतीय दूतावास स्रोतले बतायो । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् । सन् १९८८ मा भारतको […]
१८ फागुन, काठमाडौंं । एसीसी इस्टर्न रिजन टी २० अन्तर्गत महत्त्वपूर्ण खेलमा नेपालले आज हङकङसंग खेल्दैछ । केही बेरपछि सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो । त्यसैले शीर्ष २ को सम्भावना कायम राख्न […]
काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा यस सिजनको पहिलो हार व्यहोरेको छ । शनिबार राति वाटफोर्ड्सँग ३–० ले पराजित भएपछि यस सिजन अपराजित रहेर लिग उपाधि उचाल्ने लिभरपुलको सपना तुहिएको छ । प्रिमियर लिगमा ४४ खेलपछि लिभरपुल पराजित भएको हो । यस्तै लगातार १९ खेल जित्दै कीर्तिमान बनाउने सपना पनि तुहिएको छ । प्रिमियर […]
१७ फागुन, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि सरकारले उच्च सतर्कता पाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएका थिए । बालुवाटारमा बसेको बैठकले कोरोना रोकथामको […]
१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले १३ विभाग प्रमुखहरु तोकेका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको नाम दिन अस्वीकार गरेको भोलिपल्ट देउवाले विभागहरु गठन गरेका हुन् । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिएका छन् । यस्तै रमेश […]
१७ फागुन, चितवन । भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) फागुन ११ गते मार्मिक दृश्य देखियो । नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्यान्सरपीडित पर्शुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिए । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै आर्शिवाद दिए । त्यसको भोलिपल्ट पर्शुरामको निधन भयो । […]
१७ फागुन, काठमाडौं । शुक्लाफाँटा अर्थात वन्यजन्तुको सुरक्षित आश्रयस्थल । बाघदेखि बँदेलसम्म, मृगदेखि मयुरसम्मले विचरण गर्ने साझ थलो । यी सम्पूर्ण वन्यजन्तुलाई अवलोकन गर्न होस् वा तिनीहरुलाई नजिकबाट अध्ययन गर्न नै, शुक्लाफाँट एक खुला संग्रहालय हो । म पनि त्यहाँको वन्यजन्तुको आकर्षणले तानिएर पटकपटक शुक्लाफाँट पुगेको छु । यसपटकसम्म म पाँचौ यात्रा तय गरिएछ । […]
१७ फागुन, बुटवल । साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेको छ । लुम्बिनीमा शनिबार सम्पन्न साझा पार्टीको राष्ट्रिय भेलाले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा उधिने निर्णय गरेको हो । जनमत संग्रह लोकतन्त्रको सबैभन्दा विशिष्ट अभिव्यक्ति भएको भन्दै लुम्बिनी भेलाले जारी गरेको १४बुँदे घोषणापत्रमा भनिएको छ, ‘बढ्दोरूपमा विवादित बन्दै गएको […]
१७ फागुन, काठमाडौं । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार स्थगित गरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताए । शनिबार आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा […]
१७ फागुन, विराटनगर । बालिका खड्काले आफ्नो पति भएको दाबी गर्दै अंश मुद्दा हालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख खोलेका छन् । उनले खड्काको दाबी अस्वीकार गरेका छन् र आफू २०७२ मा सञ्चार मन्त्रीदेखि नै षड्यन्त्र सुरु भएको बताएका छन् । शनिबार प्रेस संगठन नेपाल प्रदेश १ को इटहरीमा भएको सपथ ग्रहण कार्यक्रममा […]
१७ फागुन, इटहरी । उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकभित्र ‘लुट्नसम्म लुट्नेहरु’ सल्बलाइरहेको र तिनले नेताहरुको छाता ओढेको बताएका छन् । रक्षामन्त्रीसमेत रहेका पोखरेलले सरकारलाई पार्टीले सिरक र खाटसमेत किनिदिए जसरी एउटा-एउटा कुरामा खोजीनीति गर्न नहुनेसमेत बताए । शनिबार इटहरीमा आयोजित नेकपानिकट पत्रकारहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बनेका मन्त्री पोखरेलले सवा घण्टा […]
१७ फागुन, काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायीहरुले तत्काल सामाजिक सुरक्षा कोषमा जान नसकिने बताएका छन् । सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य जानैपर्ने नियम बनाएपनि तत्काल त्यो अवस्था नरहेको व्यवसायीहरुले बताएका हुन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले तत्काल सामाजिक सुरक्षा कोषमा जान सक्ने अवस्था नभएपनि ढिलो चाँडो जानैपर्ने बताए । न्यूनतम […]
मानिसको जस्तै भौगोलिक सीमाको कानुन चराहरुलाई पनि लाग्ने भए ? सायद यतिबेला कपिलबस्तु जिल्लाको जगदीशपुर ताल स्वदेशी चराहरुको मात्रै उपस्तिथिमा रित्ता देखिन्थे होलान् । त्यहाँका नदी किनार र सानातिना तालहरुमा रहेका जलकुम्भीदेखि लेऊ र सानातिना किरा फट्यांग्राहरुले नदीलाई नै कुरुप बनाएका हुन्थे होलान् । शाक्यमुनि बुद्धले महाभिनिस्क्रमण गरेको स्थलमा शान्तिको केवल कथा मात्रै सुनिन्थ्यो होला […]
१७ फागुन, काठमाडौं । एसीसी टी-२० इस्टर्न रिजन २०२० को च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको छ । मलेसियासँग नेपालले ११ वर्षपछि हार व्यहारेको हो । सन् २००९ को एसीसी टी-२० कपमा ६ विकेटको हार व्यहोरेको नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात पारेको थियो । तर यो पटक […]
from समाचार – Online Khabar https://ift.tt/32BfHDR
via IFTTT






















