Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अवधि नतोकिएका रुग्ण आयोजनाले बजेट नपाउने

१८ फागुन, काठमाडौं । सरकारले अवधि नतोकी सालबसाली रुपमा सञ्चालनमा ल्याएका रुग्ण आयोजना र म्याद गुजि्रसकेका आयोजनालाई अब बजेट रोक्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि राष्ट्रिय योजना आयोगले तयार पारेको बजेट तर्जुमासम्बन्धी निर्देशिकाले म्याद गुज्रिसकेका आयोजना र अवधि नतोकिएका तर रुग्ण आयोजनालाई पूर्ण रुपमा स्थागित गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार […]

सीपीलाई भेटेर प्रधानमन्त्रीले गरे स्वास्थ्यलाभको कामना

१८ फागुन, काठमाडौं । सवारी दुर्घटनामा परी घाइते माले महासचिव सीपी मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन् । मैनाली उपचाररत राजधानीको ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले आइतबार बिहान झापा आन्दोलनका आफ्ना सहकर्मीलाई भेटेका हुन् । प्रधानमन्त्री ओलीले मैनालीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माले महासचिव मैनालीसहित […]

खरिपाटी क्वारेण्टाइनमा रहेकाहरु सम्भवत: सोमबार घर फर्किन पाउने

१८ फागुन, काठमाडौं । भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएकाहरुको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आए सोमबार सबै एक सय ७५ जना घर जान पाउने स्वास्थ्य मन्त्रालयले बताएको छ। शनिबार नमुना संकलन गरिएको रिपोर्ट सोमबार आउँदै छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १ सय ७५ जनामध्ये एकजनाको मात्रै रिपोर्ट नेगेटिभ आए मा कोही पनि घर […]

नेपाल आए भारतीय राजदूत क्वात्रा

१८ फागुन, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार काठमाडौं आइपुगेका छन् । उनी बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारलगायतले स्वागत गरेका थिए । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र […]

असिनाले हिउँदेबालीमा नोक्सानी

१८ फागुन, डोटी । जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासि परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारीलगायतका बालीमा नोक्सानी पुर्याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप भएको जानकारी दिए । सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको […]

देउवालाई पौडेलको प्रश्न– प्रधानमन्त्रीको राजीनामा माग्न किन नसकेको ?

१८ फागुन, वीरगञ्ज । पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली काँग्रेसको देउवा इतरको समूहले वीरगञ्जमा प्रदेश स्तरीय भेला आयोजना गरेको छ । भेलामा सहभागी कार्यकर्ताहरुले नेताहरुबीच आफ्नै गुटमा समेत एकता नदेखिएको भन्दै एकजुट भएर अघि बढ्न सुझाव दिएका छन् । ‘वर्तमान राजनैतिक परिवेशमा नेपाली काँग्रेसका चुनौति र समाधान’ नाम दिएर काँग्रेस पर्सा क्षेत्रनम्बर ३ […]

गोकुल बास्कोटालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

१८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप […]

नेकपा सचिवालय बैठक बस्दै

१८ फागुन, काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ । राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार पार्टी सचिवालय बैठक डाकेको हो । नेकपा अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार, प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ः३० बजेका लागि बैठक तय भएको छ । आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा […]

कोरोनाले अमेरिकामा पनि लियो १ जनाको ज्यान

१८ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । राजधानी वाशिङ्टन डिसीको उत्तर–पश्चिम क्षेत्रमा ५० वर्षीय पुरुषको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनी पहिलेदेखि नै अन्य स्वास्थ्य समस्याबाट जुधिरहेका थिए । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने बताउँदै कुनै पनि परिस्थितिको सामना […]

कोरोनाको त्रासले टोखा महोत्सव स्थगित

१८ फागुन, काठमाडौं । टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ । नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । ‘विश्व स्वास्थ्य संठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौं,’ उनले […]

गैंडाकोटमा ५० लाख बढीको सुन र नगद चोरी

१८ फागुन, नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ । कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ७० तोलाभन्दा बढी सुन र ८ लाख नगद चोरी भएको पसल धनि उमेश गहतराजलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आइतबार बिहान पसल खोल्न आउँदा मात्र पसलमा […]

लिभरपुलको ४४ खेलको अपराजित यात्रामा ब्रेक

काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा यस सिजनको पहिलो हार व्यहोरेको छ । शनिबार राति वाटफोर्ड्सँग ३–० ले पराजित भएपछि यस सिजन अपराजित रहेर लिग उपाधि उचाल्ने लिभरपुलको सपना तुहिएको छ । प्रिमियर लिगमा ४४ खेलपछि लिभरपुल पराजित भएको हो । यस्तै लगातार १९ खेल जित्दै कीर्तिमान बनाउने सपना पनि तुहिएको छ । प्रिमियर […]

कोरोनाबारे बालुवाटारमा बैठक : उडान रोक्नेबारे छलफल, उच्च सतर्कता अपनाउने निर्णय

१७ फागुन, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि सरकारले उच्च सतर्कता पाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएका थिए । बालुवाटारमा बसेको बैठकले कोरोना रोकथामको […]

देउवाले तोके १३ विभागका प्रमुख, संगठनमा गोपालमान

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले १३ विभाग प्रमुखहरु तोकेका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको नाम दिन अस्वीकार गरेको भोलिपल्ट देउवाले विभागहरु गठन गरेका हुन् । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिएका छन् । यस्तै रमेश […]

आईसीयूबाटै छोरीज्वाइँलाई टीका

१७ फागुन, चितवन । भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) फागुन ११ गते मार्मिक दृश्य देखियो । नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्यान्सरपीडित पर्शुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिए । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै आर्शिवाद दिए । त्यसको भोलिपल्ट पर्शुरामको निधन भयो । […]

शुक्लाफाँटा अर्थात् जीवजन्तुको जीवित संग्रहालय

१७ फागुन, काठमाडौं । शुक्लाफाँटा अर्थात वन्यजन्तुको सुरक्षित आश्रयस्थल । बाघदेखि बँदेलसम्म, मृगदेखि मयुरसम्मले विचरण गर्ने साझ थलो । यी सम्पूर्ण वन्यजन्तुलाई अवलोकन गर्न होस् वा तिनीहरुलाई नजिकबाट अध्ययन गर्न नै, शुक्लाफाँट एक खुला संग्रहालय हो । म पनि त्यहाँको वन्यजन्तुको आकर्षणले तानिएर पटकपटक शुक्लाफाँट पुगेको छु । यसपटकसम्म म पाँचौ यात्रा तय गरिएछ । […]

धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गरौं : साझा पार्टी

१७ फागुन, बुटवल । साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेको छ । लुम्बिनीमा शनिबार सम्पन्न साझा पार्टीको राष्ट्रिय भेलाले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा उधिने निर्णय गरेको हो । जनमत संग्रह लोकतन्त्रको सबैभन्दा विशिष्ट अभिव्यक्ति भएको भन्दै लुम्बिनी भेलाले जारी गरेको १४बुँदे घोषणापत्रमा भनिएको छ, ‘बढ्दोरूपमा विवादित बन्दै गएको […]

विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित

१७ फागुन, काठमाडौं । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार स्थगित गरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताए । शनिबार आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा […]

महिलाको मुद्दाबारे मुख्यमन्त्री राईको स्पष्टीकरण : केही दिनमा दूधको दूध छुटिन्छ

१७ फागुन, विराटनगर । बालिका खड्काले आफ्नो पति भएको दाबी गर्दै  अंश मुद्दा हालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख खोलेका छन् । उनले खड्काको दाबी अस्वीकार गरेका छन् र आफू २०७२ मा सञ्चार मन्त्रीदेखि नै षड्यन्त्र सुरु भएको बताएका छन् । शनिबार प्रेस संगठन नेपाल प्रदेश १ को इटहरीमा भएको सपथ ग्रहण कार्यक्रममा […]

लुट्नसम्म लुट्नेहरु छन्, नेताको छाता ओढेका छन् : ईश्वर पोखरेल

१७ फागुन, इटहरी । उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकभित्र ‘लुट्नसम्म लुट्नेहरु’ सल्बलाइरहेको र तिनले नेताहरुको छाता ओढेको बताएका छन् । रक्षामन्त्रीसमेत रहेका पोखरेलले सरकारलाई पार्टीले सिरक र खाटसमेत किनिदिए जसरी एउटा-एउटा कुरामा खोजीनीति गर्न नहुनेसमेत बताए । शनिबार इटहरीमा आयोजित नेकपानिकट पत्रकारहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बनेका मन्त्री पोखरेलले सवा घण्टा […]

सामाजिक सुरक्षा कोषमा जान सकिन्न : ग्रिल व्यवसायी

१७ फागुन, काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायीहरुले तत्काल सामाजिक सुरक्षा कोषमा जान नसकिने बताएका छन् । सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य जानैपर्ने नियम बनाएपनि तत्काल त्यो अवस्था नरहेको व्यवसायीहरुले बताएका हुन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले तत्काल सामाजिक सुरक्षा कोषमा जान सक्ने अवस्था नभएपनि ढिलो चाँडो जानैपर्ने बताए । न्यूनतम […]



from समाचार – Online Khabar https://ift.tt/2TccN5t
via IFTTT
Powered by Blogger.