समाचार
१८ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । उपत्यकाका कीर्तिपुर, त्रिचन्द कलेज, प्रदर्शनी मार्ग, सरस्वती क्याम्पस, पाटन क्याम्पस,कमर्श क्याम्पस, पशुपति क्याम्पस, शंकरदेव क्याम्पस, कोटेश्वर क्याम्पसलगायत देशैभर प्रदर्शन गरिएको महामन्त्री दीपक भट्टराईले जानकारी दिए । इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने, विदेशबाट आयात गरिने पुस्तकमा लगाइने कर खारेज गर्नु […]
१८ फागुन, काठमाडौं । भिड नियन्त्रण गर्ने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो भाइरल बनेपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले पौडेललाई जावलाखेलमा तानिएको अनलाइनखबरलाई बताए । ‘एसपी दुर्गा सिंह नेतृत्वको समितिले […]
१८ फागुन, पोखरा । अक्षरयात्रा अभियानमा उत्साहजनक सहभागिता जनाउँदै साहित्यिक उन्नयन र विकासमा विशेष योगदान दिने अक्षरयात्रीलाई हंशपुरमा सम्मान गरिएको छ । प्रत्येक २ वर्षमा प्रदान गरिने ‘अक्षरयात्रा प्रतिभा पुरस्कार’ यसपटक अक्षरयात्री सञ्जीव पौडेललाई प्रदान गरिएको हो । पाँच हजार ५५५ रुपैयाँ, दोसल्लार सम्मानपत्रसहित कवि तीर्थ श्रेष्ठले पौडेललाई पुरस्कार हस्तान्तरण गरे । पौडेलले अक्षरयात्राको सुरुदेखि […]
१८ फागुन, काठमाडौं । सरकारले अवधि नतोकी सालबसाली रुपमा सञ्चालनमा ल्याएका रुग्ण आयोजना र म्याद गुजि्रसकेका आयोजनालाई अब बजेट रोक्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि राष्ट्रिय योजना आयोगले तयार पारेको बजेट तर्जुमासम्बन्धी निर्देशिकाले म्याद गुज्रिसकेका आयोजना र अवधि नतोकिएका तर रुग्ण आयोजनालाई पूर्ण रुपमा स्थागित गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार […]
१८ फागुन, काठमाडौं । सवारी दुर्घटनामा परी घाइते माले महासचिव सीपी मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन् । मैनाली उपचाररत राजधानीको ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले आइतबार बिहान झापा आन्दोलनका आफ्ना सहकर्मीलाई भेटेका हुन् । प्रधानमन्त्री ओलीले मैनालीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माले महासचिव मैनालीसहित […]
१८ फागुन, काठमाडौं । भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएकाहरुको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आए सोमबार सबै एक सय ७५ जना घर जान पाउने स्वास्थ्य मन्त्रालयले बताएको छ। शनिबार नमुना संकलन गरिएको रिपोर्ट सोमबार आउँदै छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १ सय ७५ जनामध्ये एकजनाको मात्रै रिपोर्ट नेगेटिभ आए मा कोही पनि घर […]
१८ फागुन, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार काठमाडौं आइपुगेका छन् । उनी बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारलगायतले स्वागत गरेका थिए । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र […]
१८ फागुन, डोटी । जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासि परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारीलगायतका बालीमा नोक्सानी पुर्याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप भएको जानकारी दिए । सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको […]
१८ फागुन, काठमाडौं । महोत्तरीमा ६१ वर्षीय वृद्धमाथि गोली प्रहार भएको छ । जिल्लाको मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव घाइते भएका छन् । महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जानकारी दिए । गोली […]
१८ फागुन, वीरगञ्ज । पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली काँग्रेसको देउवा इतरको समूहले वीरगञ्जमा प्रदेश स्तरीय भेला आयोजना गरेको छ । भेलामा सहभागी कार्यकर्ताहरुले नेताहरुबीच आफ्नै गुटमा समेत एकता नदेखिएको भन्दै एकजुट भएर अघि बढ्न सुझाव दिएका छन् । ‘वर्तमान राजनैतिक परिवेशमा नेपाली काँग्रेसका चुनौति र समाधान’ नाम दिएर काँग्रेस पर्सा क्षेत्रनम्बर ३ […]
१८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप […]
१८ फागुन, काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पूर्वनिर्धारित समयभन्दा केही ढिला सुरु भएको छ । कार दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनालीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालमा गएपछि बैठक ढिला बसेको हो । बैठक बिहान साढे ११ बजे बस्ने तय भएको थियो । सोहीअनुसार अध्यक्ष प्रचण्डलगायतका […]
१८ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । राजधानी वाशिङ्टन डिसी राज्यको उत्तर–पश्चिम क्षेत्रमा ५० वर्षीय पुरुषको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनी पहिलेदेखि नै अन्य स्वास्थ्य समस्याबाट जुधिरहेका थिए । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने बताउँदै कुनै पनि परिस्थितिको […]
१८ फागुन, काठमाडौं । टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ । नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । ‘विश्व स्वास्थ्य संठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौं,’ उनले […]
१८ फागुन, नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ । कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ७० तोलाभन्दा बढी सुन र ८ लाख नगद चोरी भएको पसल धनि उमेश गहतराजलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आइतबार बिहान पसल खोल्न आउँदा मात्र पसलमा […]
काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा यस सिजनको पहिलो हार व्यहोरेको छ । शनिबार राति वाटफोर्ड्सँग ३–० ले पराजित भएपछि यस सिजन अपराजित रहेर लिग उपाधि उचाल्ने लिभरपुलको सपना तुहिएको छ । प्रिमियर लिगमा ४४ खेलपछि लिभरपुल पराजित भएको हो । यस्तै लगातार १९ खेल जित्दै कीर्तिमान बनाउने सपना पनि तुहिएको छ । प्रिमियर […]
१७ फागुन, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि सरकारले उच्च सतर्कता पाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएका थिए । बालुवाटारमा बसेको बैठकले कोरोना रोकथामको […]
१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले १३ विभाग प्रमुखहरु तोकेका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको नाम दिन अस्वीकार गरेको भोलिपल्ट देउवाले विभागहरु गठन गरेका हुन् । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिएका छन् । यस्तै रमेश […]
१७ फागुन, चितवन । भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) फागुन ११ गते मार्मिक दृश्य देखियो । नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्यान्सरपीडित पर्शुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिए । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै आर्शिवाद दिए । त्यसको भोलिपल्ट पर्शुरामको निधन भयो । […]
१७ फागुन, काठमाडौं । शुक्लाफाँटा अर्थात वन्यजन्तुको सुरक्षित आश्रयस्थल । बाघदेखि बँदेलसम्म, मृगदेखि मयुरसम्मले विचरण गर्ने साझ थलो । यी सम्पूर्ण वन्यजन्तुलाई अवलोकन गर्न होस् वा तिनीहरुलाई नजिकबाट अध्ययन गर्न नै, शुक्लाफाँट एक खुला संग्रहालय हो । म पनि त्यहाँको वन्यजन्तुको आकर्षणले तानिएर पटकपटक शुक्लाफाँट पुगेको छु । यसपटकसम्म म पाँचौ यात्रा तय गरिएछ । […]
१७ फागुन, बुटवल । साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेको छ । लुम्बिनीमा शनिबार सम्पन्न साझा पार्टीको राष्ट्रिय भेलाले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा उधिने निर्णय गरेको हो । जनमत संग्रह लोकतन्त्रको सबैभन्दा विशिष्ट अभिव्यक्ति भएको भन्दै लुम्बिनी भेलाले जारी गरेको १४बुँदे घोषणापत्रमा भनिएको छ, ‘बढ्दोरूपमा विवादित बन्दै गएको […]
from समाचार – Online Khabar https://ift.tt/2Tf8Gpj
via IFTTT






















